काठमाडौं, १२ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन्।
‘संसदको ठूलो दल कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णयका क्रममा प्रधानमन्त्रीले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको घोषणा गर्नुभयो’ ज्वालाले बैठकपछि भने, ‘अब जनजीविकाका मुद्दामा पनि हामी एक भएर अघि बढ्नेछौँ।’
प्रधानमन्त्रीको यो घोषणासँगै गत पुस १० गते एमालेसहित बनेको सातदलीय गठबन्धन दुई महिनामै टुटेको छ।
राष्ट्रपतिका विषयमा साझा सहमति जुटाउन शुक्रबार ८ दल एकै ठाउँ भेला भएका हुन्।
छलफलमा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष सहितका नेताहरु सहभागी थिए।
बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा भने सहभागी भएनन्।
नेपालखवरबाट।