प्रहरी प्रशासनकै अगाडीबाट व्यापक तस्करी, सात महिनामा वर्षिक लक्ष्यकोे १८ प्रतिशत मात्र राजस्व असुली

    • फाल्गुन ७, २०७९
    • ६९६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    • मुकेशकुमार यादव

    सिरहा ७ फागुन। सिराहामा प्रहरी प्रशासनकै सेटिङ्गमा व्यापक चोरी, तस्करीहुँदा आर्थिक वर्षको ७ महिना वितिसक्दापनि भन्सार कार्यालयले लिएको लक्ष्यको एक चौथाईभन्दा कम राजस्व संकलन भएको छ। भन्सार कार्यालयसहित नियमनकारी निकायकै मिलेमतोमा तस्करी मौलाएपछि आर्थिक वर्षको सात महिना वितिसक्दापनि भन्सार कार्यालयले लिएको लक्ष्यमा मात्र १८ प्रतिशत राजस्व संकलन भएको हो।

    जिल्ला भन्सार कार्यालय माडर खैरटोकाले आर्थिक वर्ष २०७९/०८० मा १९ करोड ९५ लाख ४६ हजारमा राजस्व संकलन गर्ने लक्ष्य लिएको भएपनि ७ महिलनामा ३ करोड ५ लाख ८८ हजार रुपैयाँ १८ प्रतिशतमात्र असुली भएको सूचना अधिकारी नायब सुब्बा गोपाल महतोले जानकारी दिए।

    प्रहरी प्रशासनकै निरिहत्ताका कारण जिल्लाको माडर, औरही, बरियारपट्टी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटो प्रयोग गरी तस्करी बढेपछि भन्सार कार्यालय माडरको राजश्व असुली अवस्था निरन्तर खस्किदै गएको भन्सारका कर्मचारीहरु नै बताउँछन्।

    भन्सार कार्यालयले आफ्नो स्रोतसाधनले चोरबाटोप्रयोग भएका समान रोक्न नसक्ने बताउँदै अन्य निकायको पनि सहयोग जरुरी रहेको बताए।

    सिरहा भन्सार कार्यालय माडरले चालु आव २०७९/०८० को साउन महिनामा एक करोड ३३ लाख ५५ हजार लक्ष्य रहेकोमा लक्ष्यको २३ प्रतिशत ३० लाख ७४ हजारमात्र राजश्व रकम असुली गरेको देखिन्छ। त्यस्तै भदौ महिनामा एक करोड ६६ लाख ५ हजार लक्ष्य लिएकोमा लक्ष्यको २० प्रतिशत ३३ लाख, असोज महिनामा एक करोड ६७ लाख ८ हजार लक्ष्य रहेकोमा लक्ष्यको २७ प्रतिशत ४४ लाख ५३ हजार, कात्र्तिक महिनाको एक करोड ५९ लाख ४७ हजार लक्ष्यको ३० प्रतिशत ४७ लाख ८० हजार, मंसिर महिनाको एक करोड ६ लाख २२ हजार लक्ष्यको २५ प्रतिशत ४२ लाख ८ हजार र पुस महिनाको एक करोड ७७ लाख ७२ हजार लक्ष्यको ५७ प्रतिशत एक करोड २ लाख ११ हजार मात्र राजश्व असुली भएको र माघ महिनामा १ करोड ७० लाख ३८ हजार लक्ष्य लिएको भन्सार कार्यालयले लक्ष्यको ३८ प्रतिशत रकम मात्र असुली गरेका छन्।

    चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको तथ्याङ्कले नै सिरहा जिल्लामा तस्करी भइरहेको पुष्टि गर्छ।

    प्रहरी प्रशासनकै अगाडीबाट रातभरी निर्धक रुपमा तस्करले गोदामसम्म सामान पुर्याउँदा पनि देखेको नदेखेझैं गर्नुले सवैको सेटिङ्ग रहेको प्रस्टै देखिने स्थानीय बताउँछन्।

    तस्करहरुले चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्यास चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुटखा) राजश्व छली नेपाल भि¥याउने र नेपालबाट मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामाग्रीहरु भारतीय बजार पु¥याउने गरेको नाम नखाल्ने शर्तमा एक स्थानीयले सुनाए। उनले थपे , ‘यस क्षेत्रबाट रातभरी प्रहरी प्रशासनकै सेटिङमा भारतीय बजारबाट मालसमान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकल सिरहा सदरमुकाम लगायतका राजमार्ग आसपासका बजारहरुमा पुर्याउने गरिएको छ।

    जिल्लामा तस्करी मौलाएको विषयमा शसस्त्र प्रहरी वल नेपाल नम्वर ७ गण हेक्वा सिरहाका प्रमुख प्रमोद भारतीसंग जिज्ञासा राख्दा उनले आफु आएलगतै मातहतका सम्पुर्ण निकायमा कडाकासाथ खटिन र तस्करी नियान्त्रण गर्न निर्देशन गरिसकेको जनाए। उनले भने, ‘म आएको पनि २० दिन मात्र भएको छ, आए लगतै चोरी तस्करी नियन्त्रणमा खटिरहेका छौं।’ उनले थपे, ‘चोरी तस्करीमा हाम्रो युनिटको कुनै किसिमको संग्लनता भए काडा कार्यवाही गर्छु।’

    यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी टेकु नन्द लिम्वुसंग समपर्क गर्दा उनी बैठकमा रहेकाले कुराकानी हुन सकेन।

    barger

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल