बर्दिवास, २ फागुन। महोत्तरी प्रहरीले १७ लाख भारतीय नोटसहित एक जना पक्राउ परेका छन्। दशगजाक्षेत्रको मटिहानी नगरपालिका ८ का २९ वर्षीय महेश यादवलाई सो रकमसहित नियन्त्रणमा लिइएको वीरगन्जको मंगलबार विहान पक्राउ गरेको हो।

यादवले चलाउँदै आएको ज ६ प ६६६४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ट्याङ्कीभित्र लुकाइ छिपाइ ल्याइरहेको अवैध रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डीएसपी सन्तोष पोखरेलले जानकारी दिए।
(प्रहरीका अनुसार यादवको साथबाट भारतीय नोट ५०० सयको ३४ सय थान (३४ बन्डल) १७ लाख भारतीय नोट (नेपाली रुपैयाँ २७ लाख २० हजार) बरामद भएको प्रहरी प्रवक्ता एवं डीएसपी सन्तोष पोखरेलले बताए।

पक्राउ परेका यादवलाई विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइने डिएसपी पोखरेलले जानकारी दिए।

barger