पोखरा दुर्घटनाले हवाई यात्रा गर्नेमा कमी, भाडा घट्दा पनि बढेनन् यात्रु

    • माघ १७, २०७९
    • ३६२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सूर्य वि.क.

    वीरगञ्ज, १७ माघ। पोखरामा भएको विमान दुर्घटना पछी हवाई यात्रा गर्नेहरुको संख्यामा कमी आएको छ। विशेष गरी यति एअरलाइन्सको विमानमा भने यात्रुहरु चढ्नै छोडेका छन्।

    सबैभन्दा छोटो दुरीको हवाई यात्रा बाराको सिमरादेखि काठमाडांैसम्मको हो। यसअघि ४ हजार २ सय रहेको यस दुरीको भाडा यति एअरलाइन्सले अहिले ३ हजार २ सय रुपैयाँमा झार्दा पनि यात्रुहरुले बुद्ध एअरको ३५ सय भाडा तिरेर यात्रा गरीरहेका छन्।

    विगतको दिनमा दैनिक कम्तिमा १५ सयदेखि २ हजार जनासम्म यात्रुहरुले यात्रा गर्ने यस रुटमा अहिले मुस्किलले २ देखि ३ सय जनाले यात्रा गरीरहेका छन्।

    यात्रुको संख्यामा कमी आएसँगै उडान संख्या पनि कटौती गरिएको छ। सिमरा विमानस्थलका प्रमुख सूर्यबहादुर खत्रीका अनुसार विमानले कम यात्रु पाउनुका साथै उडान कटौती गर्दा पनि विमान आधा मात्रै यात्रुहरु हुने गरेको बताए।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ पनि विगतमा यात्रुहरुको भिडभाडले हिँड्ने ठाउँ नहुने अवस्था थियो। तर अहिले यात्रुको चाप पनि घट्दै गएको पाइएको छ।

     

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल