एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा पुनः शंकर अधिकारी निर्वाचित

    • चैत १, २०७९
    • ३९९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, १ चैत। एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएण्टो)को अध्यक्षमा पुनः शंकर अधिकारी सर्वसम्मत निर्वाचित भएका छन्। संगठनको काठमाडौंमा बुधबार सम्पन्न छैटौं राष्ट्रिय अधिवेशनबाट अधिकारी दोस्रो कार्यकालकालागि अध्यक्षमा निर्वाचित भएकाहुन्।

    अधिवेशनले अधिकारीको नेतृत्वमा २१ पदाधिकारीसहित ८३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।

    अधिवेशनबाट कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मानबहादुर पाण्डे निर्वाचित भएका छन्। यसैगरी, उपाध्यक्षहरूमा झपिन्द्र क्षेत्री, चेतना रेग्मी, पुष्प न्यौपाने, निमबहादुर केसी, किरण यादव, रेश्मिलाल चापाईं, सोम प्रसाद ढुंगाना निर्वाचित भएका छन्।

    महासचिवमा कुलप्रसाद खतिवडा निर्वाचित भएको नव निर्वाचित अध्यक्षशंकर अधिकारीले जानकारी दिए। सम्मेलनले अर्थ उप–महासचिवमा गणेशप्रसाद रिजाल र उप–महासचिवहरुमा बलबहादुर कार्की, नारायण अर्याल, झमक चौलागाईं, दिनेश यादव निर्वाचित भएका छन्।

    सचिवहरुमा गायत्री शर्मा, रामबहादुर खड्का, राजवीर महतो, कुवेर भेटवाल, नवराज शाही र देवीदत्त यादव निर्वाचित भएका छन्। ९९ सदस्यीय कार्यसमितिका चयन गरेको छ।

    अधिवेशनको फागुन २९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए। महाधिवेशनले अध्यक्षको शैक्षिक प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन र अर्थ उप–महासचिवको आर्थिक प्रतिवेदन पनि पारित गरेको छ।

    दोस्रो कालकालागि अध्यक्ष निर्वाचित भएसँगै अधिकारीले संघीय शिक्षा ऐन पारित गर्न पहलगर्ने र त्यसको कार्यान्वयनमा सघाउने प्रतिवद्धता जनाए। एकीकृत वहुउद्देश्यीय शिक्षक भवन निर्माण, शहीद शिक्षक स्मृति प्रतिष्ठान दर्ता, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई पनि यो कार्यकालमा प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने अध्यक्ष अधिकारीले प्रतिवद्धता जनाए। आफ्नो मुख्य ध्यान संगठनलाई विधि पद्धतिमा ढालेर व्यवस्थितगर्ने र सम्पूर्ण उत्पीडित शिक्षकको आस्थाको केन्द्र बनाउन केन्द्रीत रहने अध्यक्ष अधिकारीले स्पष्ट पारे।

     

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल