प्रतिस्पर्धी जनशक्ति उत्पादनकालागि नयाँ विश्वविद्यालय आवश्यक रहेको बक्ताहरुको कथन

    • चैत्र ९, २०७९
    • २८७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, ९ चैत। विज्ञहरूले उच्चशिक्षा सुधार र प्रतिस्पर्धी जनशक्ति उत्पादनकालागि प्रस्तावित नेपाल विश्वविद्यालय महत्वपूर्ण हुने बताएका छन्। बिहिबार शिक्षा–पत्रकार समुहले काठमाडौंमा गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले हाल उच्च शिक्षामा देखिएका विभिन्न समस्या सामाधानका लागि नेपाल विश्वविद्यालय स्थापना फलदायीहुने बताएका हुन्।

    कार्यक्रममा नेपाल विश्वविद्यालय पूर्वाधार तयारी विकास समितिका अध्यक्ष डा. अर्जुन कार्कीले नेपालमा उच्च शिक्षाको जग नै लुलो भएकाले जग बलियो बनाउँदै विश्व बजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि नेपाल विश्वविद्यालय महत्वपूर्ण हुने बताए। अहिलेको शिक्षा प्रणालीले निश्चित विषयको मात्र ज्ञान दिने भएकाले प्रस्तावित नेपाल विश्वविद्यालयले विकास र राष्ट्रका समस्या समाधानको लागि सभ्य बहस गर्न सक्ने आलोचनात्मक चेतसहितका विज्ञ जनशक्ति उत्पादनगर्ने उनको भनाइथियो। उनले नेपाल विश्वविद्यालय सिंगो नेपाल र नेपालीको लागि महत्वपूर्ण भएको भन्दै सबैले आ–आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

    नेपाल विश्वविद्यालयले सिर्जनशील र नव पर्वतनकारी विद्यार्थी उत्पादनगर्ने उनको भनाइ थियो। शुरुमा सरकारले बोर्ड गठन गरिदिएपछि विश्वविद्यालय बोर्ड अफ ट्रष्टी बाट चल्ने उनले बताए। राजनीतिक नियुक्तिन हुने भएकाले विश्वविद्यालयमा ति राजनीति पनि शून्य रहने डा. कार्कीले स्पष्ट पारे। विश्वविद्यालयले सम्बन्धन नदिने र आंगिक क्याम्पस मात्रै रहने उनले जानकारी दिए।

    अहिले भएका विश्वविद्यालय सुधारले मात्रै उच्च शिक्षा नसुध्रिने भएकाले नयाँ विश्वविद्यालय आवश्यक परेको सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले बताए। सरकारले विश्वविद्यालय नियमन गर्दा प्राज्ञिकता मर्ने भएकाले स्वतन्त्र विश्वविद्यालय आवश्यक परेको उनको भनाइथियो। नेपाल विश्वविद्यालयको एक मात्रै उद्देश्य विश्व बजारमा प्रतिस्पर्धी अब्बल जनशक्ति उत्पादन गर्नु रहेको डा. आचार्यले स्पष्ट पारे।

    ‘पुरानो विश्वविद्यालयलाई विसङ्गत राजनीतिले गिजोलिसक्यो, अब सामान्य प्रयासले त्यहाँ सोचेजस्तो सुधार सम्भव नहुने भएकाले उच्च कोटिको नयाँ विश्वविद्यालयको आवश्यकता छ। अब विश्वविद्यालय कस्तो हुन्छ हामी दैखाउँछौं’, आचार्यले भने। ‘यो विश्वविद्यालयमा पढ्ने विद्यार्थीमा एक महिनामै परिवर्तन देखिनेछ।’ प्रस्तावित नेपाल विश्वविद्यालय विशुद्ध विद्यार्थीको शुल्कबाट सञ्चालन हुने, प्राध्यापकहरुको सुविधा निजी क्षेत्रको समन्वयमा व्यवस्थापन गरिने र ३०÷४० प्रतिशत विदेशी प्रध्यापक ल्याएर पढाउन लगाइने डा. आचार्यले स्पष्ट पारे।

    विद्यमान विश्वविद्यालयले आलोचनात्मक चेत भएका जनशक्ति उत्पादन नगरेका कारण नेतृत्व तहमा भएका मानिसले राम्रो परिणाम दिन नसकेको आचार्यले दाबी गरे। उच्च स्तरीय बौद्धिक वर्ग र विज्ञता भएको जनशक्ति तयार पार्ने प्रस्तावित नेपाल विश्वविद्यालयको अवधारणा रहेको उनको भनाइ छ।

    प्रध्यापक डा. पूर्णकान्त अधिकारीले विश्वविद्यालयको संख्या थप्नमात्रै भन्दा पनि उच्चशिक्षालाई सुधार गर्ने र प्रतिस्पर्धी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ नेपाल विश्वविद्यालय स्थापना गर्न खोजिएको दाबी गरे। अबको दिनमा एकांकी शिक्षाले मात्रै काम नगर्ने बहु विधात्मक शिक्षा आवश्यक पर्ने भएकाले नयाँ विश्वविद्यालयको आवश्यकता र महत्व बढेको उनको भनाइथियो। नेपाल विश्वविद्यालयले विकास र राष्ट्रका समस्या समाधानको लागि सभ्य बहस गर्न सक्ने आलोचनात्मक चेत सहितका विज्ञ जनशक्ति उत्पादन गर्ने उनको भनाइथियो।

    नेपालको शिक्षा प्रणालीले भाषा, धर्म, भूगोल, संस्कृति, साहित्य, संगीत जस्ता विषयलाई धेरै महत्व नदिएको डा. अधिकारी बताउँछन्। बहु जातीय, बहु भाषी, आफ्नै धर्म–संस्कृति र फरक भौगोलिकता भएको देशमा यस्ता विषयवस्तु नपढाउँदा विकास र मौलिकतामा असर परेको उनको भनाइ छ। एनका अनुसार राजनीतिभन्दा पर, नेपाल सरकारको विश्वास भएको तर बेग्लै बोर्ड अफ ट्रष्टीले यो विश्वविद्यालय सञ्चालन गर्नेछ।

    शिक्षा अभियन्ता टिका भट्टराईले हालको विश्वविद्यालयको संरचना र कार्यशैलीभन्दा फरक मूल्य मान्यता, संस्कृति, शैली तथा स्वायत्त शासकीय संरचना सहितको र आजको आवश्यकता लाई महसुस गरेर नेपाल विश्वविद्यालयको प्रस्ताव गरेको स्पष्ट पारे। शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्लले नेपाल विश्वविद्यालयले संख्या मात्रै थप्ने भन्दापनि विश्वस्तरिय प्रतिस्पर्धी दक्ष जनशक्ति उत्पादनमा नयाँ आयाम थप्नुपर्नेमा जोड दिए। अन्तरक्रियामा सहभागी अन्य व्यक्तित्वहरुले अहिलेको विसंगतिपूर्ण शिक्षा प्रणालीको विकल्पमा नयाँ विश्वविद्यालयको आवश्यकता रहेको बताएका थिए।

    नेपाल विश्वविद्यालयका लागि २०७७ चैत २० मा मन्त्रि परिषद् बैठकबाट ‘नेपाल विश्वविद्यालय पूर्वाधार तयारी विकास समिति’ गठन आदेश २०७७ जारी भई डा. अर्जुन कार्कीको अध्यक्षतामा विकास समिति गठन गरिएको छ। २०७९ माघ ५ मा नेपाल विश्वविधलय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश भएको र २०७९ माघ १० गते राष्ट्रिय सभाले सो विधेयक विचार गरियोस भन्ने प्रस्ताव बहुमतबाट पारित गरेकोथियो। हाल उक्त विधेयक राष्ट्रियसभाको विधायन समितिमा छलफलको क्रममा रहेको छ ।

    विश्वविद्यालयका लागि आवश्यक जग्गा प्राप्तिका लागि नवलपरासीको गैंडाकोट नगरपालिका र अन्य पालिकाको आसपासका क्षेत्रमा औपचारिक निर्णय सहित प्रक्रिया अघि बढाइएको छ।

    efcbd23f-e15b-4018-88eb-4351ae4c8708

    इच्छा अधुरै रह्यो ...

      अमृता लम्साल मलाई उहाँसँग पर ...

    मधेश प्रदेशका मुख्यम ...

    जनकपुरधाम, ४ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    रवि लामिछानेले सहकार ...

      काठमाडौं, ३ बैशाख। बुटवल ...

    भारतीय चुनावआयोगले ४ ...

    काठमाडौं, ३ बैशाख। भारतमा लोकसभाको निर्वाचन शुरु हुदै ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल