सिरहाबाट एसईईमा साढे दश हजार बढी विद्यार्थी सहभागीहुँदै

    • चैत्र ९, २०७९
    • 184 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ९ चैत। विद्यालय शिक्षाको फलामे ढोकाको रुपमा लिइने एसईई परीक्षा २०७९ मा सिरहाबाट १० हजार एक सय ५० विद्यार्थी सहभागी हुने भएका छन्।

    यहि चैत १७ गतेदेखि शुरु हुने परीक्षामा जिल्लाका ८५ सामुदायिक र ८६ संस्थागत विद्यालय गरी एक सय ७१ विद्यालयबाट चार हजार ६ सय ९२ छात्रा र पाँच हजार चार सय ५८ छात्र सहित १० हजार ६ सय ५० विद्यार्थी सहभागी हुन लागेको हो। जसमध्ये प्राविधिक धारतर्फका केन्द्रबाट तीन सय ४९ जना विद्यार्थी १० परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका छन्।

    efcbd23f-e15b-4018-88eb-4351ae4c8708

    परीक्षा केन्द्रसम्म विद्यार्थीको सहज पहुँचको लागि यो वर्ष ४० वटा परीक्षा केन्द्रहरु तय गरेको इकाईले जिल्ला समन्वय इकाई सिरहाका प्रमुख रामवृक्ष महतोले जानकारी दिए। परीक्षा केन्द्रहरु निर्धारणको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिक्का टिप्पनीहरु भएको छ। कतिपय परीक्षा केन्द्रहरुमा निजी विद्यालयको केन्द्रहरुमात्र रहेको भन्दै सामाजिक सञ्चाला चलखेलको आशंका सहित टिक्का टिप्पनी भईरहेको छ नी भन्ने प्रश्नमा शिक्षा समन्वय इकाई प्रमुख महतोले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको परीक्षा समन्वय समितिले केन्द्रहरु निर्धारण गरेको आशंका नगर्न अनुराधे गरे।

    उनले सवै विषयहरुको विश्लेषण पछि विद्यालयहरुलाई पायक पर्नेगरी परीक्षा केन्द्रहरु निधारण गरिएको बताए।

    परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन जिल्ला परीक्षा समन्वय समितिमार्फत् सबै तयारीहरु आवश्यकता अनुसार भईरहेको प्रमुख महतोले जानकारी दिए। तोकिएका परीक्षा केन्द्रहरुमा उत्तर पुस्तिकाको पुगिसकेको पनि उनले बताए।

    उनले अव चाँडै अभिमुखिकरण गरि पाएक पर्ने प्रहरी कार्यालयहरुमा उत्तरपुस्तिका पठाउने बताए।

    barger

    पक्राउ बिद्यार्थी रि ...

    सर्लाही, २३ सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिका तथा ...

    कटारी अस्पतालबाटै सर ...

    उदयपुर, २३ जेठ। उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पता ...

    ठूलो परीमाणमा लागुऔष ...

    सिरहा, २३ जेठ। सिरहा प्रहरीले भारिमात्रामा प्रतिवन्धित ...

    दलितलाई राजनीतिमा सम ...

    सिरहा, २१ जेठ। दलितहरुको जनसंख्याको आधारमा समानुपातिक र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल