भासिएको कमला पुल दुई साताभित्रै पुनःनिर्माण सुरुहुन्छ :उपप्रधान मन्त्री श्रेष्ठ

    • फाल्गुन १५, २०७९
    • ४८६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १५ फागुन। तराईको लाइफलाइनको रुपमा लिइने हुलाकी सडकको कमला पुल भासिएपछि स्थानीय बासिन्दाले सास्ती भोगिरहेका बेला सोमबार उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले स्थलगत निरीक्षण गर्दै पुनःनिर्माणको काम छिटै थालिने बताएका छन्। पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत सिराहा धनुषा जोड्ने कमला पुल निर्माणाधीन अवस्थामै भासिएको एक वर्ष आठ महिना पछि आज निरीक्षण गर्दै दुईसाताभित्रै निर्माणकार्य सुरुहुने बताएका हुन्।

    GMK_0820 (1)
    सिरहा नगरपालिका ६ बसबिट्टा र धनुषाको कमला नगरपालिका अन्तर्गत पर्ने पुलको भासिएको खण्डको निरीक्षण गर्दै ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्सका प्रतिनिधिलाई तत्काल पुनःनिर्माणको काम थाल्न निर्देशन दिए। निरीक्षणपछि कमला पुलमुनि आयोजित संक्षिप्त समारोहलाई सम्बोधन गर्दै उनले तराईको लाइफलाइनको रुपमा रहेको कमला पुल पुनःनिर्माण नहुँदा जनताले ठूलो सास्ती भोग्नु परिरहेकाले भौतिक पूर्वाधार मन्त्रालयको सिंगो टिम निरीक्षणमा आएको बताए।
    ‘राष्ट्रिय गौरवका योजनाहरु गुणस्तरीय ढंगले समयमै सम्पन्न गर्न छलफलसहित योजना बन्दै छ’ उनले भने ‘तत्काल सम्पन्न हुन र गर्न सकिने योजना सम्पन्न गर्न सरकारले हस्तक्षेपकारी भूमिका खेल्ने छ।’ निर्माण व्यवसायीको कारणले जनताले दुःख भोग्नु परे, तोकियको समयमा योजना सम्पन्न नगरे र गुणस्तरीय काम काम नभए ठेक्का समेत तोडेर जनतालाई योजना सम्पन्न गरी सुविधा दिने काममा मन्त्रालय जुटिरहेको उनले बताए।

    ठूलो संघर्ष र बलिदानीबाट प्राप्त राजनीतिक परिवर्तनलाई रक्षा गर्दै त्यसलाई सामाजिक आर्थिक समृद्धिसँग जोेड्ने गरी विकास निर्माणका कामहरु गरिनु पर्नेमा सरकारको जोड रहेको उनले उपप्रधानमन्त्री श्रेष्ठले बताए। ‘विकास निर्माणका कामहरु जसरी गरिनु पर्ने हो, त्यसरी भरहेका छैनन्’ उनले भने ‘सरकारले सुशासन, भौतिक पूर्वाधार तथा प्रणालीगत र यातायात व्यवस्थामा सुधारका लागि सुझाव कार्यदल बनाएर काम थालेकाले त्यही अनुरुप काम हुनेछन्।’ त्यसक्रममा हुलाकी सडक संघर्ष समितिका संयोजक रामरिझन यादवले हुलाकी सडक अन्तर्गत पर्ने विभिन्न जिल्लाका खण्डको बाँकी काम तत्काल थाल्न माग गर्दै स्मरण पत्र बुझाए।

    त्यसअघि उपप्रधानमन्त्री श्रेष्ठले सिरहाको धनगीमाई नगरपालिका १२ स्थित सर्रे खोलामा स्थानीय बासिन्दाको माग बमोजिम पुल निर्माणको सम्भाव्यता, जमदह–लगडीगदियानी सडक बुडिजम्दहस्थित मैनावत्ती खोलाको पुल निर्माणको सम्भाव्यता, सिद्धिचरण राजमार्ग अन्तर्गत मिर्चैया कटारी खण्ड अन्तर्गत चुरे क्षेत्रको निर्माणाधीन सडकको निरीक्षण, सहित गोलबजारमा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुसँग छलफल गरेका थिए।

    सिरहा र धनुषालाई जोड्ने कमला नदीको पुल ३१ जेठ २०६८ मा भएको सम्झौता अनुसार ३० मंसिर २०७१ सम्म निर्माण सम्पन्न गर्ने समय सीमा पटक पटक थप भएको थियो। कुल २८ करोड १५ लाख रुपैयाँमा ठेक्का लिएको पप्पु लुम्बिनी जेभीले साढे तीन वर्षमा निर्माण सम्पन्न गर्नु पर्ने पुल समयमा निर्माण नभएपछि पुल निर्माणको बाँकी काम गरिरहेकै बेला १७ असार २०७८ मा कमला नदीमा आएको बाढीले पुलको सिराहातर्फको पहिलो पाया जमिनमा भासिएको थियो। त्यसको चार महिनापछि ३ कात्तिकमा धनुषातर्फबाट तेस्रो पाया समेत भासिएको थियो। कुल १२ वटा स्पान र १३ पिलर रहेको पुलको भासिएको खण्डको पुनःनिर्माण नहुँदा सिरहा, सप्तरी, धनुषाका बासिन्दाले सास्ती भोग्दै आएका छन्।

    एक वर्षभित्र पुनः निर्माणको काम सम्पन्न हुनेगरी काम तत्काल सुरुगर्ने निर्माणकम्पनी लुम्विनि विलडर्सका विष्णु शर्माले जानकरी दिए। उनले भने, ‘हामी दुईसाता भित्रै काम सुरु गर्दैछौं, एक वर्षमा निर्माया सम्पन्न हुन्छ।’

    barger

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    शिक्षक–प्रधानध्यापक ...

      बिशाल बस्नेत महोत्तरी, ५ बैसाख। बल्वा नगरप ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल