सिरहा, ५ चैत। सिरहामा जनप्रतिनिधी र कर्मचारीकै मिलोमतोमा विकास निमार्णको काममा अनियमितत्तता गरिएको पाइएको छ। जिल्लाको लहान नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीको मिलोमतोमा नगरपालिका ६ श्रीराम कोलोनी क्षेत्रमा गरिएको पक्कि नाला निमार्ण कार्यमा कमसल निर्माण सामाग्री प्रयोग गरी अनियमितत्ता गरिएको हो।
कमसल सामाग्री प्रयोग गरी पक्कि नाला निर्माण सम्पन्न भएको दुई महिना नपुग्दै भत्किएको छ। निमार्ण सम्पन्न भएको दुई महिना नवित्दै समान्य वर्षा मै नाला भासिनु सम्बन्धित निकायको मिलोमत्तो रहेको पुष्टि स्थानियहरुको भनाई छ। दशवर्ष पूर्व नगरपालिकाले निर्माण गरेको नालाको पुरानो ईटा र बालु सिमेन्टको मात्रापनि नमिलेकोले नाला भत्किएको स्थानीयको आरोप छ।
जनप्रतिनिधी र ठेकेदारको लापर्वाहीले काम गुणस्तरीय नभएकाले नाला भत्केको स्थानीयको आरोप छ। निर्माणका क्रममा नगरपालिका र वडाबाट अनुगमन नहुनुले पनि कर्मचारी, जनप्रतिनिधी र ठेकेदारको मिलेमत्तो रहेको गन्धदिने गरेको स्थानीयले बताए।
लहान ६ का वडा अध्यक्ष रमेश गौतमले नगरको काम भएकोले सवै आफूलाई जानकारी नभएको बताए। उनलेभने, ‘भत्केको खवर पाएपछि म पनि हेर्न गएँ, भत्केकै रहेछ। मैले नगरपालिकामा खवर गराईसकेको छु।’
नगरपालिकाका साईड इन्जिनियर कामेश्वर यादवले सतहको माटो गिलो भएकोले र वर्षाका कारण माटो धस्केकाले नालाको वाल भत्केको भन्दै गैरजिम्मेवार जवाफ दिए। उनले भने, ‘सतहको माटो गिलो हुँनु, माथिको माटो वर्षाका कारण धस्कीनु र पाँच इञ्चको मात्र वाल भएकाले नाला भत्केको हो।’
प्राविधिकले कुन ठाउँमा कस्तो पूर्वाधार निर्माण गर्ने हो भन्ने अग्रिम योजना बनाउनु पर्ने भएपनि इन्जिनियर यादव माटोको दोष दिदैं चोखिन खोजिरहेका छन्।
नाला भत्केपनि ठेकेदारले पुनः निर्माण गर्ने बताए। उनले सम्झौता मै एक वर्ष भित्र काम विगिए पुनः निर्माण गर्ने सहमति भएको हुन्छ, सोही सर्त अनुसार काम गर्नु पर्छ।
नाला निर्माण गरेका ठेकेदार अवुल अन्सारिले पाँच इन्चको बालमा ‘दम’ नै कति हुन्छ र? भन्दै माटोको धक्का सहन गर्न नसकेका कारण वाल भत्केको बताए। उनले भने, ‘बाल पातलो भएकोले भत्केको हो, अव हामीले घाटालागेपनि बनाउनै पर्ने हुन्छ, पुनः निर्माण गरिदिन्छौं।’
योजना शाखाका अनिक यादवले ठेक्का लागेको भनेपनि अवुल अन्सारीले अहिले व्यक्तिगत रुपमा काम गरिरहेको बताए। अन्सारीको निर्माण कम्पनी भएपनि उनले कोटेशनमा काम लिएको बताए।
श्री राम कोलोनिका स–साना गल्लिाका पेटीको नाला निर्माण कार्यको लागि पाँच लाखमा मौखिक सम्झौता गरी निमार्ण कार्य सम्पन्न गरिएको सा्रेतले दावी गरेका छन्।