सिरहा, २० फागुन। नेपाल कराते महासंघको प्रथम मधेस प्रदेश भेला सिरहाको गोलबजारमा शनिवार सम्पन्न भएको छ। भेलाले करातेका बरिस्ठ प्रशिक्षक रामचन्द्र ठाकुरको अध्यक्षतामा १९ सदसिय सर्वसम्मत प्रदेश समिति गठन गरेको छ।
समितिको उपाध्यक्षमा अशोक पहाडी र जिवछ भगत, सचिवमा कसम लामा र कोषाध्यक्षमा पालछङ योन्जनलाई चयन भएको सचिव लामाले जानकारी दिए।
प्रदेश समितिको सदस्यहरुमा अनिल पाण्डे, दिलिप पटेल, बिष्णुलाल श्रेष्ठ, सानुमाया दोङ, बिजय यादव, दिपिका रसाइली, बाबुकाजी खड्का, पंकच रखाल, दिपेन्द्र यादव, राकेश साह, सुदिप कुँवर, श्रीराम साह कानु, बिकास साह र इन्द्र सागर गुप्ता सर्वसम्मत चयन भएको छ।
भेलालो राम चन्द्र ठाकुर, कसम लामा, अशोक पहाडी, दिनेश कुमार महतो, दिपिका रसाइलीलाई केन्द्रिय प्रतिनिधीको रुपमा सिफारिस गरेको छ। केन्द्रीय सदस्यमा दिलिप राजभण्डारी लाई सिफारिस गरेको सचिव लामाले जानकारी दिए।
दलित महिला केन्द्र नेपालका निर्देशक तेजेन्द्र लामाको प्रमुख आतिथ्य र नेपाल कराते महासंघका सह–अध्यक्ष दावा गुरुङको बिशेष उपस्थितिमा नेपाल कराते महासंघको प्रथम मधेस प्रदेश भेला सम्पन्न भएको हो।























