फाईल फोटो।
काठमाडौं, ९ फागुन। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई ‘पावर सेयरिङ’को रूपमा लिने संकेत गरेका छन्।
पावर सेयरिङमा भूमिका नगरेर अरूकै लागि सधै बलिदान हुने र अरूले फाइदा उठाउने कुरा मान्य नहुने अध्यक्ष नेपालले बताएका छन्।
साथै, उनले राष्ट्रपतिको लागि बृहत छलफलको आवश्यकता रहेको उल्लेख गरे।
‘प्रेसमा आएका सबै समाचारहरू साँचो हुन्छन् भन्ने छैन’, उनले भने, ‘अहिले नै बोल्ने कुराको हतार गर्नुहुन्न। हतार नगरिकन पर्दाभित्र नै रहन दिनुपर्छ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टीको ध्यान देशको हितको रक्षा गर्नुपर्ने कुरामा सबै गम्भीर हुनुपर्ने बताए।
‘संविधानलाई जोगाउने कुरामा हामी अत्यन्तै चनाखो हुनुपर्ने छ’, उनले भने, ‘देशलाई समाजवादको दिशातर्फ लग्ने सोचतिर हामीले ध्यान दिएका छौँ।’
चुनावअघि एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको नाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहमत भएको खुलाए।





















