• आशिष विश्वकर्मा

सिरहा, १३ फागुन। सिरहामा स्थानीय जनप्रतिधी र प्रहरी प्रशासनकै मिलेमत्तोमा प्राकृतीक सम्पदाको अनियत्रित दोहन भईरहको छ। जिल्लाको नरहा गाउँ पालिका ३, गोलबजार नगरपालिका १, र ९, धनगढीमाई नगरपालिका ८ र १३ का विभिन्न स्थानबाट जथाभावी उत्खनन भईरहदा पनि एकले अर्कोलाई देखाउँदै पन्छिने गरेको छ।

नगरहा गाउँ पालिक र गोलबजार नगरपालिकामा आजको मितिसम्म कुनैपनि खानी दर्ता भएको छैन। खानी दर्ता नभएपनि जनप्रतिनधी र प्रहरी प्रशासनलाई प्रभावमा पारेर ग्र्याभेले उत्खनन हुने गरेको स्थानीयहरु बताउँछन्।

dhanagadhi 1

नरहा गाउँ पालिका ३ र गोलबजार नगरपालिका ९ बाट दिनदाहडै प्रहरीको अगाडीबाट ग्रयाभेल उत्खनन गरी लगिरहेको भएपनि देखेको नदेख्यै गरेकोले पनि यसको पुष्टि हुने गरेको स्थानीयहरुको भनाई रहेको छ। स्थानीयभने, ‘पछिल्लो तीन चारदिनदेखि नयाँ चोहर्वाचोकबाट धुलो उडाउँदै डिफरहरु ग्र्याभेल लिएर गुडिरहेका छन्, तर यहाँका जनप्रतिनिधी र प्रहरी देखेको नदेख्यौ गरिरहेको छ।’

नरहा गाउँ पालिका ३ का वडा अध्यक्ष मोहम्वद रुस्तम अन्सारीले आफ्नो वडामा ग्र्याभेल उत्खनन गर्ने कुनै खानी दर्ता नभएको बताए। उनले भने, ‘मेरो वडामा ग्रयाभेल उत्खनन गर्ने कुनै खानी दर्ता भएको छैन, रामबाबु यादवले पोखरी खनाउने वडासँग सिफरिस लिएको छ। यो बाहेक अरु त्यस्तो कुनै खानी दर्ता छैन।’

नरहा गाउँ पालिकाका अध्यक्ष रामप्रमोद यादवले आफ्नो पालिकामा कुनै खानी दर्ता नभएको बताए। दर्ता नभएपनि उत्दनन भईरहेको छनी भन्ने गमकपोष्ट अनलाईनसँगको प्रश्नमा उनले आफूले केहीगर्न नसक्ने भन्दै प्रहरीले रोक्नु पर्ने बताए। उनले थपे, ‘मैले हाम्रोमा कुनै खानी दर्ता नभएको जानकारी गराईसकेको छु, पक्राउ गरी कार्वाहीगर्न पनि अनुरोध गरेको छ।’

choharwa

प्रहरी प्रशासन भने उत्खनन अनुमति दिनेकाम स्थानीय पालिकाहरुको भएको बताउँछन्। पालिकाले अनुमति नदिई उत्खनन हुनै सक्दैन, भएको रहेछ भने समन्वय गरेर कार्वाहीको दायरामा ल्याउने बताउँछन्।

प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले भने, ‘उत्खननको अनुमति दिने स्थानीय पालिकाले हो, अनुगमन पनि जिल्ला समन्वय समितिले गर्छ। अवैधरुपले उत्खन्न भएको रहेछ भने हामी समन्वय गरेर कार्वाही गर्छौं।’

आफ्नो वडामा पनि कुनै प्रकारको ग्रभेल खानी दर्ता नरहेको गोलबजार नगरपालिकामा वडा ९ का वडाअध्यक्ष सुरेन्द्र सिंहले जनाए। अध्यक्ष सिंहले रामदयाल यादवले पोखरी खनाउन निवेदन दिएको बताए। उनले भने, ‘रामदयाल यादवले पोखरी खनाउन दिवेदन दिनुभएको थियो, वडाले निवेदनको आधारमा नगरपालिकालाई सिफारिस सहितको जानकारी पठाएको छ, उत्खनन गरेको विषयमा मलाई जानकारी छैन।’ इजाजत विनै खन्ने र ग्राभेल निकालेर अन्यत्र लगेको पाइए कानुन बमोजिक कार्वाही हुन्छ।

विभिन्न स्थानबाट मनप्रर्दि रुपमा खानी दर्ता विनाकै अवैध रुपमा स्काभेटर प्रयोग गरी दैनिक सयौँ टिफर प्रहरीकै आँखा अगाडीबाट विक्रिविरतणका लागी अन्यत्र लग्दापनि उनीहरु मौन भएर बस्नुले मिलेमतो रहेको देखिन्छ।
ढुङ्गा, गिट्टी, र बालुवा बिक्री वितरण तथा व्यवस्थापन सम्बन्धी ऐन २०७७ मा राजमार्ग, पुल, विद्यालय, बस्तीबाट यस्ता खानीहरु कम्तीमा पाँच सय मिटर दुरी हुनैपर्ने व्यवस्था छ। तर, कानूनको धज्जी उडाउँदै सिरहामा वस्ती र विद्यालय नजिकै ग्राभेल उत्खनन र ढुवानी गरिरहेका छन्।

श्री आधारभुत विद्यालय धनगढीमाई नपा ८ को प्राङ्गणबाटै दैनिक सयौंको संख्यामा टिफर गुडीरहेका छन्। टिफर गुड्दा उडेको धुलो, धुवा र आवाजले विद्यार्थीको पढाई प्रभावित हुने गरेको शिक्षकहरु बताउँछन्।
विद्यालयका एक शिक्षकले भने, ‘हामीले पढाई प्रभावित भयो भन्ने ठाउँनै छैन, ठेकेदार हामीभन्दा धेरै वलिया छन्, नगरलाई भनौं त्यहीबाट अनुमति ल्याएको छ। हामीले भन्ने ठाउँ नै छैन। यतिकै सहेर धुलो धुवाखानु पर्ने अवस्था छ।’

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले अनुगमनको क्रममा सवै मापदण्ड पुरा भएका खानीमात्र सञ्चालनमा आएको दावी गर्दै आएको छ। तर, धनगढीमाई नपामा दर्ता भएका भनिएका खानीहरुलेपनि कानुनीमापदण्ड पालना गरेको छैन।

धनगढीमाई नगरपालिकाले ओमगणेशाय कन्ट्रक्सन प्रालि डाक्नेश्वरी नगरपालिका ९ सप्तरीलाई वडा नम्वर १३ र ८ अन्तर्गत साविक विष्णुपुकट्टी गाविस २ क ५१, ४९१, ४७७ जम्मा २९ कट्ठा जग्गाबाट १५ लाख ७१ हजार ९०७ क्यूविक फूट उत्खनन गर्ने अनुमति दिएको छ।

दर्ता भएकाहरुपनि कानुनी मापदण्डअनुरुप सञ्चालन भएका छैनन्। सतहभन्दा १५ फिट गहिरो खन्न पाउने , खानीबाट दैनिक २५० घनमिटरमात्र उत्खनन तथा ढुवानी गर्न पाउने, बाटोबाट २ सय फिट परमात्र खन्न पाउने, माटोबाहेक १० फिट गहिरो उत्खनन गर्न सकिने, ढुवानीको लागि बैकल्पीक मार्ग प्रयोग गर्ने जस्ता शर्तहरु छन्।

तर यी सर्तहरु पालना नभएको स्थानीय बताउँछन्। विद्यालय, वस्ती नै प्रभावित हुनेगरी दैनिक सयौंको संख्यामा टिफर गुडिरहेका छन्। पालिकाले तोकेको भन्दा दोब्बर बढी खाल्डो खानेको छ। बस्ती, विद्यालय र बाटोसंगै टासिएर उत्खनन गरिएका छन्।

नदी, नदी उकास जग्गा र पर्ती जग्गा मात्र नभइ जिल्लाका चुरे क्षेत्रमा समेत अनियन्त्रित उत्खनन् हुँदै गएको छ। नदीजन्य वस्तु तथा चुरे दोहनले मानव अस्तित्वपनि सङ्कटमा पर्ने विज्ञहरु बताउछन्।

barger