गोलबजार नगरपालिकाको आवधिक विकास योजना तयारी कार्यशाला सम्पन्न

    • फाल्गुन २०, २०७९
    • ५६२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २१ फगुन। गोलबजार नगरपालिकाले आगामी चार वर्षका लागि आवधिक विकास योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ। नगरपालिकाको आयोजना र भएको आवधिक कार्यशाला श्रेष्ट कन्सलटेन्सी, एकान्तकुना, ललितपुरको सहयोगमा कार्याशाला सम्पन्न भएको हो।

    नगर प्रमुख श्याम कुमार श्रेष्ठले संघीय सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनु अगावै योजना तर्जुमा सम्पन्न हुनेगरी काम अगाडी बढाउन कन्सलटेन्सीसँग अनुरोध गरे। उनले भने, ‘हामीले समयमै योजना बनाउन सके आउने आर्थिक वर्षमा संघिय सरकारमा पेश गर्न सक्ने अवस्था रहन्छ। त्यसैले योजना निर्माणमो कन्सलटेन्सीलाई सवै विषयगत समिति, वडाहरु, नागरिक समाज र वुद्धिजीवहरुसँग मेरो अनुरोध छ।

    योजना तर्जुमा गोष्टि भएपनि नगर प्रमुख श्रेष्ठले मन्तव्यको धेरै समय पत्रकारहरुले दुखदिएको गुनासा र आरोपहरुमै समय खर्चे।

    प्रशासकीय अधिकृत अनन्त कुमार पौडेलले गोलबजार नगरपालिकाले वेभसाइटमार्फत सवैखालका सुचनाहरु सहजै हेर्न सकिने बताए। उनले अव हामी हरेक योजनालाई लिखितरुपमा दस्तावेजी करण गरिरहेका छौं, हाम्रा योजना र कामहरु अव पुस्तक र वेभसाइडमा सहजै देख्न पाईने बताए।

    उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यहरु तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो। कार्यशालामा पत्रकार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुलाई पनि आमन्त्रण गरिएको थियो।

    कन्सलटेन्ट योजना विज्ञ मनिराम सिंह महतले आवधिक योजना वडा वडामा गएर सर्वसाधारण जनता तथा जनप्रतिनिधिहरुसँग परामर्श गरेर तर्जुमा गरिने बताए। उनले सहि योजना निर्माणको लागि यहाँका सवैखालका सरोकारवाला निकायसँग छलफल गरिने बताए।

    कार्यशालामा नेपाली कांग्रेसका राजदेव साह (लालबाबु), नेकपा एकीकृत समाजवादीका योगेन्द्र सिंह र जसपा नेपालका हिरा यादव लगायत अन्य व्यक्तित्वहरुले पनि सुझाव प्रस्तुत गरेका थिए।

    barger

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल