मिर्चैयामा चैती दुर्गा मेलाको उपलक्ष्यमा झिझिया प्रतियोगिता सम्पन्न

    • चैत्र १९, २०७९
    • ३८८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    रामनारायण ठाकुर

    मिर्चैया, १९ चैत। सिरहाको मिर्चैया नगरपालिका १ महदेवामा चैती दुर्गा मेलाको अवसरमा ‘झिझिया’ नृत्य प्रतियोगिता सन्पन्न भएको छ। महदेवाको चैती दुर्गा मन्दिरको प्राङ्गणमा शनिबार सम्पन्न झिझिया नृत्य प्रतियोगितामा राम कल्याण झिझियाँ नृत्य समूह महदेवा प्रथम भएका छन्।

    प्रतियोगितामा माँ भगवती झिझिया नृत्य समूह मनहर्वा दोस्रो र गुडलक झिझिया नृत्य समूह मंठाहीकृट्टी टोल तेस्रो भएका छन्। नृत्य प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः २५, २१, र १६ हजार नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ।

    माँ राजदेवी झिझिया समूह मल्हनियाँ, दिनाराम दिनाभर्दी झिझिया समूह प्रयागपुर र माँ राजदेवी झिझिया समूह गरहीटोल महदेवा ै झिझिया समूहलाई सान्तोना पुरूषकार नगद १०\१० हजारका दरले सम्मान सहित पुरूषकित गरिएको चैती दुर्गा मेला महोत्सवका अध्यक्ष संजय साहले जानकारी दिए।

    चैत्र नव रात्रीको पहिलो दिन घटस्थापना देखि भएको झिझिया प्रतियोगितामा ६ ओटा समूहले भाग लिएका थिए।
    मैथिली प्रचलित लोकनृत्य झिझियाँ प्रतियोगिताको रुपमा झिझियाँ फेस्टिभलमा विभिन्न समुदायका युवतीहरको सक्रियता देखाएको थियो।

    झिझियाँ मधेशको प्रचलित लोक नृत्यमध्ये तान्त्रिक विधिअनुसार घटस्थापादेखि विजया दशमीसम्म देवी स्तुतिको रुपमा बिभिन्न गाउँ वस्तीमा नाच्ने गरिन्छ । तान्त्रिकविधि अनुसार सन्तान र समाजको सुरक्षाका लागि झिझिया नृत्य गर्ने गरिएको जनविश्वास छ। कतिपयले जादु, टुनामुना, बोक्सी आदिको प्रभाव कम गर्न प्वाल पारिएको घैटामा दियो कलश महिला दिदी बहिनीहरूले टाउकोमा राखेर बेलुका नाच्ने परम्परागत नृत्य हो।

    ब्रह्मस्थानमा नृत्य गरे लगत्तै झिझिया औपचारिक रूपमा सुरु हुन्छ। यो नृत्य सातौँं शताब्दीदेखि सुरु भएको मिथिला संस्कृतिका जानकारहरू बताउँछन्। पछिल्लो समय यसको मौलिकता हराउँदै गएको बताइन्छ।

    त्यसैगरी, चैती दुर्गा मेला महोत्सवको उपलक्ष्यमा कुस्ती प्रतियोगिता पनि भएको छ। कुस्ती प्रतियोगितामा प्रथम र दोस्रो हुने पहलमानलाई गदा दिएर पुरूस्कित गरिएको छ। कुस्ती र झिझियाँ नृत्यको सम्पूर्ण पुरस्कार मिर्चैया नगरपालिकाले सहयोग गरेको चैती दुर्गा मेला महोत्सवका अध्यक्ष साहले बताए।

    कार्यक्रममा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव, मिर्चैया नगरपालिका १ का वडा अध्यक्ष रूपेश कुमार महतो, वडा सचिव राजगिर यादव, रेडियो वेलकम १०३. ५ मेगाहर्जका प्रबन्धक मोहन कुमार साह, वडा अध्यक्षहरु, समाजसेवी, भद्रभलादमी लगायतका उपस्थिति रहेको थियोे।

    MIRCHAIYA barger

     

     

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल