सिरहा ३० फागुन। भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवको आमाको शुद्धि भोजमा दलित समुदायलाई छुवाछुत गरिएको घटनाको छानविन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली सिरहा आइपुगेको छ। आयोगको जनकपुर स्थित मधेस प्रदेश कार्यालयकी अधिकृत मञ्जु खतिवडाको नेतृत्वमा छानविन टोलीले सिरहा आएको हो।
पहिलो चरणमा सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा र जिल्लाका प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बुसँग आयोगले सोधपुछ गर्ने अधिकृत खतिवडाले बताईन्। दोश्रो चरणमा भोज स्थलमा गएर पीडित दलितहरुसँग सोधपुछ गरी घटनाबारे सत्थ तथ्य संकलन गर्ने कार्यतालिका रहेको खतिवडाको जानकारी दिए। जिल्लामा रहेका दलित तथा मानव अधिकारकर्मी र अन्य देखिजान्ने व्यक्तिहरुसँग पनि सत्यतथ्य जान्ने टोलिको योजना रहेको बताए।
https://www.youtube.com/watch?v=SwBj4Nq3JOw
मानव अधिकारको दृष्टिले सबै मानिसहरु समान हुन्। कोही ठूला र कोही साना छैनन् उनले भोजमा पोष्टर झुड्याएर र माइकिङ्ग गरेको जान्दाजान्दै भोज खाने जनप्रतिनिधी र प्रशासन प्रमुखहरुसँग समेत सोधपुछ गरिने बताए।
भगवानपुर भोजमा भएको भनिएको छुवाछुतलाई आयोगले गम्भीरतापूर्वक लिएको छ। आयोगले अत्यन्त कडाइका साथ दोषीहरु उपर कारवाही गर्न सरकारलाई निर्देशन पनि दिएको जानकारी दिए। मानव अधिकार हनन् गर्नेहरुको नाम तोक्ने, कसुरको मात्रा निक्र्यौल गर्ने, लज्जित गर्ने र दण्डनीय कदम चालिने अधिकृत खतिवडाको भनाइ छ।
उनले जनप्रतिनिधीकै घरमा यस्तोखालको हर्कत हुनुले नकारात्मक म्यासेज दिएको छ। यसलाई गम्भिरता पूर्वक आयोगले पनि हेरीरहेको छ। उनले भने, ‘सुनियोजित ढङ्गले यो कार्यगरेको रहेछभने, कानुनी कार्वाही भोग्न पनि तयार हुनुपर्छ।’