१८ प्रतिशत व्याज तिरेर व्यवसाय गर्न सकिन्न : उपाध्यक्ष श्रेष्ठ

    • फागुन १, २०७९
    • ४२६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १ फागुन। नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय उपाध्यक्ष दिनेश श्रेष्ठले १६–१८ प्रतिशत बैंककको व्याज बुझाएर कुनैपनि व्यवसाय गर्न नसकिने बताएको छ। उद्योग वाणिज्य संघ गोलबजारको छैठौं वर्षिक साधारसभा तथा अधिवेशनको उद्घाटन गर्दै उपाध्यक्ष श्रेष्ले बैंकहरुले महगो व्याजदर व्यसायीहरुले धान्न नसक्ने बताएको हो।

    सरकार र संसदले बैंकहरुले १० प्रतिशतभन्दाबढी व्याज लिन नपाउने कानुन बनाउनु पर्ने माँग गरे। उनले भने, ‘संसदहरु किन १० प्रतिशतभन्दा कम व्याज लिने कानुन बनाउन सकिरहेको छैन, अझ व्यसायीहरुलाई २ प्रतिशत कम व्याजमा ऋण प्रवाह गर्ने कानुन वनाउन पहल नगरेको देख्दा अचम्म लाग्छ, मलाई उदेक लाग्छ।’
    हामी केही काम गरेर खान्छु, देशको समृद्धिमा हात्तेमालो गछु भन्दा बैंकले घाँटी न्याकीरहेको बेला राज्य टुलुटुलु हेरेर बसेको देख्दा व्यसायीहरु ‘मुटुमाथि ढुङ्गा राखि हाँस्नु परेको’ अवस्थामा छ।

    संकटमा रहेको आर्थिक अवस्थालाई सहि ट्रयाकमा ल्याउन अर्थ मन्त्रालयले अर्थ विज्ञहरुसँग छलफल गरि निकास निकाल्नु पर्ने उपाध्यक्ष श्रेष्ठले जाड दिए। उनले भने, ‘देश अहिले आर्थिक संकटको अवस्थामा छ, समयमै आर्थिक्षेत्र सुधारको लागि आर्थिक विज्ञहरुसँग सरकारले सल्लाह गरेर नीति बनाउनु पर्छ।’

    संविधानसभा सदस्य जगत प्रसाद यादवले देश विकासको लागि उद्योग कल कारखाना खुल्नु पर्ने बताए। उनले अहिले हामी अरुदेशका उत्पादन वेचिरहेकाले आफ्नै उत्पादन नभएसम्म गरिवि अन्त्य नहुने भन्दै आत्मनिर्भर बन्नको लागि उद्योग कल कारखाना खोल्नु पर्नेमा जोड दिए।

    सोही क्रममा गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले गोलबजारको समग्र विकासमा व्यसायहीहरुसँग हात्तेमालोगर्न आफू तयार रहेको बताए। उनले उद्योग व्यापारसंघको विकासको लागि कार्यपालिकाको पहिलो बैठकबाटै १० लाख रुपैयाँ छुट्याएको बताए।

    उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य धानो महरा, प्रदेश सभासदस्य मनोज कुमार सिंह, साहिदा खातुन, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, गोलबजार नगरपालिकाका पूर्व मेयर देवनाथ साह लगायत उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो।

    उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष भरत अग्रवालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य संघका महासचिव राकेश गुप्ताले गरेका थिए।

    byapar sangh

     

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल