रोयल एकेडेमीका विद्यार्थीलाई डाक्टर र डिएसपीले सुनाए स्वास्थ्य र सुरक्षाका अनुभव

    • चैत्र ४, २०७९
    • ३९६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    • सूर्य वि.क.

    वीरगञ्ज, ४ चैत। चुनौतीलाई अवसरको रुपमा लिनुपर्ने बताउँछन् बरिष्ठ फिजिसियन डा. निरज सिंह। चुनौतीले नै व्यक्तिलाई सक्षम बनाउने भएको हुँदा चुनौतीदेखि नडराउन डा. सिंहले सुझाव दिएका छन्। वीरगञ्जको त्रिमुर्तीस्थित रोयल एकेडेमीले ‘मिराकल आवर’ को अपार सफलतापछी सुरु गरेको ‘रोयल किड्स शट’ को पहिलो अंकमा वक्ताको रुपमा सहभागी डा. सिंहले विद्यार्थीको जिज्ञासा मेटाउँदै भने, ‘चुनौतीले अवसरको ढोका ढकढक्याउँछ, त्यो बेला आफुले ढोका खोल्न सक्यो भने त्यही अवसरले जीन्दगीलाई सहज बनाइदिन सक्छ, त्यसैले चुनौती र समस्यादेखि भाग्ने हैन लड्नुपर्छ।’रोयल एकेडेमीमा कक्षा ५ मा अध्ययनरत छात्रा स्मारिका क्षेत्रीको प्रश्नमा डा. सिंहले आफ्नो विगत सम्झिए, ‘मैले फिजिसियनको अध्ययन सकेपछि काठमाडौंमै बस्दा मात्रै राष्ट्रिय रुपमा चर्चित भइन्छ भन्ने लोभ थियो, तर बुबाको आग्रहमा म आफ्नै ठाउँमा आएर काम गर्न थाले। कता–कता म वीरगञ्जमा मात्रै सिमित हुन्छु कि भन्ने सोचीरहेको बेलामा कोरोनाको कहर आयो। नेपालमै पहिलो पटक वीरगञ्जमा देखिएको कोरोनाले यहाँकै अवस्था डगमगाएपछि पूरा देश नै समस्यामा पर्छ भन्ने हेतुले मैले सुरक्षा सावधानीका उपाय नभएर पनि पहिला डिउटी गर्ने आँट गरें।’


    नारायणी अस्पतालमा कार्यरत डा. सिंह थप्छन्, ‘पिपिई (व्यक्तिगत सुरक्षा सावधानी) नभएपनि मैले प्लाष्टिकको रेनकोट र डमबुट लगाएर भएपनि डिउटी गर्छु भन्ने सोचेको थिए। अहिले त्यही रेनकोट काठमाडौंमा स्थापना हुने मेडिकल म्युजियममा राख्ने खबरले मलाई गर्वान्वित बनाएको छ।’ कोरोना भाइरसको चुनौतीलाई आफुले अवसरको रुपमा लिँदा अहिले राष्ट्रव्यापी रुपमा चर्चा कमाउनुका साथै राष्ट्रपतिबाट सम्मानितसमेत हुन पाएको डा. सिंहले बताए। परेको बेलामा कुनै योजनाबिना नै काम गर्दा त्यही काम पछि गएर इतिहास बन्न सक्ने उनको बुझाई छ।

    कसैको करकाप र दबाबबिना आफ्नो रुचीको क्षेत्रमा मात्रै काम गर्न पनि डा. सिंहले विद्यार्थीहरुलाई सुझाव दिएका छन्।

    कक्षा ६ मा अध्ययनरत छात्रा परिशी दासको प्रश्नको जवाफ दिने क्रममा डा. सिंहले स्वास्थ्य प्रणालीका समस्याहरु केलाउन थाले। नेपालमा यहाँकै चिकित्सकमाथि विश्वास नहुने अवस्थाको अन्त्य गर्नुपर्ने आवश्यक्ता औँल्याउँदै डा. सिंहले सोचाईमा बदलाव ल्याउन जरुरी रहेको बताए। काठमाडौंको अस्पतालमा १ महिनासम्म धैर्यका साथ बस्न सक्ने बिरामी वीरगञ्जकै अस्पतालमा १ हप्ता राख्दा पनि उल्टै चिकित्सकमाथि नै रिसाउने स्वभावप्रति उनले आपत्ती जनाए।

    नेपालमा नर्सहरुको काममा पनि उनले प्रश्न उठाएका छन्। वीरगञ्जमै अस्पताल हुँदा पनि सिमावर्ती शहर रक्सौलको डंकन अस्पताल जानुको कारण कक्षा ५ का छात्र सम्राट सिंह राणाले सोधेपछि उनले डाक्टर एक्लैले बिरामी ठीक गर्न नसक्ने बताए। उनले भने, ‘बिरामी मायाको भोको हुन्छ, गालीको हैन, तर यहाँका नर्सहरु बिरामीको बोमिट, युरिन वा कुनै पनि कुरा देख्दा रिसाउने र गाली गर्ने गर्दछन्, जुन डंकन लगायतका भारतका अन्य अस्पतालमा देखिदैन। यहाँको तुलनामा भारतमा नर्सिङ् केयर अत्यन्तै राम्रो छ, तर त्याहाँको तुलनामा विशेषज्ञ चिकित्सक भने नेपालमै छन्।’ साथै उनले जनशक्ति अभावको समस्या पनि औँल्याए। नारायणी अस्पतालमै ५० जना बिरामीका लागि २ जना नर्सले हेर्नुपर्ने बाध्यता भएको डा. सिंहको भनाई छ।

    साथै उनले अर्काे एउटा महत्वपूर्ण विषयमा पनि सचेत गराए। इम्युनिटी (रोगप्रतिरोधात्मक क्षमता) खानपानभन्दा पनि वातावरणले बृद्धि गर्ने डा. सिंहले बताए। वातावरण अनुसार शरिरको रोगप्रतिरोधात्मक क्षमता पनि बढ्ने हुँदा प्रविधिभन्दा पनि प्रकृतीसँग बालबालिकालाई नजिक राख्नुपर्ने उनको भनाई छ।

    प्यानल छलफलका वक्ता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दिपक गिरीले सुरक्षा क्षेत्रको अवस्था र चुनौतीका बारेमा चर्चा गरेका थिए। कक्षा ५ का छात्र इशान क्षेत्रीले सुरक्षा क्षेत्र नै रोज्नुको कारण बारे डिएसपी गिरीसँग जिज्ञासा राखे। त्यही जिज्ञासा मेटाउने क्रममा उनले २०५५ सालमै प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी सेवामा प्रवेश गरेको बताए।

    सुरक्षा क्षेत्रमै आउने योजना नभएपनि जे खुल्छ त्यसैको परीक्षा दिँदा धेरै पटक असफल भएपछि असईमा सफल भएर अहिले डिएसपीसम्म बनेको गिरीले सुनाए। प्रहरीप्रतिको गलत बुझाई त्याग्न आग्रह गर्दै उनले प्रहरी अपराधिक गतिविधि गर्नेहरुलाई मात्रै कानुनबमोजिम अनुसन्धान एवम् कारवाही गर्ने निकाय भएको गिरीले स्पष्ट पारे। जनताको साथ र सहयोगबिना समाजमा शान्ती स्थापना हुन नसक्ने बताउँदै उनले अपराधीक गतिविधिको नियन्त्रण एवम् अनुसन्धानमा प्रहरीलाई सघाउन अपिल पनि गरेका छन्। जनतालाई प्रहरीको अपनत्व गराउनकै लागि ‘प्रहरी मेरो साथी, टोलटोलमा प्रहरी, समुदाय प्रहरी साझेदारी कार्यक्रमहरु सञ्चालन भइरहेको पनि उनले जानकारी दिए।

    कार्यक्रममा कक्षा ५ का रोहित साह, इन्द्राक्षी सचदेव, हर्षिता कुशवाह, साजन कुमार बैठा, नलिक्षा प्रजापती, कक्षा ६ मा अध्ययनरत रिद्धी गुप्ता, सिद्धी गुप्ता, प्रियान्शी गुप्ता, शितल पटेल लगायतले विभिन्न जिज्ञासा राखेका थिए।

    विद्यार्थीहरुको क्षमता अभिवृद्धि एवम् व्यक्तित्व विकासका लागि प्यालन छलफलको आयोजना गरिएको रोयल एकेडेमीकी प्रधानाध्यापिका बिजया ओझैयाले बताइन्। डाक्टर, डिएसपी जस्ता जिम्मेवार व्यक्तिहरुसँग विद्यार्थीहरुको साक्षात्कार हुँदा उनीहरुको पनि आत्मबल बढ्ने उनको विश्वास छ।

    विद्यार्थीको बृद्धि एवम् बिकासका लागि किताबी कुराले मात्रै महत्व नराख्ने एकेडेमीकी प्रबन्ध निर्देशीका सबनम श्रेष्ठको बुझाई छ। स्थापना भएदेखि नै एकेडेमीले अतिरिक्त क्रियाकलापलाई जोड दिँदै आएको श्रेष्ठले बताइन्। उनकाअनुसार आगामी दिनमा रोयल किड्स शटलाई निरन्तरता दिई समाजका प्रतिष्ठित व्यक्तिहरुको अनुभव एवम् ज्ञान सुनाउने र विद्यार्थीहरुलाई जिज्ञासा एवम् प्रश्न सोध्न लगाउने योजना छ।

     

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल