उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित

    • चैत्र ३, २०७९
    • २२८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, ३ चैत। उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा १० दलीय गठबन्धनबाट यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

    निर्वाचन अधिकृतको कार्यालयले केही बेरअघि सार्वजनिक गरेको नतिजाअनुसार यादवको पक्षमा ५१३ जना सांसदले मतदान गरेका छन्। उनलाई संघीय संसदका १८४ र प्रदेशसभातर्फका ३२९ सांसदले मत दिएका छन्।

    निर्वाचित यादवले प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन्। उनले संघीय संसदतर्फ १४ हजार ५३६ मतभार ल्याएका छन्। उनको पक्षमा ३० हजार ३२८ मतभार परेको हो।

    उता प्रतिस्पर्धी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ जना सांसदको मत पाएकी छन्। पराजित भएकी अष्टलक्ष्मीले प्रदेशतर्फ ८ हजार ११२ र संघतर्फ ८२१६ मतभार ल्याउन सफल भइन्। उनको पक्षमा जम्मा १६ हजार ३२८ मतभार ल्याइन्।

    त्यस्तै तेस्रो नम्बरमा रहेकी जनमत पार्टीकी ममता झाले प्रदेशतर्फ १५ र संघतर्फ २३ सांसदको मत पाइन्। उम्मेदवारी फिर्ता लिएकी जसपाकै सांसद प्रमिलाकुमारीको पक्षमा पनि सांसदले मत दिएका छन्। उनको पक्षमा प्रदेशतर्फ ३ जनाले मत दिएका हुन्।

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    शिक्षक–प्रधानध्यापक ...

      बिशाल बस्नेत महोत्तरी, ५ बैसाख। बल्वा नगरप ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल