ठुलो परिमाणमा ब्राउन सुगर सहित नौ जना पक्राउ

    • माघ १६, २०७९
    • ३९० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १६ माघ। सिरहा प्रहरीले प्रतिवन्धित लागुऔषध व्राउनसुगर सहित ९ जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय झांझपट्टीबाट खटिएको प्रहरीले नबराजपुर गापाबाट २८ ग्राम लागु पदार्थ व्राउनसुगर सहित ९ जनालाई पक्राउ गरेको हो।

    प्रहरीले नवरजापुर २ मझौराटोलबाट भोगेन्द्र प्रसाद यादबको छोरा बर्ष २३ को ओम प्रकाश यादवले आफनै घर कोठामा वेचविखन गरिरहेको अवस्थामा उनीहरुको साथबाट २८ ग्राम  लागु र लागु औषध  तौल गर्ने डिजिटल मेसिन  थान–१ , ८ थान मोबाईल , ४ थान मोटरसाईकल र नगद रु. ४ हजार ८ सय रुपैया सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेमा नबराजपुर गा.पा. २ मझौरा टोल बस्ने  बर्ष २३ को  ओम प्रकाश यादव, बर्ष २२ को अमित कुमार यादव, बर्ष २५ को देबराम कुमार यादव,लाहान नपा.१२ बस्ने बर्ष ५१ को मदन कुमार चौधरी,  बर्ष २३ को नरसिंह चौधरी, इरफान हुसेन, लाहान न.पा. १ बस्ने  बर्ष १९को  कृष्णा पासमान,जिल्ला सप्तरी शम्भूनाथ न.पा.१२ अर्नाह बस्ने बर्ष २३को रमेश पासमान र सोही ठाउका बर्ष २२ को सुरेश कुमार पासमानको साथबाट २८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रमुख इन्सपेक्टर केशव कुमार कटुवालले जनाएको छ ।

    पक्राउ परेकाहरुलाई लागु ओषध मुदामा ७ दिनको लागी म्याद थप गराई अनुसन्धान कार्य भैइरहेको जिल्ला प्रहरी कार्यालयको प्रवतmा शुभाष बुढाथोकीले जनाएको छ । 

    सिरहामा १० मिनेट नवि ...

    न्युज कारखाना/सिरहा, १६ चैत । सिरहामा परिक्षा संचालन भए ...

    भूमि बैङ्कको प्रस्त ...

      काठमाडौं, १५ चैत।  ६ किसान संगठनहरूले ...

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल