काठमाडौँ : आज जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजे सुरु हुनेछ। विधान अधिवेशनको तयारी, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिकलगायतका एजेण्डामा बैठक केन्द्रित हुने पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए। जसपाले उपराष्ट्रपतिमा आफ्नो दाबी गरिरहेको छ। सत्ता गठबन्धनमा रहेको जसपाले प्रधानमन्त्री नियुक्तमा समर्थन र विश्वासको मत पनि दिएको थियो। तर सरकारमा भने जसपा सामेल भएको छैन।