सिरहा, १३ चैत। प्रहरी कर्मचारीहरुले तालिम पछि आफूहरुले गर्ने अनुसन्धानहरु थप लैङ्गिक उत्तरदायी र सम्वेदनशिल हुने विशवास व्यक्त गरेका छन्। दलित महिला केन्द्र, नेपाल (सीडीडव्लुएन)को आयोजनामा सिरहाको लहानमा सम्पन्न दुई दिने ‘लैङ्गिक उत्तरदायी प्रहरी अनुसन्धान’ र ‘लैङ्गिक सम्वेदनशिल अनुसन्धान’ विषयक प्रशिक्षणमा सहभागी प्रहरी कर्मचारीहरुले तालिमले आफूहरुले दिदैं आएको सेवामा थप उर्जा मिलेको बताए।

lahan cdwn

तालिममा सहभागी प्रहरी हवल्दार कविता अधिकारीले महिला, जेष्ठ नागरिक, बालबालिका र यौनिक तथा लैङ्गि अल्पसंख्यकहरु प्रहरी कार्यालयमा आउँदा उनीहरुसँग गर्ने व्यहार, अनुसन्धानको क्रममा उनीहरुसँग प्रयो गर्ने भाषा र हाउभाउको विषयमा तालिमले थप स्पष्ट पारेको बताए। उनले भने, ‘अहिलेसम्म हामीले प्रहरी कार्यालयमा आउने सवै सेवाग्राहीसँग उस्तै व्यहावार गर्दै आएको भएपनि अवका दिनहरुमा महिला, बालबालिका, जेष्ठ नागरिक र यौनिक तथा लैङ्गि अल्पसंख्यकहरुसँग सम्वेदनशिल भएर कामगर्ने उर्जा थपीएको छ।’

तालिमका अर्का सहभागी प्रहरी हवल्दार पार्वति चौधरीले कार्यालयमा थप जोस जाँगर र पुरुष प्रहरीजस्तै कामगर्ने थप उर्जा मिलेको बताए। उनले भने, ‘हामीले सवै अवस्थामा, सवै खालका ‘डिउटी’ गर्दै आएका छौं, तालिम ले झन उत्साहका साथ काम गर्ने उत्साह थपीएको छ।’

हवल्दार चौधरीले एकजना महिलाले घर, कार्यालय, बाल–बच्चा हेरेर काम गर्नु पर्ने अवस्था भएपनि निरन्तर सेवामा रहेको बताए। उनले भने, ‘एक जना महिला कर्मचारीले कार्यालयको काम, घरको काम, बच्चाको श्याहार गर्नु पर्छ, कतिपय अवस्थामा असहज भएपनि उच्च मनोवलका साथ काम गर्दै आएको छु, तालिमले थप उर्जा भरेको छ।’

तालिमकै अर्का सहभागी प्रहरी जवान सन्तोष धमलाले हामीले जानी नजानी अनुसन्धानको क्रममा लैंगिक उत्तरदायी मैत्रि ढङ्गले काम गर्न नसकेको भएपनि अवका दिनहरुमा महिला, बालबालिका, जेष्ठ नागरिक र लैङ्गिक अल्पसंख्यकहरुको अनुसन्धानमा अझ सम्वोधनशिल भएर खटिने बताए। उनले भने, ‘धेरै हामीले गर्दै आएका कामहरु हुन्, तर, कतिपय अवस्थामा लैङ्गिक रुपमा गरिने व्यहार फरक भएपनि अवका दिनहरुमा सम्वेदनशिल भएर काम गर्न तालिमले मदत्त पुगेको बताए।

तालिममा अहिला अधिकारर्मी शरु जोशीले ‘लैङ्गक उत्तरदायी प्रहरी अनुसन्धान’ का विषयमा सहजी करण गरेका थिए। उनले महिलामाथि घर देखि कार्यथलोसम्म विभेद भईरहेको बताए। सहजिकरणका क्रममा जोशीले आज गर्भबाटै महिलाहरु विभिदमा पर्दै आएको बताउँदै उनीहरुको घटनामा विशेष ढङ्ले अनुसन्धान गर्नु पर्नेमा जोड दिए।

उनले समानताको निम्ति महिलाहरुलाई निश्चित समयसम्म विशेष व्यवस्था, कोटा वा आरक्षण जारी राख्नुपर्नेमा जोड दिए।

तालिमका अर्का प्रशिक्षक कुमार खड्काले ‘लैङ्गिक सम्वेदनशिल अनुसन्धान’ विषयमा सहजीकरण गरेका थिए। उनले लैङ्गिक हिंसाको अपराधमा जुटाउनुपर्ने भौतिक प्रमाणहरु, लैङ्गिक सम्वेदनशील अनुसन्धानात्मक अन्तर्वाता, प्रहरीले गर्ने व्यहार, लैङ्गिक हिंसाको घटनामा आन्तरिक तथा बाह्य समन्वय, हिंसाका मनोसामाजिक पक्ष र मनोसामाजिक सहयोग, मनोसामाजिक सिफारिस प्रणालिका विषयमा छलफल विधिद्वारा सहजिकरण गरेका थिए।

लैङ्गि सम्वेदनशील प्रहरी सेवा वा कार्य, नेपाल प्रहरीको लैङ्गिक नीति २०६९, नेपाल प्रहरीमा महिलाको सहभागीता, लैङ्गिक नीतिको उद्देश्य, अवलम्वन गरिएका नीतिहरु, लैङ्गिक नीतिसँग सम्बन्धित व्यवस्था भएका विभिन्न स्थायी आदेशहरु, अनुसन्धानको अवधारणा र उद्देश्य, अनुसन्धान कर्ताको भूमिका, घटनास्वथलमा सवैभन्दा पहिला पुग्ने प्रहरीले गर्ने कार्यहरुको विषयमा गहन छलफल चलाएका थिए।

सोही क्रममा प्रशिक्षक खड्काले लैङ्गिक सम्वेदनशील प्रहरी अनुसन्धान अर्थ र आवश्यकता, लैङ्गिक सम्वेदनशील अनुसन्धानको अवधारणा, आवश्यकता लगाएतको विषयमा छलफलात्क प्रशिक्षण चलाएका थिए।

प्रशिक्षणमा सिरहाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत १० जना प्रहरी कर्मचारी, (सीडीडव्लुएन)का कर्मचारीहरुको सहभागीता रहेको थियो। तालिम पश्चात (सीडीडव्लुएन)का सञ्चिता महर्जनले तालिमबाट प्रप्त शिप र ज्ञान आफ्नो कार्यक्षेत्रमा व्यवहारमा लागु गर्न सवै सहभागीहरुसँग अनुरोध गरे।