उद्योग ब्यापार संघ गोलबजारमा विजय साहको प्यानल निर्वाचित

    • फाल्गुन ११, २०७९
    • 608 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ११ फागुन। उद्योग ब्यापार संघ गोलबजारको आज सम्पन्न मत परिणाम अनुसार विजय साह प्यानलसहित निर्वाचित भएका छन्। सार्वजनिक मत परिणाम अनुसार निकटतम प्रतिस्पर्धी जीवछ साहको प्यानललाई उच्छिनदै विजय साहको प्यानल निर्वाचित भएका हुन्।

    अध्यक्ष पदमा निर्वाचित विजय साहल ९८१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जिवछ साहले ६३६ मत प्राप्त गरेका छन्। प्रथम उपाध्यक्ष राकेश कुमार साह ‘गुप्ता’ एक हजार ६३ मत सहित विजयी हुँदा प्रतिस्पर्धी अरविन्द कुमार सिंहले ५८८ मत प्रप्त गरेका छन्। द्वितिय उपाध्यक्ष त्रिदेव कुमार साह एक हजार ३१ मत सहित विजयी हुँदा प्रतिस्पर्धी विनोद कुमार साहले ६०८ मत प्रप्त गरेका छन्।

    त्यसैगरी, कोषाध्यक्षमा मोहम्मद एकलाख खाँ ९७० मत सहित निर्वाचितहुँदा प्रतिस्पर्धी उपेन्द्र गण्डाले ६५५ मत प्राप्त गरेका छन्। सचिवमा राजदेव यादव ९८० मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी राजकुमार महतोले ६६३ मत प्राप्त गरेका छन्।

    सहसचिवमा वीरेन्द्र सिंह एक हजार ९० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी सुनिल पूर्वेले ५४५ मत प्राप्त गरेको छन्।

    उद्योग व्यापार संघ गोलबजारको प्राङ्गणमा बुद्धबार सम्पन्न निर्वाचनमा ९१ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत प्रसान्त साहले जनाएको छ।

    जम्मा एक हजार ८७० मतदातामध्येय एक हजार ६९९ मत पोलिङ् भएको निर्वाचन अधिकृत साहले जानकारी दिए। बुधबार राति १० बजेबाट मतगणा सुरुगर्ने भनेपनि प्रतिनिधीहरुकै सहमतिमा आज विहान ८ बजेबाट मतगणणा सुरु भएको थियो।

    निर्वाचनमा तीन अध्यक्ष, दुई प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, दुई महाशचिव, दुईजना सहिव र दुईजना कोषाध्यक्ष सहित १३ जनाको उम्मेद्वारी परेको थियो।

    उद्योग ब्यापार संघका ९ जना सदस्यहरुभने निर्विरोध निर्वाचित भएका छन्।

    barger

    गोलबजारमा ईंटा उद्यो ...

    सिरहा, १० चैत। सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच ...

    आजबाट इस्लाम धर्मावल ...

    सिरहा, १० चैत। इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सु ...

    प्रतिस्पर्धी जनशक्ति ...

    काठमाडौं, ९ चैत। विज्ञहरूले उच्चशिक्षा सुधार र प्रतिस्प ...

    अलौको महायज्ञ पूजामा ...

    सूर्य वि.क. वीरगञ्ज, ९ चैत्र। गैर दलितहरुको अडान ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल