सिरहाबाट गोरखा हाजिर हुन हिँडेका सीडीओ कवाडी किन रोकिए काठमाडौंमै ?

    • माघ १२, २०७९
    • 387 पटक पढिएको
    • गमक पाेस्ट
    alt

     
    काठमाडौं, १२ माघ। गृह मन्त्रालयले ६ माघमा ४२ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गर्‍यो । सरुवा सूची अनुसार जिल्ला प्रशासन कार्यालय, सिराहाका प्रमुख लालबहादुर कवारी यतिबेला जिल्ला प्रशासन कार्यालय, गोरखामा हाजिर हुनु पर्ने थियो ।

    गृह प्रशासनका पुराना कर्मचारी कबारी गोरखा जानलाई काठमाडौं आइसकेका थिए । तर, बुधबार एकाएक उनलाई गृह मन्त्रालय हाजिर हुन भनियो । त्यसपछि उनले थाहा पाए, उनको गोरखा सरुवा रद्द भइसकेको रहेछ ।

    ‘गोरखा जान तयार भएको थिएँ, मन्त्रालय हाजिर भएको छु’, कवारीले अनलाइनखबरसँग भने, ‘मलाई पनि अचम्म लागेको छ, के भएको थाहा छैन ।’

    उनी मुस्लिम समुदायबाट एक्ला प्रमुख जिल्ला अधिकारी पनि हुन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले चाहिँ ठ्याक्कै यही विषयका कारण सरुवा रोकिएको भन्ने थाहा नभएको बताए । उनले भने, ‘कहिले काहीँ व्यवस्थापन गर्दै जाँदा त्यस्तै हुन्छ ।’

    गोरखा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको जिल्ला पनि हो । त्यसैले पनि गोरखामा उनको स्वभाविक रुची हुने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

    ‘कवारी प्रतिकुल परेकैले अन्तिममा रद्द भएको हो’, एक अधिकारीले भने, ‘गृहमन्त्रीज्यूले धेरै सह–सचिवहरु चिन्नु हुँदैन, कर्मचारी प्रशासनबाट सरुवा भयो । तर, पछि बालुवाटारले थाहा पाएपछि समस्या देखियो ।’

    गोरखामा यसअघिका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी दुवैको सरुवा भइसकेको छ । त्यसैले अहिले जिल्ला कारागार प्रमुख गणेश भट्टराईले निमित्त सीडीओको जिम्मेवारी सम्हालिरहेका छन् ।

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार संसदमा आफ्ना जिल्लामा ‘आफ्ना मान्छे पठाउन सिफारिस नगर्न’ भनेका थिए ।

    अनलाईनखवरबाट।

    गोलबजारमा ईंटा उद्यो ...

    सिरहा, १० चैत। सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच ...

    आजबाट इस्लाम धर्मावल ...

    सिरहा, १० चैत। इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सु ...

    प्रतिस्पर्धी जनशक्ति ...

    काठमाडौं, ९ चैत। विज्ञहरूले उच्चशिक्षा सुधार र प्रतिस्प ...

    अलौको महायज्ञ पूजामा ...

    सूर्य वि.क. वीरगञ्ज, ९ चैत्र। गैर दलितहरुको अडान ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल