गुणस्तरीय सेवाले मिर्चैया अस्पतालमा सेवाग्राहीको चाप बढ्यो

    • फागुन १, २०७९
    • ८७२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    • आशिष विश्वकर्मा

    सिरहा, १ फागुन। मिर्चैया अस्पतालले निःशुल्क र गुणस्तरीय सुत्केरीसेवा दिनथालेपछि सुत्केरी गराउनेको चाप बढ्न थालेको छ। सामान्य देखि अप्रेशन गरेरै सुत्केरी गराउनेहरुलाई लाग्ने सम्पूर्ण औषधी र उपचार खर्च निःशुल्क भएपछि सेवाग्राहीको चाप बढेको हो।

    MIRCHAIYA 001

    नगरपालिकाले आफ्नै स्रोत साधनबाट गुणस्तरीय, निःशुल्क र चौविसैघण्टा सुत्केरी सेवा प्रवाह गरेकाले सुत्केरी लगायतका अन्य विरामी उपचार गराउन आउने संख्या बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा.सारीका गोइतले जानकारी दिईन्।

    अस्पतालले दिने सुविधा र विश्वासनियताकै कारण दिनानुदिन प्रसुति सहितका उपचारमा आउने सेवाग्राहीको संख्या बढेको उनले बताईन्। अझैपनि अप्रेशन गर्नुपर्ने अवस्था आउँदा त्यस्तो वेला खर्चका कारण डराउने गरेको मेसु डा. गोइतले बताईन्।

    उनले भने, ‘त्यस्तो अवस्थामा हामी पहिला नै सुत्केरी वसेको वडेमा अप्रेशन गर्दा आवश्यक पर्ने औषधीको कार्टुन नै राखिदिन्छौं र यसको पैसा तिर्न पर्दैन भनिदिन्छौ, यसले पनि सवैखालका सुत्केरी गराउन आउनेको संख्या बढेको हुनुपर्छ।’

    अस्पतालले सरकारद्वारा प्रदान गरिँदै आएको सुत्केरी महिलालाई दिने भत्ता प्रसूति गृहमा सुत्केरी भएर घर फर्कने बेला हातैमा दिनेगरेको मेसु गोईतले जानकारी दिइन्। उनले थपीन, ‘अस्पतालमा सुत्केरी गराउँदा पाउने यातायात खर्च बापतको एक हजार र चार पटकभन्दा बढी गर्भजाँच गराएकोभए थप आठसय घर सुत्केरी गराएर घर फर्किदा हातैमा हालिदिन्छौं।’

    चालु आर्थिक वर्षको ७ महिलनामा एक हजार एक सय ५० जना सुत्केरी भएको छ। सुत्केरी भएकामध्येये एक सय २५ जनाको अप्रशनबाट सुत्केरी गराएको अस्पताल प्रशासनले जनाएको छ।

    प्रशुति सेवा, बालरोग विशेषज्ञ सेवा, सामान्य मेडिसिन सेवा, एक्सरे, ल्यावसेवा सहित अस्पतालको लागि आवश्यक सवै पूर्वाधार भएकाले सुरक्षित सुत्केरी गराउन अस्पताल सक्षम रहेको अस्पताल प्रशासनले जनाएको छ।
    प्राथमिक स्वास्थ्य केन्द्रको जनशक्ति र नगरपालिकाले थप गरेका जनशक्तिबाट अहिले १५ शैयाको अस्पताल सञ्चालन भईरहेको स्वास्थ्य शाखा प्रमुख विजय कुमार महतोले बताए।

    उनले अस्पताल विकास समितिको अध्यक्षमा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव आफै अध्यक्ष रहेकाले पनि काम गर्न धेरै सजिलो भएको स्वास्थ्य शाखा प्रमुख महतोको भनाई छ।

    अस्पतालका सवै निर्णय प्रकृयामा मेयर आफै भएकाले कार्यान्वयनमा पनि सजिलो हुने गरेको उनको भनाई रहेको छ।

    अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले सामान्य जनतालाले सहज ढङ्गले उपचार पाउन भन्ने उदेश्य सहित अस्पतालको सेवा विकास गर्न लागेको बताए। उनले भने, ‘नेपालको संविधानले नै निशुल्क आधारभुत स्वास्थ्य सेवा पाउनु नैसर्गिक अधिकारको रुपमा व्याख्या छ। त्यसलाई कार्यान्वय गराउने जिम्मा स्थानीय सरकारको पनि हो। यो संविधानको कार्यान्वयन गर्ने अभ्यास पनि हो।’

    मेयर यादवले अस्पताललाई पूर्णरुपमा सवै सेवा पाउने गरी विकास गर्न लागिरहेको बताए। उनले स्वास्थ्य सेवामा चालु आर्थिक वर्षकोलागि ५० लाख रकम छुट्याएको बताउँदै यसको ६० प्रतिशत भन्दा धेरै रकम यहि अस्पतालको विकासमा खर्च हुने पनि सुनाए।

    सुत्केरी, बालरोग लगायतका अन्य समस्या लिएर निजि अस्पताल जान बाध्यता भएका यसक्षेत्रका सेवाग्राहीले गुणस्तरीय सेवा सुविधा पाएपछि सुत्केरी सहितका अन्य विरामीहरुले उपचार गराउन जानेको संख्या ह्वात्तै बढेको छ।

    MIRCHAIYA 01 barger

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल