सिरहाको चोरपानेबाट दुई ट्याक्टरबढी खयर जातको काठ बरामद

    • माघ १२, २०७९
    • ९६९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १२ माघ। डिभिजन वन कार्यालय लहान सिरहाले गोलबजार नपा ३ चोरपानेबाट दुई ट्याक्टरभन्दाबढी खयर जातको काठ बरामद गरेको छ। स्थानीय ईन्द्रेणी सेवा समाजद्वारा संरक्षित ऐलानी पर्ति जमिनमा रहेको खयरको रुख कटान गरी लुकाएर राखेको अवस्थामा वन कार्यालयले बरामद गरेको हो।

    वनक्षेत्रमा हालसालै ६ वटाभन्दा बडी खयरको रुखको जरा र काठहरु देखेपछि स्थानीयले वडा अध्यक्ष धनप्रसाद लामालाई खवर गरेका थिए। वडा अध्यक्ष सहितका स्थानीयले वनक्षेत्रमै गएर खोजतलास गर्दारुखहरु कटान गरि काठ लुकाई राखेको देखेपछि वन कार्यालयलाई खवर गरेका थिए।

    खवर पाउन साथ पुगेको वन कार्यालयको टोलिले आजै दुई ट्याक्टर काठ बरामद गरेको डिभिजन वन कार्यालय लहान सिरहाका प्रमुख निमित्त डिभिजनल वन अधिकृत शैलेन्द्र कुमार मिश्रले जानकारी दिए। उनले भने, ‘बरामद काठ ल्याउने काम भईरहेको छ, फडानी गर्नेको परिचय खुलिसकेकोले थप अनुसन्धान भईरहेको छ।’ उनले थपे अनुसन्धानकै क्रममा रहेकाले तत्काल सवैकुरा भन्न नसक्ने बतए वन कार्यालय प्रमुख मिश्रले बताए।

    स्थानीय र वडा अध्यक्षले लामाले स्थानीय रुपमा दुखि नामले परिचित ज्ञान कुमार साह सुडीले वन फडानी गरेको आरोप लगाएको छ। यस अघिपनि उनले खयरका रुखहरु काटेको विषयमा स्थनीय स्तरमा सचेत गराएको अध्यक्ष लामाले बताए। अध्यक्ष लामाले साहलाई पटक–पटक सचेत गराउनुको साथै एक पटक वन कार्यालयले पकडाउन समेतर लगेको बताए।

    अध्यक्ष लामाले भने, ‘वडाले र स्थानीय सचेत गरायौं, वनले पकडेर लगेपनि उनले टेरेन, अहिले झन अटेर गर्दै धेरैमात्रामा बन फडानी गर्नुको साथै वनक्षेत्रमै घरटहरा बनाउन थालेर्छ।’

    करिब १० हेक्टरमा आँपको बगैचा र खयरको वनमध्येय साहले २ हेक्टरभन्दा बढी वन फडानी गरेको स्थानीयको आरोप छ। वनक्षेत्रबाटै रुखकाट्दै साहले टहराहरु वनाउन सुरु गरेको छ। उनले रुखकाट्ने वित्तिकै जरामा सुखेका बनमाराहरु राखेर ढडाउने गरेको समेत स्थानीयले बताए।

    वन फडानी गरेर जमिन हड्पने दाउमा रहेका साहले अहिले आफन्त मरेकाले दाहासंस्कारको लागि दाउरा काटेको भन्दै हिड्ने गरेको स्थानीयले बताए।

    उनले शव दहनको लागि भनेपनि ६/७ जना मजदुर राखेर रुख कटान गरेको आफूहरुले थाहापाएको वडा अध्यक्ष लामाले बताए। लामाले उनले वन हड्पने नियत सहित काम गरिरहेको स्थानीयको भनाई रहेको छ।

    00000 0000 3000

     

    भूमि बैङ्कको प्रस्त ...

      काठमाडौं, १५ चैत।  ६ किसान संगठनहरूले ...

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    छुआछुत विरुद्ध गोलबज ...

    सिरहा, १५ चैत। माँ दुर्गा महिला समुह गोलबजार ५ मगर टोलल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल