भाषा संरक्षणको लागि प्रतिष्ठानले ठोस रुपमा काम गरोस्ः अध्यक्ष यादव

    • फाल्गुन १७, २०७९
    • ३२९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुर, १७ फागुन। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेशमा बोलिने विभिन्न भाषाको इतिहास पुरानो भएकाले संरक्षणको लागि प्रतिष्ठानल ठोस रुपमा काम गर्नुपर्ने बताएको छ। मधेश प्रदेश सरकारले गठन गरेको ‘मधेश प्रज्ञा-प्रतिष्ठान’ शुभारम्भ कार्यक्रममा पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले मधेश प्रदेशका भाषा, साहित्य, कला र संंस्कृतिको संरक्षण, सम्वर्धन र विकासका लागि प्रतिष्ठानले ठोस रुपमा कामगर्नुपर्ने बताएको हो।

    यादवले मैथली भाषाको इतिहास पुरानो भए पनि समृद्ध हुन नसकेको बताउदै प्रतिष्ठानले मधेशमा बोलिने सबै भाषाको लागि काम गर्नुपर्ने बताए।

    कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेशको इतिहास र भूगोलको बारेमा अझै पनि धेरै मान्छेलाई जानकारी नरहेको भन्दै मधेशको इतिहास र भूगोलबारे अनुसन्धान गरी कृति प्रकाशनका लागि प्रतिष्ठानको पदाधिकारीलाई आग्रह गरे।

    उनले सात प्रदेश मध्ये मधेश प्रदेश पहिचानको आधारमा भएकोमा गर्व गर्नका लागी सबैमा आग्रह गरे। प्रतिष्ठानका अध्यक्ष रामभरोष कापरको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशका सामाजिक विकास मन्त्री सुरिता साह, अर्थमन्त्री सञ्जय यादवसहितकाले प्रतिष्ठानलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको प्रतिबद्धता जनाए।

    मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रमबीच जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार संयुक्त रुपमा प्रतिष्ठानको कार्यालय उद्घाटन गरी गरे।

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल