आजबाट इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

    • चैत्र १०, २०७९
    • 158 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १० चैत। इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु भएको छ। एक महिनासम्म चल्ने यो पर्वमा मुस्लिम समुदाय दिनमा निराहार बस्छन्।

    रोजा बस्न उर्दू क्यालेण्डरअनुसार बिहान ४ बजेदेखि बेलुका ६ बजेर २० मिनेटजाँदासम्म निराहार (रोजा) बस्नुपर्छ। शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ भन्ने विश्वास रहेको छ।

    रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ। रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन्। रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो।

    रमजान महिनामा नै मुस्लिम समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो। दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु यो महिनाको ठूलो विशेषता हो। रमजान व्रत बस्न आज बेलुका आकाशतिर चन्द्रमा हेर्ने चलन छ।

    efcbd23f-e15b-4018-88eb-4351ae4c8708

    पक्राउ बिद्यार्थी रि ...

    सर्लाही, २३ सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिका तथा ...

    कटारी अस्पतालबाटै सर ...

    उदयपुर, २३ जेठ। उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पता ...

    ठूलो परीमाणमा लागुऔष ...

    सिरहा, २३ जेठ। सिरहा प्रहरीले भारिमात्रामा प्रतिवन्धित ...

    दलितलाई राजनीतिमा सम ...

    सिरहा, २१ जेठ। दलितहरुको जनसंख्याको आधारमा समानुपातिक र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल