आफ्नै भाईको हत्या अभियोगमा एकजना पक्राउ

    • चैत्र १३, २०७९
    • २८० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १३ चैत। सिरहा प्रहरीले आफ्नै भाईको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ। सुखिपुर नगरपालिका ८ का ३५ वर्षिय श्याम सुन्दर गोसाईको हत्या अभियोगमा उनकै दाई ४२ वर्षिय रामचन्द्रलाई लुकिछिपी रहेको अवस्थामा कन्चनपुर जिल्लाको महेन्द्रनगरस्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।

    गत मंसिर ८ गते सरहा गोलबजार नगरपालिका ३ जमनटोकीमा रहेको आईसक्रिम फ्याक्ट्री अगाडी सोही फ्याक्ट्रीमा कामगर्ने उनीहरुविच आपसका झगडा भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। सोही झगडामा दाई रामचन्द्रले भाईलाई टाउको सहित सरिरको विभिन्न भागमा चोटपक लागेका थिए। उनको उपचारको क्रममा दुईदिनपछि मृत्यु भएको थियो।

    भाईको मृत्यु पछि फरार रामचन्द्रलाई प्रहरीले उपलब्ध स्रोत तथा प्रविधिको प्रयोग गरी खोजतलाश गर्दै जाने क्रममा यहि चैत ९ गते कन्चनपुर महेन्द्रनगर स्थित नेपाल भारत सिमा क्षेत्रमा फेलापारेको बताएको छ।

    उनलाई कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट दिन सातको म्याद लिई ईलाका प्रहरी कार्यालय गोलबजारले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    barger

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल