वीरगञ्जमा खुल्यो बनारसी पान पसल, ३० रुपैयाँदेखि पाँच हजारसम्को पान पाइने

    • फाल्गुन ९, २०७९
    • ३५० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ९ फागुन। वीरगञ्जमा मस्त बनारसी पान पसल सञ्चालनमा आएको छ। वीरगञ्जको रानीघाटमा विगत साढे ४ दशकभन्दा लामो समयदेखि स्वर्गीय शम्भु प्रसाद रौनियारले सञ्चालन गर्दै आएको पान पसललाई नै छोरा जय र बिजयले परिस्कृत ढंगले सञ्चालन गरेका हुन्।

    गीता मन्दिर रोडमा घडिअर्वा पोखरीको अगाडी सञ्चालनमा आएको मस्त बनारसी पान पसलको सोमवार उद्घाटन गरिएको छ । जय र बिजय दाजुभाईले सञ्चालनमा ल्याएको पसलको उनकी आमा मुन्नी देवी रौनियारले रिबन काटेर उद्घाटन गरेकी हुन्।

    शतप्रतिशत धुम्रपानरहित पान पाइने उक्त पसल भारतमा प्रख्यात मस्त मनारसी पान पसलको फ्रान्चाइज हो। भारतको दिल्लीसहित भारतभरी २ सय भन्दा बढी र नेपालको काठमाण्डौमासमेत शाखा रहेको पान पसल वीरगञ्जमा पनि खुलेको हो।

    १० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको पान पसलमा विभिन्न किसिमका २ सय भन्दा बढी स्वादका पानहरु उपलब्ध हुने मस्त बनारसी पानका प्रबन्ध निर्देशक बिजय रौनियार बताउँछन्। उनका अनुसार न्युनतम ३० रुपैयाँदेखि अधिकतम ५ हजार १ सय रुपैयाँसम्मका पानहरु पसलमा पाइन्छन्। बिजय पेशाले सफ्टवेयर इन्जिनियर हुन्। भारतको राजधानी दिल्लीको नोइडास्थित कोर भ्यालु कम्पनीमा सफ्टवेयर इन्जिनियरको रुपमा कार्यरत बिजयले बुबाले नै सञ्चालन गर्दै आएको व्यवसायलाई परिवर्तीत र परिस्कृत ढंगले सञ्चालन गर्ने योजना बनाएका थिए।

    दाई जय रौनियारसँगको समन्वय र सहकार्यमा पूरानै पेशालाई नयाँ ढंगले सञ्चालन गर्न थालेको बिजयले बताए। विवाह, वर्तबन्ध लगायतका विभिन्न किसिमका कार्यहरुमा पनि पान उपलब्ध गराउन सकिने मस्त बनारसी पानका सञ्चालक जय रौनियारले जानकारी दिए।

    barger

    प्रशासनको मनपरी तन्त ...

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय ...

    अवैध लागु औषधसहित यु ...

    सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहि ...

    ‘प्यारालाइज्ड’ अख्ति ...

    तारा चापागाईं  नेपालको कर्मचा ...

    गणतन्त्र रक्षाको ला ...

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल