समाजवादको यात्रामा कालीगण्डकी गाउँपालिका

    • चैत्र १, २०७९
    • २४९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    • राजेन्द्र न्यौपाने

    स्याङ्जा, १ चैत। दोस्रो संबिधान सभाबाट जारी ऐतिहासिक संबिधान २०७२ ले राज्यको पुर्नसंरचना गरि मुलुकलाई ७ वटा प्रदेशमा बिभाजन गरे पश्चात गण्डकी प्रदेशको सुदुर पश्चिम स्याङ्जामा अबस्थित कालिगण्डकी गाउँपालिका स्थानीय निकाय पुनर्संरचना आयोगले साबिक श्रीकृष्णगण्डकी, बिर्घा, आलमदेबी र चण्डीभञ्ज्याङ गाबिस मिलाएर बनाईएको हो। यसको जनसंख्या २१७२८ (२०६८) को जनगणना अनुसार छ, भने क्षेत्रफल ७३.५१ वर्ग कि. मि छ।

    पुर्ब तर्फ गल्याङ नगरपालिका उत्तर तर्फ गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका, पश्चिम तर्फ पाल्पा जिल्लाको तानसेन नगरपालिका र दक्षिणतर्फ बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका यति चार किल्ला भित्र कालिगण्डकी गाउँपालिका रहेको छ।

    यस पालिकाको केन्द्र साविकको विर्घा गा।वि।स।, गहलाममा रहेको छ। पालिकाको कुल क्षेत्रफल ७३.५१ वर्ग कि.मि. र हाल वडा सँख्या ७ रहेका छन्।

    गण्डकी प्रदेश स्थित स्याङ्जा जिल्लामा रहेको कालिगण्डकी गाउँपालिकाको आफ्नै लोगो, झण्डा र पालिकागान रहेको छ। देशमा रहेका ७५३ वटा पालिकामा कसैका लोगो छन्, कसैका गान रहेका छन् भने कालिगण्डकी गाउँपालिकाको भने लोगो, झण्डा र गान रहेको पाइएको हो। गाउँपालिका महासँघका अनुसार कालि गण्डकी गाउँपालिका नेपालमा उदाहरणीय रहेको छ। समाजवादको यात्रामा रहेको उक्त गाउँपालिकाको अनुकरणीय कार्यको अध्ययन अवलोकनका लागि प्रदेशका ४० भन्दा धेरै पत्रकारहरु एकसाथ कालिगण्डकी पुगेका छन्।

    गाउँपालिकाले सुख्खा जमिनको प्रयोग गर्ने र उत्पादन लिने उदेश्यले स्थानीय प्रविधि र जनशक्तिको प्रयोग गरी जग्गा भाडामा लिएर ड्रागन खेती गरेको छ। न्यूनतम विजुली महसुल निशुल्क गरेको छ। गाउँमा अस्पताल सञ्चालनमा ल्याएर निशुल्क उपचार गरेको छ। गाउँमा बच्चा जन्मने वित्तिकै स्वास्थ्य विमा गरेको छ। कुनैपनि नागरिक उपचार अभावमा चन्दा सङ्कलन गर्न जानुपर्ने वा उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन नागरिकको उपचार जिम्मा पालिकाले लिएको छ।

    विद्यालयमा पूर्ण निशुल्क शिक्षा प्रदान गरेको छ। पालिकामा नीजि विद्यालय तर्फ विद्यार्थीहरुको आकर्षण अत्यन्त न्युन रहेको छ भने कतिपय नीजि विद्यालयहरु बन्द भएका छन्। विद्यालय क्षेत्रमा फूलखेती गर्ने, प्राविधिक धारको शिक्षा लागु गरी उत्पादनसँग जोड्ने कार्य भइरहेको गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बताएका छन् । स्थलगत अवलोकनका क्रममा समेत थापाका भनाइहरु पुष्टि भएका छन्। पर्यटन क्षेत्रका प्रचारप्रसारका लागि पालिका भित्रका रहेका सातवटै वडामा पूर्वाधारहरु खडा हुन थालेका छन् । घरवास कार्यक्रमहरु सञ्चालनमा आउन थालेका छन् भने यहाँको स्थानीय सँस्कृतिहरुको उजागर र सँरक्षणको थालनी भएको छ। खानेपानीको आपूर्तीका लागि लिफ्टिङ प्रणालीहरु जडान गर्ने गतिविधि अघि बढेका छन्। पालिकाको यस अघिका असल अभ्यासका कारण जनप्रतिनीधिहरु पुन निर्वाचित भएका छन्। पालिकामा भएका असल अभ्यासहरुले समाजवादको यात्रा तय गरेका छन्।

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल