म्याद गुज्रिएका ९५ लाख बराबरकोे सामग्री बरामद, ३ जना प्रहरीको नियन्त्रणमा

    • चैत्र १४, २०७९
    • ४४४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सूर्य वि.क.

    वीरगञ्ज, १४ चैत। म्याद सकिएको सामग्री पुनः नयाँ प्याकिङ् गरी बिक्रि गर्ने ३ जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका १३ श्रीपुरस्थित एक उद्योगमा छापामारी प्रहरीले सोही ठाउँका ३२ बर्षिय मनिष कुमार चौधरी, वीरगञ्ज ७ का २३ बर्षिय आयुष अग्रवाल र वीरगञ्ज १४ का ३८ बर्षिय हरिनारायण प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको हो।

    श्रवण रुंगटाको घरमा संचालीत उद्योगमा म्याद सकेको सामग्रीहरु पुनः नयाँ प्याकिङ हुने गरेको विशेष सूचनाको आधारमा प्रहरीले छापामारी गरेको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।

    गिरीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय वीरगञ्ज र वीरगञ्ज उद्योग वाणिज्य संघको संयुक्त टोलीले छापा मारेको हो। छापामारीका क्रममा एउटै घरमा स्नेक एण्ड प्याक उद्योग र फुडको नेपाल क्रोप प्रा.लि. संचालन रहेको पाइएको वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका सूचना अधिकारी दिपक खंग खत्वेले जानकारी दिए।

    उनका अनुसार विना होर्डिङ बोर्डको एउटै घरमा गोप्य तरिकाले संचालन रहेको उद्योग र कम्पनीमा म्याद सकेको खाद्य सामग्रीहरु पुनः नयाँ प्याकिङ गरी बजारमा बिक्री गर्ने गरेको फेला परेको हो। म्याद सकिएको करिव ९५ लाख बराबरको खाद्य सामग्रीहरु पनि बरामद गरिएको छ।

    उद्योगमा छापामारी भएको थाहा पाए लगतै संचालकहरु फरार भएको हुँदा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    वीरगञ्ज ७ निवासी संजय अग्रवाल, सोही ठाउँका विद्या कुमारी सरावगी र भरतपुर ३ चितवन निवासी सन्तोष कुमार अग्रवालले सो घरमा उद्योग र कम्पनी संचालन गर्दै आएका छन्।

    barger

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल