यातायातका हाकिमलाई मोसो, लाइसेन्स वितरणमा घुस लिने गरेको आरोप

    • माघ ११, २०७९
    • 170 पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

    काठमाडौं, ११ माघ।  यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले बुधबार कार्यकक्षमै मोसो दलेका छन्। 

    घुस लिने गरेको आरोप लगाउँदै नेकपा बहुमतका कार्यकर्ताहरुले लुइँटेललाई मोसो दलेर दुर्व्यवहार गरेका हुन्। 
     
    पार्टीका धनकुटा संयोजक मोहन घलेले घटनापछि विज्ञप्ति निकालेर लुइँटेलले दलाल र विचौलिया प्रयोग गरेर कार्यालयबाट सेवा प्रदान गर्ने क्रममा घुस लिने गरेको आरोप लगाएका छन्। 

    'लुइँटेलले कार्यालयका कर्मचारी र बाहिरबाट दलाल-विचौलिया प्रयोग गरी सवारी चालक अनुमति पत्र उपलब्ध गराउँदा प्रतिव्यक्तिय १० हजारदेखि १८ हजारसम्म घुस लिने गरेको प्रमाणित भएकाले चेतावनीस्वरु सांकेतिक कारवाही गरेका हौँ', घलेले भनेका छन्। 

    घलेले सेवाग्राहीबाट लुइँटेलले घुस लिने गरेको कुरा जिल्ला संगठन समितिअन्तर्गतको न्यायिक समितिमा उजुरी आएको दाबी गरेका छन्। छानबिनका क्रममा घुस लिएको प्रमाणित भएपछि मोसो दलिएको उनको जिकिर छ। 

    नेपालखवरबाट।

    गोलबजारमा ईंटा उद्यो ...

    सिरहा, १० चैत। सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच ...

    आजबाट इस्लाम धर्मावल ...

    सिरहा, १० चैत। इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सु ...

    प्रतिस्पर्धी जनशक्ति ...

    काठमाडौं, ९ चैत। विज्ञहरूले उच्चशिक्षा सुधार र प्रतिस्प ...

    अलौको महायज्ञ पूजामा ...

    सूर्य वि.क. वीरगञ्ज, ९ चैत्र। गैर दलितहरुको अडान ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल