सगरमाथा चौधरी आँखा अस्पतालको ४० वर्ष ः एक करोड १४ लाख विरामीको उपचार, करिव सात लाखको सल्याकृया

    • माघ २९, २०७९
    • ३१४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २९ माघ। सिराहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले स्थापनाको ४० औँ वर्षको अवधिमा एक करोड १४ लाखभन्दा बढी बिरामीले उपचार गरेका छन्। जसमध्येय ६ लाख ७५ हजार विरामीको आँखा सल्यकृया गरेको छ।

    अस्पतालको ४० औँ वार्षिकोत्सव तथा नवनिर्मित ओपिडी भवनको उद्घाटन समारोहमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सञ्जय सिंहले अस्पतालले स्थापनादेखि हालसम्म एक करोड १४ लाख आठ सय आँखाको बिरामीको उपचार र ६ लाख ६७ हजार जनाको आँखाको शल्यक्रिय गरिएको जानकारी दिएको हो।

    डाक्टर सिंहले सन् २०२२ मात्र पाँच लाख ५७ हजार ६ सय ६२ जनाको आँखाको उपचार र ६० हजार आठ सय आठजनाको शल्यक्रिया गरिएको जनाए। उनले भने, ‘कोरोना महामारीमाट बैरिरहेको अवस्थामा २०२२ मा अस्पलले ४० वर्षको अवधिमा सवैभन्दा बढी उपचार भएको हो।’

    नेपाल नेत्रज्योति संघको सहयोगमा सञ्चालित लहान आँखा तथा कान उपचार प्रणाली अन्तर्गत अस्पतलले आधारभूत दृष्टि जाँचदेखि विश्वको अति विकसित अस्पतालमा मात्र उपलब्ध जटिल शल्यक्रियासमेत गर्दै आएको डा. सिंहले बताए।

    डा. सिंहका अनुसार अस्पतालले मोतियाविन्दु, जलविन्दु, पर्दा (रेटिना) सम्बन्धी रोग, कोर्निया (नानी) प्रत्यारोपण, अकुलोप्लास्टिक (आँखाको ढिक्कासम्बन्धी रोग), अकुलोप्रोस्थेसिस (कृत्रिम आँखा राख्ने), बालबालिकाको मोतियाविन्दु र आँखाको डेढोपन (स्विकन्ट)सम्बन्धी शल्यक्रिया, बच्चाको आँखासम्बन्धी सघन शल्यक्रिया गर्दै आएको छ।

    यो अस्पताल शल्यक्रियाको आधारमा एसियाको तेस्रो ठूलो अस्पताल हो। यसलाई विश्वमै स्थापित गर्ने उद्देश्यसहित कामगर्नु पर्ने बक्ताहरुले बताए।

    ४० औँ वार्षिकोत्सवको अवसरमा अस्पतालले आफ्नै स्रोत परिचालन गरी ४८ करोडको लागतमा निर्माण गरेको चारतले अत्याधुनिक सुविधासम्पन्न भवनको ‘आँखा बा’ नामले चिनिने नेत्रविशेषज्ञ प्राध्यापक डाक्टर रामप्रसाद पोखरेलले विधिवत् उद्घाटनटन गरे।

    भवनमा सशुल्क फास्टट्रयाकसहित आँखासम्बन्धी विभिन्न रोगको उपचारका लागि आएकामध्ये खर्च गर्न सक्ने बिरामी बस्नका लागि २८ वटा डिलक्स कोठाको सुविधा रहेको अस्पतालका प्रबन्धक अभिषेक रोशनले बताए।
    चार तल्ले भवनको सवैफ्लोरहरु अत्याधुनिक तथा वातावरणमैत्रि प्रविधिबाट निर्माण भएको प्रवन्धक रोशनले बताए।

    अस्पताल परिसरमा सञ्चालन गरिएको कान उपचार केन्द्रमा एक लाख नौ हजार तीन सय ७१ जनाको कान जाँच र दुई हजार चार सय १५ जना बिरामी कानको शल्यक्रियामार्फत सुन्न सक्ने भएर घर फर्किएको डा. सिंहले बताए।
    ‘कानसम्बन्धी बिरामीको उपचारका लागि छुट्टै युनिट, चिकित्सक, स्वास्थ्यकर्मीले काम गरिरहेका छन्,’ उनले भने, ‘न्यून शुल्कमा गुणस्तरीय सेवा उपलब्ध भएकाले आँखाको उपचार लागि आउने बिरामीसँगै कानका बिरामीको संख्या पनि बढ्ने गरेको छ।’

    त्यसबाहेक आँखा अस्पतालले सप्तरीको राजविराजस्थित आँखा उपचार केन्द्रलाई स्तरोन्नति गरी सर्जिकल केन्द्र बनाएको छ जहाँ मोतियाविन्दुका बिरामीको पनि शल्यक्रिया हुन्छ। ‘स्थानीयस्तरमै सर्जिकल सेवा उपलब्ध भएपछि शल्यक्रियाका लागि लहान आवतजावत गर्दा लाग्ने यातायातसहित अन्य खर्च र समय पनि बचत भएको छ,’ उनले भने।

    सन् १९८१ मा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको कोठा लिएर १२ बेडबाट सुरु गरिएको आँखा अस्पतालका लागि स्थानीय दानवीरहरू छविलाल चौधरी, सरोवर चौधरी र रन्द्रीलाल चौधरीले १२ बिघाभन्दा बढी जग्गा दान गरेपछि नेपाल नेत्रज्योति संघको पहलमा क्रिस्टोफर ब्लाइन्ड मिसन (सिबिएम) जर्मनीको सहयोगमा ५० बेड क्षमताको भवन निर्माण गरी सञ्चालन गरिएको थियो। अहिले ४ सय वेडसहित अस्पताल चलिरहेको छ। पछिल्लो समयमा मोतियाविन्दुको उपचारको क्षेत्रमा फिसहुक, फेकोजस्ता नवीन प्रविधि आविष्कार गरी आँखाको उपचार गर्दै आएको छ।

    वार्षिकोत्सवको अवसरमा आँखा बा डा. पोखरेल, पछिल्लो अस्पतालमा ३८ वर्षदेखि सेवा गर्दै आएका देवनारायण चौधरी, श्रीमती रेखाकुमारी कर्ण, सुगालाल चौधरीसहित १३ जना कर्मचारीलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

    त्यस्तै, पछिल्लो २५ वर्षदेखि अस्पताल व्यवस्थापन समितिको सदस्यको रूपमा काम गर्दै आएका विश्वनाथ महतो, प्याकेज टुरअन्तर्गत भारतीय बिरामीलाई ल्याउन सहयोग गर्ने पवनकुमार गुप्ता, पप्पु शर्मा, ओमप्रकाश साह, समुदायस्तरमा आँखा शिविर सञ्चालन गरी अधिक बिरामीको पहिचान र उपचार गर्न भूमिका खेलेका ग्रामीण जनजागरण उत्थान केन्द्र, इन्द्रेणी पोलिटेक्निक, जीवन विकास लघुवित्त वित्तीय संस्था सप्तरीलाई पनि सम्मान गरिएको थियो।

    कार्यक्रममा प्रदेश सभा सदस्यद्वय राजेन्द्रप्रसाद चौधरी, ललितादास विद्रोही, नेपाल नेत्रज्योति संघका पूर्वअध्यक्ष डा. तीर्थप्रसाद मिश्र, श्याम पोखरेल, महासचिव भरतबहादुर चन्द, लहान नगरका मेयर महेशप्रसाद चौधरी, लुम्बिनी आँखा अस्पतालका डा. ज्ञानेन्द्र लामिछाने, भरतपुर आँखा अस्पतालका प्रा.डा. सोनु दुलाल, गेटा आँखा अस्पतालका प्रा. डा. सुरेश पन्तलगायतले अस्पतालको प्रगतिको कामना गरे।

    बक्ताहरुले यो अस्पताल लहानको परिचयमात्र नभएर विश्वभर परिचय वनाउन सक्ने संस्थाको विकास गर्न सकिने बताए। उनीहरुले यो अस्पताललाई तत्काल विश्वविद्यालयको रुपमा स्थापना गर्न सकिने पनि वक्ताहरुको भनाई रहेको थियो।

    barger

    बागलुङ बस दुर्घटनामा ...

    काठमाडौं, ५ चैत। बागलुङको निसीखोलामा सोमबार साँझ भएको ब ...

    महिला कर्मचारीलाई दु ...

      काठमाडौं, ५ चैत। नेपाल राष्ट्र बैंक टक्सार ...

    सुनकाण्डमा मुछिएका म ...

    काठमाडौं, ५ चैत। वादी केन्द्रका उपाध्यक्ष कृष्णबह ...

    राष्ट्रिय गौरव योजना ...

    गमकपोष्ट सम्वादाता/सिरहा, ४ चैत। सिरहामा राष्ट्रिय गौरव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल