जातीय छुवाछुत गर्ने गापा अध्यक्षलाई कार्वाहीको माँगगर्दै वुझाए ज्ञापन पत्र

    • चैत्र २, २०७९
    • 87 पटक पढिएको
    • गमक पाेस्ट

    लहान २ चैत। सिरहाको भगवानपुर गाउपालिका अध्यक्ष उग्रनारायण यादवले दलित र गैर दलितलाई भिन्दाभिन्दै राखी भोज खुवाएको घटना प्रति ध्यानकार्षण भएको भन्दै दलितहरुले ईलाका प्रशासन कार्यालय लहानमा ज्ञापनपत्र बुझाएका छन्।

    घटनाको दोषी गाउँ पालिका अध्यक्ष समेत रहेका यादवले अक्षम्य अपराध गरेको हुनाले सम्पूर्ण सार्वजनिक पदवाट निलम्वित गरी हदैसम्मको कार्वाही माँग गर्दै इलाका प्रशासन मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवारलाई ज्ञापन पत्र वुझाएका हुन्।

    दलित नेटवर्क सिरहाका अध्यक्ष दिप नारायण विश्वकर्मा, मिथिला वैठार समुह सिरहाका शिव नारायण महतो र हरवा चरवा मञ्च सिरहाका अध्यक्ष हरि रामद्वा संयुक्त रुपमा हस्ताक्षरित ज्ञापन पत्रमा अध्यक्ष यादवको घरमा फाल्गुण २२ गते दिवंगत आमाको १३ औं तिथीको श्राद्ध भोजमा जात व्यवस्थाको आधारमा निम्तालुहरु मध्य दलित र गैरदलितलाई भिन्दा भिन्दै ठाँउमा राखेर भोज खुवाउनु कानुनको उलङ्धन भएको उल्लेख गरेको छ।

    ‘भोज आयोजकले दलित, गैर दलित एवम् मुस्लिम समुदायका व्यक्तिहरुलाई व्यक्तिको जात अनुसार प्लेकार्ड नै टाँसेर छुट्टा–छुट्टै राखी जातीय विभेद गरेको प्रष्ट प्रमाणित हुन्छ।’ यसरी जातको आधारमा विभिेद गरेकाले ज्ञापन पत्र बुझाएको दलित नेटवर्क सिरहाका अध्यक्ष दिप नारायण विश्वकर्माले बताए।

    नेपालको संविधानलाई टेकेर गाँउपालिका अध्यक्ष जस्तो गरिमामय एवम् सम्वेदनशील जिम्मेवारीमा रहेका व्यतिले जातीय विभेद एवम् छुवाछुत गर्नु भनेको कानुनी अपराध र संविधानलाई खिल्ली उडाएको ज्ञापनपत्रमा उल्लेख भएको छ।

    यस घटनाको दोषी उग्र नारायण यादवले अक्षम्य अपराध गरेको हुनाले निजलाई कानुनी दायरामा ल्याई सम्पूर्ण सार्वजनिक पदवाट निलम्वित गरी विभेद एवम् नेपाल सरकारसंग जोडदार माँग गर्दछौ। हाम्रो मागलाई नजर अन्दाज गर्ने प्रयास भएमा संघर्षका कार्यक्रमहरु अगाडी वढाउन बाध्य हुने र यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने समेत ज्ञापन पत्रमा उल्लेख छ।
    सिरहाको लहान नगरपालिका ७ स्थित पशुपति आदर्श मा.वि वाट निश्किएको विरोध र्यालीले वजारको विभिन्न भागको परिक्रमा गरी ईलाका प्रशासन कार्यालयमा ज्ञापन पत्र वुझाएको हो। ज्ञापन पत्र वुझदै सहायक अर्जून प्रसाद मण्डले तुरुन्तै जिल्ला प्रशासन कार्यालय पठाउने बताए।

     

    गोलबजारमा ईंटा उद्यो ...

    सिरहा, १० चैत। सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच ...

    आजबाट इस्लाम धर्मावल ...

    सिरहा, १० चैत। इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सु ...

    प्रतिस्पर्धी जनशक्ति ...

    काठमाडौं, ९ चैत। विज्ञहरूले उच्चशिक्षा सुधार र प्रतिस्प ...

    अलौको महायज्ञ पूजामा ...

    सूर्य वि.क. वीरगञ्ज, ९ चैत्र। गैर दलितहरुको अडान ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल