जनमत पार्टी सधै किसानको पक्षमा छ : अध्यक्ष राउत

    • चैत्र ७, २०७९
    • ५१९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिराहा ७ चैत। जनात पार्टीका अध्यक्ष तथा प्रतिनिधीसधा सदस्य चन्द्रकान्त (सीके) राउले सरकारले मलमा कटौतिगरेको अनुदान आफ्नै पार्टीको दवाका कारण फिर्ता भएको बताए। गोलबजार नगरपालिका ८ पुरानो चोहर्वामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधनगर्दै उनले हामीले पाउने तलव भत्ता कटाउनुस तर किसानले पाउने मलको अनुदान नकटाउनु भनेपछि सरकारले अनुदान यथावत राखेको बताएका हुन्।

    उनले सरकारले खर्च व्यहोर्न सक्दैन भने जनप्रतिनिधीको गाडी, तेल फिर्ता लिओस, पाउँदै आएको सेवा सुविधा कटौती गरोस् तर किसानको मलमा पाउने सानो अनुदान कटौति गर्न नहुने बताए। उनले भने, ‘अहिले जनप्रतिनिधीहरु लाखौंको गाडी चढेर हिडिरहेका छन्, यसलाई नियन्त्रण गर्नु पर्छ। तर, किसानले पाउने सानो सहयोग यथावत राख्नु पर्छ।’

    अध्यक्ष राउतले ठूला व्यापारीको राजस्वा माफ गर्ने तर किसानले पाउने सानो सहयोग पनि सरकारले कटाउति गर्न पाईंदैन भन्ने अडान राखेपछि सरकार मलको अनुदान यथावत राख्न बाध्य भएको बताए। आफ्नो पार्टी सधैं मजदुर किसानको हक र अधिकारको पक्षमा रहेको बताए।

    उनले अर्को प्रसंगमा आफू निर्वाचित क्षेत्रका सवै जनताको घरदैलोमा पुगेर योजना बनाइ काम अगाडी बढाएको जनाए। योजना बनाउन जनताको घरदैलोमा गई योजना छनोट गर्ने जनमत पार्टीले प्रथम प्रयास गरेको उनले जिकिर गरे।

    जनताको विचमै गएर उनीहरुको समस्या बुझ्न सकिने बताए। उनले भने, ‘जनताको विचमै गएरमात्र त्यहाँ के जरुरी छ भन्ने बुझ्न सकिन्छ। जुन समस्या बुझ्ने अवसर जनताले दिएकोमा धन्यवाद छ।’

    जिल्ला पार्टीको आयोजनाकमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय नेताहरुले सम्वोधन गरेका थिए। सो क्रममा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा जनमत पार्टी प्रवेश गरेको जनाएको छ।

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल