नयाँ वर्षको अवसरमा वीरगञ्जमा रात्री बजार लाग्दै

    • चैत्र ६, २०७९
    • ३०७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ६ चैत। वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमै पहिलो पटक ‘रात्री बजार’ लगाउने तयारी गरेको छ। वीरगञ्जवासीको सपना साकार पार्न महानगरपालिकाका प्रमुख राजेशमान सिंहको संकल्प अनुरुप पहिलो पटक ‘रात्री बजार’ लगाउन थालिएको हो।

    यही चैत ३० गते बेलुका देखि बैशाख २ गते मध्य रातिसम्म वीरगञ्जको आदर्शनगर चोक देखि पुरानो बसपार्कसम्म ‘रात्री बजार’ लगाइने महानगर मेयर सिंहले जानकारी दिए।

    आर्थिक नगरी भनेर वीरगञ्जलाई चिनिने गरेको भए पनि वीरगञ्जको व्यवसाय साँझ नपर्दै बन्द हुने गरेको थियो।

    यहाँको आर्थतन्त्र चलायमान बनाउन र बजार अबेरसम्म संचालन हुने वातावरण बनाउन पनि परीक्षण स्वरुप नयाँ वर्षको अवसर पारेर तीन दिने रात्री बजार लगाउन जमर्को गरेको सिंहले बताए।

    ‘व्यवसायीक रुपमा वीरगञ्जको पहिचान थप बढाउन र रोजगारको अवसर प्रदान गर्ने योजना सहित रात्री बजार लगाउन लागेका हौं; उनले भने, ‘यसले बजार चलायमान बनाउने पनि विश्वास लिएका छौँ।’

    महानगरको आयोजनामा वीरगञ्जमै पहिलो पटक हुन लागेको ‘रात्री बजार’ मा विभिन्न ठाउँका विशेष खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाकुडा लगायतका सरसामान पाउनुका साथै वीरगञ्जमै पहिलो पटक तन्दुरी चायको शुरुआत गरिने पनि उनले जानकारी दिए।

    रात्री बजार आयोजना गर्दै गर्दा अवसर र चुनौतीबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको र यसबाट नयाँ संदेश सहित सफलता प्राप्त भए लामो समय सम्म बजार लगाउन सकिने भएकोले वीरगञ्जमै पहिलो पटक नयाँ अवधारणा सहित लाग्ने बजारमा सहभागी भई सफल बनाउन उनले अपिल पनि गरे।

    महानगरले रात्री बजार सञ्चालनका लागि विभिन्न संस्थासँग सहकार्य गरेको छ। ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ), वीरगञ्ज साइकलिङ्ग क्लब, ओमेन्स क्रिएसन र फोरजिआर जस्ता संस्थाहरुसँगको सहकार्यमा ‘रात्री बजार’ तयारीको काम अघि बढाइएको उनले बताए।

    रात्री बजारमा लगाइने स्टलहरु बुकिङको काम अहिले धमाधम भइरहेको सहआयोजकको रुपमा रहेको ग्रिन सिटीका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए।

    आदर्शनगर चोकदेखि कैलास चोक र त्यहाँबाट पुरानो बसपार्क सम्मको क्षेत्रमा करिब १ सय स्टल लगाउने गरि आवश्यक तयारी गरिएको र अहिले स्टल बुकिङको काम धमाधम भइरहेको उनले बताए।

    जसपा, नेपालले पार्टी ...

      काठमाडौं, २५ बैशाख। जनता समाजवादी पार् ...

    रास्वपाले सहकारी प्र ...

    काठमाडौं, २५ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ...

    राई नेतृत्वको जसपाले ...

    काठमाडौं, २५ बैशाख। जसपा नेपालबाट फुटेर अशोक राईको ...

    ५० केजी गाँजासहित भा ...

    बिशाल बस्नेत महोत्तरी, २४ बैशाख। महोत्तरी प्रहरीले ५० ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल