चलचित्र पत्रकार संघका सचिव गिरीलाई वीरगञ्जमा स्वागत र बधाई

    • चैत्र ६, २०७९
    • ४१७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ६ चैत। आर्थिक नगरी वीरगञ्जबाट नेपाली चलचित्र उद्योगले धेरै अवसर लिन सक्ने चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सचिव नविन गिरीले बताए। चलचित्र पत्रकार संघ पर्सा शाखाले आयोजना भएको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सचिव गिरीले आर्थिक एवम् औद्योगिक नगरीबाट नेपाली चलचित्र उद्योगले अपेक्षित फाइदा लिन नसकेकोमा चिन्ता व्यक्त गरे।

    उद्योग एवम् कलकारखानासँगै मुलुककै प्रमुख प्रवेशद्वारका रुपमा परिचित वीरगञ्ज छायांकनसँगै चलचित्रको बजारका लागि उपयुक्त स्थान भएपनि निर्माता एवम् निर्देशकहरुको नजरमा नपरेको सचिव गिरीको बुझाई छ। चलचित्र पत्रकार संघ पर्सा शाखा स्थापना भएसँगै संघका गतिविधिले वीरगञ्जमा पनि चलचित्रको बजार र गतिविधि बढ्ने विश्वास पनि गिरीले व्यक्त गरेका छन्।

    वीरगञ्जबाटै पत्रकारिताको शुभारम्भ गरेको स्मरण गर्दै गिरीले आफ्नो पूरानो कर्मथलोमै आउँदा यहाँकै संघबाट प्राप्त बधाई तथा शुभकामनाले काम गर्ने ऊर्जा थपिएको प्रतिक्रिया दिएका छन्। चलचित्र पत्रकार संघको केन्द्रमा सबै ऊर्जावान एवम् क्रियाशिल साथिहरु निर्वाचत भएको बताउँदै उनले यो कार्यकाललाई सबैले सम्झन योग्य बनाउने प्रतिबद्धता पनि व्यक्त गरे। साथै शाखाहरुसँग समन्वय अभावका थुप्रै गुनासोहरु आएको बताउँदै उनले अहिलेको नयाँ कार्यसमितिले शाखालाई पनि सम्मानजनक व्यावहार गर्ने आश्वासन दिएका छन्।

    वीरगञ्जबाट पत्रकारिता शुरुवात गरेका गिरी काठमाडांैमा गएर चलचित्र विधामा स्थापित भई केन्द्रीय समितिको सचिवमा निर्वाचित भएकोमा चलचित्र पत्रकार संघ पर्साका सल्लाहकार निरज पिठाकोटेले खुशी व्यक्त गरे। चलचित्र पत्रकार संघ पर्सा शाखाको संगठन सुदृढीकरण र पत्रकारिता क्षेत्रको विकासका लागि केन्द्रबाट आवश्यक प्राविधिक लगायतका सहयोग गर्न पनि उनले सचिव गिरीलाई आग्रह गरेका छन्।

    चलचित्र पत्रकार संघ पर्सा शाखाका सचिव सूर्यनारायण वि.क. ले सचिव गिरीलाई टिका र खादासँगै मायाको चिनो र बधाई पत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। साथै उनले वीरगञ्जमा चलचित्रको विकास र बजारीकरणका लागि संघले गर्ने क्रियाकलापमा केन्द्रको समन्वय र सहकार्य हुने अपेक्षा पनि गरेका छन्।

    सोही अवसरमा मध्यनेपाल मिडिया प्रा.लि.ले पनि सचिव गिरीलाई स्वागत तथा सम्मान गरेको थियो। मध्यनेपाल सन्देश साप्ताहिककी सम्पादक कविता खड्काले पनि गिरीको लगनशिलता, ईमान्दारीता र निरन्तरताले अहिलेको उपलब्धी हाँसिल गर्न सफल भएको धारणा राखिन्। साथै गिरीलाई आफ्नै कार्यकालमा शाखा बिस्तारसँगै चलचित्रका गतिविधि बढाउन पनि सुझाव दिएकी छन्।

    भूमि बैङ्कको प्रस्त ...

      काठमाडौं, १५ चैत।  ६ किसान संगठनहरूले ...

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    छुआछुत विरुद्ध गोलबज ...

    सिरहा, १५ चैत। माँ दुर्गा महिला समुह गोलबजार ५ मगर टोलल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल