फोटो : मेयर श्रेष्ठको फेसवुकबाट।

  • अर्जुन थपलिया

सिरहा, ९माघ गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठको कार्यशैली प्रति ९८ प्रतिशत एमालेका नेता तथा कार्यकर्ताले असन्तुष्टि जाहेर गरेका छन् । दावानल अनलाइन पत्रिकाका कार्यकारी सम्पादक अर्जुन थपलियाले गरेको एक अध्ययनबाट यस्तो नतिजा आएको हो । वडा नं. १ देखि १३ सम्म घुमेर अगाडि जो भेटियो त्यसैलाई ( एमालेका नेता तथा कार्यकर्ता मात्र ) मेयर श्रेष्ठको कार्यशैली कस्तो छ भनेर सोध्दा ९८ प्रतिशतले कार्यशैली राम्रो नभएको बताए । प्रदेश कमिटी, जिल्ला कमिटी , नगर कमिटीका पदाधिकारी एवं सदस्यहरु तथा साधारण सदस्यहरुलाई भेटेर मुख्यतः तीन वटा प्रश्न गरिएको थियो । पहिलो प्रश्न थियो गोलबजार नगरपालिकाको कार्यप्रगति कस्तो छ ? यस प्रश्नको उत्तरमा शतप्रतिशत नेता तथा कार्यकर्ताले गतिशून्य वा सुस्त गति भनेर प्रतिक्रिया दिएका छन् । त्यसैगरी मेयर श्रेष्ठको कार्यशैली प्रति पनि अधिकांश नेता तथा कार्यकर्ताले कटाक्ष गरेका छन् । पार्टी कमिटीलाई नसोध्ने , नेता तथा कार्यकर्ताको उपेक्षा गरिएको र कर्मचारीतन्त्रको घेरावन्दीमा परेको भनेर चर्को आलोचना गरेका छन् । तेश्रो प्रश्न – मेयर श्याम श्रेष्ठको कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनर सोधेका थियौं । यस प्रश्नको उत्तरमा अधिकांशले असन्तुष्ट छु भनेका थिए ।
अध्ययनको क्रममा एमाले नेता तथा कार्यकर्ताहरुले निवर्तमान मेयर भन्दा पनि खराव शैलीमा काम गरेको , भ्रष्टाचारलाई मेटाउन नसकेको र भ्रष्टाचारी कर्मचारीलाई संरक्षण गरेको जस्ता आरोप पनि लगाएका छन् । अध्ययनका लागि दावानल अनलाइन पत्रिकाका लागि पूरै १ सय जना नेता र कार्यकर्तालाई घर घर मै गएर भेट गरेर कुराकानी गरिएको थियो । कुराकानीमा नेता तथा कार्यकर्ताले मेयर श्रेष्ठको कार्य क्षमता र नियतमाथि पनि प्रश्न उठाएका छन् । कर्मचारी नभएको र चुनावले गर्दा काम गर्न नपाएको भन्दै मेयर श्रेष्ठले एमाले नेता तथा कार्यकर्तालाई आस्वस्त पार्न खोजे पनि उनीहरुले यसलाई बाहानाबाजीको संज्ञा दिएका छन्।

एमाले नेता तथा कार्यकर्ताहरुले मेयर श्रेष्ठले चुनाव ताका पार्टीले ल्याएको घोषणा पत्रको अनुसरण नगरेको , योजना तथा बजेट निर्माण गर्दा कर्मचारी हावी भएको , कार्यपालिका सदस्य तथा वडाध्यक्षहरुको मानमर्दन गरिएको ( वास्ता नगरिएको ) र पार्टीको लोकप्रियतामा अपूर्णिय क्षति पु¥याएको आक्षेप लगाएका छन् । मेयर श्रेष्ठको कार्यशैलीमा सुधार नआउने र गोलबजार नगरपालिकामा सुशासनको प्रत्याभूति नहुने हो भने अर्को चुनावसम्म एमाले पार्टीको साख धूलोमा मिल्ने नेता तथा कार्यकर्ताहरुले चिन्ता जाहेर गरेका छन्।

कार्यकर्ताहरुको फोन नउठाउने , भेट नदिने , विकास वजेट वितरणमा काखापाखा भएको र विश्वासपात्र कर्मचारीहरुमार्फत असुली र कमाउ धन्दा सुरु गरेको संगिन आरोप लगाउँदै भ्रष्टाचारको फाइल खोलेर कारवाही अघि बढाउन आनाकानी गर्न थालेको नेता तथा कार्यकर्ताहरुले दावी गरेका छन्।

यसरी आरोप लगाउनेहरुमा मेयर श्रेष्ठका निकटवर्ती मानिएका एमालेका नेता, कार्यकर्ता तथा वडाध्यक्षहरु पनि छन् । कार्यविभाजन गरेर काम नगरेको , कनिष्ट कर्मचारीहरुमार्फत सहकर्मी जनप्रतिनिधिहरुको मानमर्दन गरिएको , आफ्ना विश्वास पात्र कर्मचारीहरुलाई सर्वेसर्वा बनाएको पनि नेता तथा कार्यकर्ताको आरोप छ । एमाले कै उप प्रमुख लगायत वडाध्यक्षहरु पनि मेयर श्रेष्ठ प्रति क्रुद्ध देखिएका छन् । चुनावमा ज्यानको बाजी लगाएर अहोरात्र खटिएका कार्यकर्ताहरु पनि मेयर श्रेष्ठको कार्यशैली प्रति कटाक्ष गर्न थालेका छन्।

लेखा अधिकृतसम्म ल्याउन नसकेको प्रति कटाक्ष गर्दै केही कार्यकर्ताहरुले मेयर श्रेष्ठको असक्षमता भन्दै आलोचना गरेका छन् । अध्ययनको विश्वसनीयताका लागि कुराकानी गरिएका नेता तथा कार्यकर्ताहरुको तस्बीर र उनीहरुको भनाइ जस्ताको त्यस्तै राखिएको छ।

कसले के भने ? जस्ताको त्यस्तै भनाइ र तस्बीरसहित
१. एमालेको राजनीति र पारिवारिक पृष्टभूमिलाई पनि मेयर श्याम श्रेष्ठले डुबाउने भए । ९ महिना बित्यो तर नगरपालिकाले सिन्को पनि भाँचेको छैन । शून्यगतिमा छ नगरपालिका । पहिलेका मेयर भन्दा पनि खराव नतिजा देखिदैछ । कार्यशैली र गति दुवै परिवर्तन हुनुपर्छ । –शिव दयाल विश्वकर्मा

२. के के न गर्लान भन्ने सोचेका थियौ । तर मुसाको पुच्छर बराबर पनि देखिदैन । स्थानीय जनताले यो भन्दा राम्रो त पुरानै मेयर थिए भन्न थालिसके । –कुमार थापा

३. हामीले त बाराम्वार भनिरहेका छौं । तर हाम्रो कुरा सुनुवाई भइरहेको छैन । जनतामा धेरै निराशा छाएको छ । ९ महिना बितिसक्दा पनि कुनै काम भएको छैन । गतिशून्य छ गोलबजार नगरपालिका । एमालेको इज्जत डुब्दै छ । –योगेन्द्र कर्ण

४. गोलबजार नगरपालिकाको कार्यशैली हेरेर जनतामा निराशा त बढेको छ तर पूरै आशा मरिसकेको छैन । चुनावले गर्दा ढिलो भएको कारण देखाइदै छ तर माघ महिनासम्ममा पनि कार्य प्रगति र गतिमा वृद्धि देखिएन भने राम्रो मान्न सकिदैन । –मोहन बस्नेत

५. एक दिन भेटेरै भन्छु मेयरलाई । किन यस्तो भइरहेको छ थाहा छैन । नगरपालिकाले पाइला चालेको नै देखिदैन । जनतामा धेरै गुनासो छ । काम गर्ने तरिका पनि ठीक छैन । पार्टीमा कुनै सरसल्लाह छैन । मुख्य कुरा भ्रष्टचार गर्ने कर्मचारीहरुलाई बचाएर राखेका छन् मेयरले । –राजकुमार सिंह

६. खोइ के भएको हो थाहा छैन । नगरपालिका कहाँ अल्झियो अल्झियो । अहिले सम्म कुनै काम गरेको थाहा छैन । कार्यकर्ता र आम जनताको असन्तुष्टि बढदै गएको छ । केही होला र गर्लान् भन्ने आशा मर्दै गएको छ । -सन्तलाल मगर

७. लाजै मर्नु भइसक्यो । नगरपालिका त कछुवाको गतिमा पनि हिंडन सकेन । पार्टी भित्र पनि कुनै सरसल्लाह छैन । मेयर श्याम श्रेष्ठ तीन चार जना बदनाम कर्मचारीहरुको घेरामा छन् । यो पाराले त पार्टीको इज्जत डुब्छ । -सोनेलाल तामाङ्ग

८. गोलबजार नगरपालिकाले कुनै सकारात्मक काम थालेको पनि सुनिएको छैन । देखिएको छैन । सोझो मेयर भन्दै असक्षमतालाई ढाकछोप गर्ने काम भइरहेको छ । काम हुनु प¥यो नी ! तलदेखि माथी सबै जितेपछि यो वा त्यो बाहानामा काम नगर्ने छुट त छैन । -धर्मनाथ यादव

९. म त गोलबजार नगरपालिका जानै छोडे । स्वार्थी समूहले मेयरलाई घेरावन्दी गरेको छ । मेयरलाई कमाएर दिनेहरुको पुत्र सरह हालिमुहाली छ नगरपालिकामा । काम सुरुवात नै गर्न सकेको छैन । कर्मचारी छैन भन्यो , चुनावले काम गर्न छेक्यो भन्यो र जनतालाई टा¥यो । जे आशा गरिएको थियो यसको ठीक विपरीत भइरहेको छ ।, –गणेश गौतम

१०. भ्रष्ट कर्मचारीहरु मेयरका मुख्य सल्लाहकार छन् । वडाध्यक्षहरुको कुनै वास्ता छैन । मेयरको कुर्सीमा बसेर कुनै काम हुन सकेको छैन । कार्यशैली पनि ठीक छैन । भ्रष्ट कर्मचारीहरुले मेयरलाई कमाउ धन्दामा लगाइ सके । –सुकदेव सिंह

११. गोलबजार नगरपालिका भ्रष्टाचारीहरुको आखाडामा रुपान्तरण भइसक्यो । शून्य कार्य प्रगतिमा मेयर धाक लगाउन छोड्दैनन् । पार्टीपंक्तीलाई पूरै बेवास्ता गरिएको छ । जनताको काम पनि हुन सकेको छैन । लेखामा कर्मचारी छैन भनेर टार्ने गरिएको छ । आफूहरुलाई आवश्यक पर्ने चेक नरहा र सिरहा गएर बनाएर ल्याइन्छ तर आम जनतालाई लेखा अधिकृत छैन भनेर टारिन्छ । –रामस्वरुप महतो

१२. यही रवैया रहने हो भने ५ वर्ष पछि लीलानाथ श्रेष्ठ र श्याम श्रेष्ठको पुरानो मेयर दाजुभाइ कै हालत हुन्छ । कसैको केही बिग्रदैन । एउटा दरवार गयो अब अर्को दरवार डुब्छ । गोलबजारका जनतालाई मेयर श्याम श्रेष्ठले अहिले लोप्पा खुवाउदै छन् । जनताले ५ वर्ष पछि देखाउने छन् । –हरिनारायाण यादव

१३. खोइ कता छ गोलबजार नगरपालिका ? केही गरेको देखिदैन । हामी जस्ता सोझासाझा कार्यकर्ताको के गन्ती छ । मेयर श्याम श्रेष्ठको दाहिने हात त उही पुरानै भ्रष्ट कर्मचारी भएको देख्छु । बोरिङ्ग जडानमा पनि काखा पाखा भइरहेको छ । –छेदीलाल साह

१४. आफ्नै पार्टीको मेयरको विरोध गर्न पनि गाह्रो तर कार्यशैली पनि ठीक छैन । काम गर्ने गति पनि शून्य छ । चुनाव पनि सकियो अब पनि गति लिएन भने यिनीबाट केही हुन सक्दैन भन्ने बुझ्नु पर्छ । यस विषयमा माननीय लीलानाथ श्रेष्ठको ध्यान जान जरुरी छ । –सुरेन्द्र ठाकुर

१५. हामी त पार्टीको कार्यकर्ता नै होइन जस्तो ठान्छन् । कतै कही केही देखिदैन कार्य प्रगति । खोइ नगरपालिका के गर्दैछ ? कसलाई सोध्न जाउँ ? गोलबजार नगरपालिकामा एमाले पार्टीको साख गिर्दै छ । जमदहमा जे उन्नति गरेको थियो पार्टीले त्यो फेरि तल झर्दैछ । –मनु स्याङ्गदन

१६. चुनावले गोलबजारलाई मात्र काम गर्न छेक्यो अन्यत्र पालिकामा त काम भइरहेको छ । नगरपालिका र मेयर श्याम श्रेष्ठ पार्टीको पकडमा छैनन् । उनी एक्लै मनमानी गरिरहेका छन् । भ्रष्ट कर्मचारीहरुको तालमा ताल मिलाइरहेका छन् । अहिलेसम्म सिन्को सारिएको छैन । पार्टी कार्यकर्ताहरुलाई सोधी खोजी नै छैन ।

–दीपेन्द्र अधिकारी

१७. यो कार्यशैली र निष्कृयतालाई राम्रो भन्नै सकिदैन । बजारमा हल्ला छ यो भन्दा त पुरानै मेयर ठीक थिए । देवनाथ साहले जति पनि यिनले गर्न सक्छन् जस्तो लाग्न छोड्यो । नगरपालिका छ भन्ने नै अनुभूति छैन । –दीपेश सिंह

१८ं अहिले नै मूल्यांकन गर्ने बेला भएको छैन । निर्वाचनले गर्दा काम गर्न नपाएको र नसकिएको हो । अदालतमा मुद्दा छ । कर्मचारी भर्ना गर्न पाएको छैन । निर्वाचन सकियो अब कामले रफ्तार लिन्छ । हामी पनि ध्यान आकर्षण गराउँछौं । बैठकहरुमा कुरा राख्छौं । गतिमान हुन्छ नगरपालिका । ढिलो भएको छ । –सूर्यमान तामाङ्ग

१९. जनताको धेरै गुनासो आइरहेको छ । कार्य प्रगति त जिरो वरावर छ । काम गर्ने शैली पनि ठीक छैन । मेयर आफ्नै हातमा सवै सत्ता राख्न चहान्छन् । कसरी काम हुन्छ । कार्यकर्ताहरुमा पनि व्यापक गुनासो छ । जवाफ दिएर साध्य छैन । –कपिलदेव साह

२०. मेयर श्याम श्रेष्ठ भन्नुहुन्छ हटिया ठेक्कको एक करोड ५२ लाख भ्रष्टाचार भएको छ तर त्यो रकम भ्रष्टाचार गर्ने प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेललाई काखी च्यापेर राख्नुभएको छ । हटिया ठेक्काको रकम हाकिमको मिलिभगत बिना कसरी भ्रष्टाचार हुन्छ ? भ्रष्टाचार भयो भन्ने तर भ्रष्टाचारीलाई कारवाही नगर्ने मेयरको कार्यशैली शंकास्पद छ । –नथुनी राम


२१. चुनावले काम गर्न दिएन । कर्मचारीको लफडा पनि सकिएको छैन । गति सुस्त छ तर गति बढ्छ । दलितहरु भने नगरपालिकाबाट उपेक्षित छन् । सीमित कर्मचारीको घेरामा भने मेयर श्याम श्रेष्ठ परेको अनुभव भइरहेको छ । –संजीव महरा

२२. जनतालाई के जवाफ दिने र एमालेका कार्यकर्ताहरुलाई के जवाफ दिने चिन्तामा छौं । जमदहमा पार्टीको जुन पकड बनेको थियो त्यो फेरि फुस्किदै एको छ । नगरपालिकाको काम गर्ने शैली सुस्त छ । केही काम भएको छैन । चुनाव देखाएर टारिएको छ । –तिलक थापा

२३. यति सुस्त गतिमा काम गरेर नगरवासीहरुको अपेक्षा पूरा हुन सक्दैन । विकासको काम पनि पूरा हुँदैन । गोलबजार नगरपालिका र मेयर श्याम श्रेष्ठको कार्यशैली सिरहा जिल्लामा सबैभन्दा गएगुज्रेको देखिन्छ । पार्टीको साख ओरालो लाग्दै छ । पार्टी कमिटीले ठीक छैन भनेकै व्यक्तिहरु म्ेयरका लागि प्रिय छन् । –माधव बुढाथोकी

२४.आफ्नो पार्टीले जितेपति विकास हुन्छ भन्ने आशा थियो । तर हामी जस्ता साना कार्यकर्ताको कुनै खोजी छैन । केही काम गरेको देखिदैन । पहिलेको मेयर भन्दा पनि खतम हालत छ । -मुस्तुफा अली

२५. कार्य विभाजन गर्न पनि मेयर साहव मान्नु हुन्न । सबै आफ्नै हातमा आफ्नै पकडमा राख्न खोज्नु हुन्छ । न आफू काम गर्न सक्नुहुन्छ । जनतामा गुनासो हुनु स्वभाविक हो । नगरपालिकाको जिन्सी शाखाको कर्मचारी, हाकिमको स्वकीय सचिवले नगरपालिका हाँक्दै छन् । कार्यपालिका सदस्यहरुको कुनै महत्व छैन । मेयर श्याम श्रेष्ठलाई पार्टीको घोषण पत्र , पार्टीको पद्धति केही याद छैन । प्रमुख प्रशासकीय अधिकृत , जिन्सी शाखाका विस्वासपात्र र स्वकीय सचिवले जस्तो बजेट र नीति बनाएर दियो त्यही फाइनल हुन्छ । –फुलेस्वर नायक

२६. आफ्नै पार्टीको आफै कसरी विरोध गर्नु ? चुनावले काम हुन सकेन । अब माघदेखि काम हुन्छ नी ! सीता सदा

२७. कमी कमजोरी छ । काम पनि सुस्त गतिमा छ । नगरपालिकाले पिकअप लिन सकिरहेको छैन । तर यी सव कुरा आन्तरिक बैठकमा राख्नुपर्छ । अहिले नै पूरै निराश हुनुहुँदैन । सुधार हुन्छ होला । – मिन कुमार लामा

२८. जमदहमा एमाले झाङ्गिदै थियो तर नगरपालिका र मेयर श्याम श्रेष्ठको व्यवहारले संसदीय चुनावमै धक्का खाइसक्यो । झन् यही चाल रहने हो भने हाम्रो परिश्रम खेर जान्छ । आगामी चुनावसम्म पुग्दा धेरै कठिन हुन्छ ।  –सागर योञ्जन

२९.विकास भएको पनि छैन , होला भन्ने आशा पनि मर्दै गएको छ । दुर्गापुरलाई प्राथमिकतामा नै राखेको छैन । अहिलेसम्म कुनै काम गरेको छैन । –रामकुमार महतो

३० हामी त साधारण कार्यकर्ता हौं । हामीलाई त्यति धेरै कुरा थाहा छैन । । तर गोलबजार नगरपालिकाले अहिलेसम्म कुनै काम गरेको देखिदैन । सुतेर दिन काटेको जस्तो देखिन्छ । जनताले विकास पाएका छैनन् । जमदहमा खानेपानीको समस्या जस्ताको त्यस्तै छ । –कृष्ण बुढाथोकी

३१. गोलबजार नगरपालिका गतिशून्य छ भन्ने कुरामा कुनै दुइमत छैन । तर कार्यशैली पनि ठीक छैन । पार्टी र कार्यकर्तासँग कुनै सरसल्लाह छैन । एउटा घेराभित्र सीमित रहेर पार्टीको साख जोगिदैन । हामीले उचित स्थानमा कुरा राखेका छौं । हेरौं सुधार हुन्छ कि हुँदैन । सुधार नभए राजनीतिक घरानालाई नै घाटा हुन्छ । नेतृत्वले ठीक समयमा सोच्नै पर्छ । –पुष्पलाल पाख्र्रिन

३२. चुनावले काम गर्न दिएन । कर्मचारी नभएर पनि हो । तर काम त नभएकै हो । कर्मचारी र चुनावको बाहाना पनि सकियो । अब काम गरेन भने जनतामा निराशा छाउँछ । कार्यशैली पनि बदल्नु पर्छ । –सुनिल आले

३३. काम गराईको स्पडि धेरै स्लो छ । यो स्पिडले पुग्दैन । स्पिड बढाउनु पर्छ । जनताबाट गुनासो आइरहेको छ । मेयर साहवले गति बढाउनु हुने छ । हामी पनि साथ सहयोग गर्छौ । –नगर उप प्रमुख मानती साह
३४. ने मुस ने मुस के नगडी । कतौ कुछो नै छै नगरपालिका मे विकास । मेयर साहव सुतल छै कि जागल छै । पता नै । अहि सव जानु । –मणिलाल ठाकुर

३५. कामले पनि गति लिन्छ । विकास पनि हुन्छ । गुनासो आइरहेका छन् तर जनतालाई बुझाउन सक्नु पर्छ । निर्वाचन आचार संहिताले हो काम गर्न नदिएको । अहिलेसम्म गतिशून्य भए पनि अब गति लेला भन्ने आशा छ । – जीवन धिताल

३६. मेयर साहवले के गर्नु ? औषधी उपचार कै यति निवेदन छ कि नगरपालिकाको कुर्सीमा बसिसक्नु छैन मेयर साहवलाई । एक करोडभन्दा अधिकको निवेदन छ । अनेक वाहाना लगाएर टार्नु परेको छ । फुटवल टिमलाई काठमाडौं पैसा पठाउन ऋण खोजेर पठाउनु प¥यो । लेखा अधिकृत छैन । नगरपालिकाको खातामा पैसा छैन । कर्मचारीको मुद्दा सकिएको छैन । निर्वाचनले रोक्यो । हामी अगाडि बढ्ने प्रयास गर्दैछौं । – संजित लामा

३७. काम गर्ने गति सुस्त भए पनि विरोध गर्ने बेला भइसकेको छैन । चुनाव सकियो अब पनि गति लिएन भने चैं गडवड हुन्छ । हामी पनि ठाउँमा कुरा राख्छौं । आशा गरौं कामले गति लिन्छ । –किरण लामा

३८. अब अर्को चुनावबाट श्रेष्ठ परिवारले बेतौनाबाट कुनै अपेक्षा नराखे हुन्छ । उनीहरुको प्रयोग गर्ने र त्यसपछि वास्ता नगर्ने चाल हामीले थाहा पायौं । अहिलेसम्म एउटा केही विकास भएको छैन । –रामकुमार न्यौपाने

३९. केही दिन अझै बाटो हेरौं । काम त स्लो नै देख्छु । तर चुनावले गर्दा होला । माघमा पनि गति लिएन भने आलोचना बढ्छ । नगरपालिकाको विषयमा बजारमा नाकारात्मक टीकाटिप्पणि त सुरु भएको छ । –मुक्ति यादव

४०. हामीले खोजेको सक्षमता र इमान्दारिता सहितको सिधासादा मेयर हो । त्यो सुन्दर रुप देखिएन । सोझोको नाममा असक्षमता देखिन्छ । कर्मचारीतन्त्रले घुमाएको देख्दा भ्रष्टाचारको लिक समातेको अनुभूति भइरहेको छ । नियत खराव नहुने हो भने गति सुस्त हुँदैन । गोलबजार नगरपालिकामा पट्यारलाग्दो निष्कृयता छ । भ्रष्टाचारी जोगाउन मेयर आफै सकृय देखिन्छन् । –समर भण्डारी


४१. आफ्नो मान्छे भनेर के गर्नु विकास नगरे पछि । चुनावका बेला जनतालाई के के आस्वासन बाँडेर भोट दिइयो –दिलाइयो । अहिले त कुनै काम गरेको देखिदैन । यो भन्दा त पुरानै मेयर ठीक थियो भन्ने आवाज सुनिन्छ । गाउँमा मुख लुकाएर हिँड्ने अवस्था छ । –रित बहादुर श्रेष्ठ

४२. चुनावले गर्दा हो काम नभएको । अब हुन्छ । अब ढिलो नगर्ने भन्नु भएको छ । अब हामी पनि भन्छौं छिटोछिटो काम गर्नुपर्छ भनेर । -तारा महतो

४३. हामी त कति पटक मेयर साहवलाई भेट्न पनि गयौं , भन्न खोज्यौं तर अब वास्ता गरिदैन । हिजो चुनावका बेला जनतासँग गरिएको वादा भुलिसकेको छ मेयर साहवले । कर्मचारीहरुको घेरा तोड्नै सकेनन् मेयर साहवले । अब अर्को चुनावमा यिनको राजनीति पनि समाप्त हुन्छ । मेयर श्याम श्रेष्ठ त डुब्छन् डुब्छन् यिनले दाजु लीलानाथ श्रेष्ठलाई पनि डुबाउँछन् । –मनोज कुमार साह

४४. पार्टीमा निस्वार्थ भएर हामी काम गर्छौ र मेयर र माननीय दाजुभाईलाई वेइमानहरुले घेरा हालेका छन् । हाम्रा कुरा सुनिदैन । ठग प्रवृति देखियो । बेतौनाका जनतालाई ढाँटिएको छ । अर्को चुनावदेखि यिनले बेतौनाबाट आशा नगरे हुन्छ । –सत्य प्रकाश पाल

४५. यहाँ दुर्गा मन्दिर र सडकका लागि चुनाव अघि मेयरबाट जे भनिएको थियो त्यसबारे अहिले सुन्नै चाहदैनन् । विकासको नाममा एक पाइला चालिएको छैन । फोन उठाउदैन । जनताको कुरा सुन्ने चाहदैन । नगरपालिका भ्रष्टाचारको केन्द्र बनेको छ । नतावाद कृपावाद र जातिवाद छ । –उपेन्द्र पाल

४६.खोइ कहा भएको विकास ? कुनै काम भएको छैन । जनतालाई हामीले के जवाफ दिने ? एमालेको इज्जत लिए मेयरले । कमाउ भन्दामा लागेका छन् । वरिपरी भ्रष्ट कर्मचारीको भिड छ । बजार ठेक्का लगाउन सकेको छैन । खोला ठेक्का लगाउन सकेको छैन । मेयर श्याम श्रेष्ठमा सक्षमता छैन । भ्रष्टाचार निर्मुल गर्छु भन्थे । खोइ एक जना पनि कारवाहीमा परेको छैन । –रामचन्द्र यादव

४७. म त नव प्रवेशी हुँ । पुराना कार्यकर्ताहरु पनि असन्तुष्ट छन् । कुनै काम भएको छैन । विकास हुने छाँट पनि छैन । जनता निराश छन् । कार्यकर्ताहरु पनि गुनासो मात्र गर्छन् । नगरपालिका शून्यगतिमा छ । –तुलसी महतो

४८. हामी वडाध्यक्षहरुको त कुनै गिन्ती छैन । हामीभन्दा शक्तिशाली त नगरपालिकामा हाकिमको पिए र जिन्सी शाखाका खरिदार छन् । किनकी उनीहरु मेयरका पथप्रदर्शक हुन् । न त कार्यशैली ठीक छ । न कार्यप्रगति छ । यो नगरपालिका कर्मचारीतन्त्रको घेरामा छ । –गणेश मुखिया

४९. हैट हामीले यस्तो घोर निराशा हुने ठानेका थिएनौं । सिन्को पनि सार्न सकेको छैन । विकास कता गयो ? जनताको काम पनि ठीक टाइममा हुँदैन । मेयर नगरपालिकामा बस्दैनन् । लेखा अधिकृत छैन । कर्मचारी छैन भन्यो टा¥यो । यस्तै हो त सुशासन ? –पारस भट्ट

५०. चुनाव आचार संहिताले रोक्यो । कर्मचारी अभावले कार्य प्रगति हुन सकेन । तर कसरी अगाडि बढ्ने भन्ने छलफल हुँदैछ । रणनीति बन्दै छ । गति लिन्छ । ठाउँमा भन्नु पर्छ । गति सुस्त त भए कै हो । –प्रमोद लामा

५१. कुनै गति देखिदैन । जनतामा निराशा छ । चुनावले काम गर्न दिएन भन्छन् । अन्य पालिकाहरुमा त काम भइरहेको छ । सवैलाई समदृष्टिले हेर्न सकेको पनि देखिदैन । – उतिमलाल साह

५२.खोइ विकास ? केही भएको छैन । यहाँ जनताले कचकच हामीलाई पो गर्छन् । मेयर त भोट लिएर गए । फर्केर आउँदैनन् । जनतासँग सम्पर्क नै छैन । अहिलेसम्म कुनै काम भएको देख्दिन । –कामेस्वर साह

५३. विकास त भएको छैन । कुनै काम गरेको देखिदैन । ९ महिना बित्यो । अब हुन्छ हुन्छ भन्छन् । जानोस् नेताहरु । – प्रेमकुमार साह

५४. कही कतै केही गर्न सकिएको छैन । मेयर आफू पनि काम गर्दैनन् , हामीलाई पनि गर्न दिदैनन् । सुस्त निकम्मा र भ्रष्ट कर्मचारीलाई मेयरले संरक्षण दिएका छन् । गोलबजार नगरपालिकाको यही रवैया हो भने ५ वर्षमा नतिजा शून्य हुन्छ । कर्मचारी पनि परिपूर्ति गर्न नसक्ने हो भने आफूलाई कसरी सक्षम भन्ने ? –देवनारायण महतो

५५. कुनै काम भएको छैन । पार्टीका कार्यकर्ताहरुको कुनै प्रकारले खोजी गरिएको छैन । नगरपालिकामा विकासका योजनाहरु घोषणा पत्र अनुसार बनेको छैन । कर्मचारीहरुले जे लेखिदियो त्यही योजना बनेको छ । स्वास्थ्य सेवा र शिक्षा क्षेत्र अस्तव्यस्त छ । यस्तो परिस्थिति देखेर मुख छोपेर हिँड्ने अवस्था आएको छ । तुलसी उपाध्याय

५६. छैन छैन कुनै काम भएको छैन । तर अहिलेसम्म चुनावले छेक्यो र रोक्यो भन्न मिलेको छ । तर यस्तै रवैयाले जनताको विकासको आशा पूरा गर्न सकिदैन । नगरपालिका भित्र एउटा नाजायज घेरा बनेको छ । शायद त्यसैले डुवाउँछ । हेरौं केही समय । सुधार हुन्छ की ? –उपेन्द्र मुखिया

५७. माननीय , मेयर सबै पद जितेर पनि बिकास शून्य बरावर छ । कसलाई भन्नु । यसरी हो भने त अर्को चुनावमा मुख देखाउने ठाउँ रहँदैन । अहिलेसम्म कोढिया चाल छ । कतै केही भएको छैन । –राजकुमार महतो

५८. धौं कही पनि विकास भएको छैन । काम सुरु त गरेको छैन । अल्छी लागेर बसेको जस्तो देखिन्छ । नगरपालिका प्रति कोही सन्तुष्ट छैन । एमालेका कार्यकर्ताहरु नै बढी असन्तुष्ट छन् । –रामकुमार महतो

५९.एक पटक बैठक गरेरै भन्नु पर्ने भएको छ । काम साह्रै सुस्त छ । केही गरेको देखिदैंन । यसरी त जनतामा निराशा बढ्छ । जितेर गएपछि जनताको कुनै वास्ता छैन । नगरपालिका पूरै गोलमाल छ । –सुरेश लामा

६०. छैन छैन सन्तोषजनक कार्य सम्पादन छैन । केही गरेको देखिदैन । हामी सबै मिलेर एक पटक गोष्ठी गरेरै भन्नुपर्छ । यसरी नगरपालिका चलाएर विकास हुँदैन । – भीम बहादुर थापा


६१. एक जनाको बीचमा होइन म त हजारौ जनाको बीचमा गएर भन्न सक्छु र भन्छु – मेयर श्याम श्रेष्ठले नगरपालिकामा वेथिति खडा गरेका छन् । पार्टी कमिटीलाई सोधिखोजी छैन । मनपरी गरेका छन् । विकास निर्माणको काम शुन्य छ । पार्टीले बनाएको घोषणा पत्र लत्याइएको छ । योजना छनौट तथा विकास निर्माणको काममा पार्टीलाई वास्ता गरिएको छैन । अरु कसैलाई बोल्नै दिदैनन् । आफू दाजुभाइ बोल्ने र निर्देशन दिने मात्र हो । जनताको अपेक्षा पूरा हुँदैन । –राजकिशोर सिंह

६२. हुन्छ नी विकासको काम पनि । अहिले गति सुस्त छ तर गति बढ्छ । आफ्नै पर्टी विरुद्ध बोल्न भएन । हामी मेयर साहवलाई भन्दै छौं । चुनावले गर्दा काममा ढिलो भएको हो । – उषा धमला

६३.नगरपालिकामा के भइरहेको छ हामीलाई केही थाहा छैन । कसले निर्णय गर्छ केही थाहा छैन । विकास निर्माणको काम शून्य छ । बजारमा व्यापक विरोध र आलोचना छ । समयमै नचेतने हो भने परिस्थिति झन बिग्रन सक्छ । पार्टी पंक्ति र पद्धति दुवैलाई वाइपास गरिएको छ । सीमित मान्छेहरुको घेरामा छन् मेयर श्याम श्रेष्ठ । पुराना नेतृत्वले खडा गरेको भ्रष्ट कर्मचारीतन्त्रको मुख्य मान्छे नै श्याम श्रेष्ठको सहयोगी भए । मुख्य गल्ती त्यही भयो । लीलानाथ श्रेष्ठले पनि बदल्नै पर्ने भनेर औंल्याएका कर्मचारी शानले मेयरसँग मिलेर बसेका छन् । –सुवर्ण दाहाल

६४. बलकवा त झन किनारामा पारिएको छ । श्रेष्ठ परिवारलाई जहिले पनि बलकवाले साथ दियो तर अहिलेसम्म एक कोदालो माटो पनि बलकवामा उनीहरुले दिएका छैनन् । यस्तै काम गराई हो भने अर्को चुनावमा एमालेको अवस्था ठीक रहने छैन । फोन त उठाउन छोडे मेयरले । –रामदयाल यादव

६५. छैन विकास भएको । केही काम गरेको छैन । ९ महिना बित्यो कुनै काम भएको छैन । कसरी सन्तुष्ट हुने । जनतामा निराशा छ । मेयरको कार्यशैली ठीक छैन । कार्यकर्ताको फोन पनि उठाउँदैन । विकास वजेट बाँडफाँड पनि मिलेको छैन । –हरिकुमार यादव

६६. काममा ढिलाई त देखिन्छ तर चुनावले गर्दा हो । आचारसंहिताले काम गर्न दिएन । तर जनतामा असन्तुष्टि अवश्य देखिन्छ । चुनाव र कर्मचारीको बाहाना देखाएर कति दिन टार्ने ? काम गर्नै पर्छ । –रञ्जित यादव

६७. सधै वाहाना बनाएर हुन्छ ? केही काम गरेको छैन । बलकवालाई त झन् नजरअन्दाज गरेको छ । नगरपालिकामा मेयर भेटिदैनन् । फोन गर्दा फोन उठदैन । एमालेको प्रतिष्ठा नै जाने अवस्था छ । –मो. इशा खान

६८. कहा कतौ कुछो ने देखै छियै । कोनो काम नै भेल छै । विकास जल्दी जल्दी होवक चाही । अहिना क निच माइरक नै हेतै । गाममे लोकसव नै निक कहै छै । –कुश्मा सदा

६९. विकास हुन्छ र नगरपालिकाले गर्छ तर अहिले चुनाव भएर काम भएको छैन । कर्मचारी पनि छैन । लेखा छैन भनेर जनतालाई सुन्दा सुन्दा दिक्क लागि सक्यो । कर्मचारी पनि ल्याउन नसके किन मेयर भएको भन्छन् जनताले । अहिलेसम्म खासै काम भएको देखिदैन । –नथुनी साह

७०. विकास केही पनि भएको छैन । खोइ कहिले काम सुरु हुन्छ मेयरले जान्दछन् । हामीले काम गरेको भएको देखेको छैन । अब चुनावले हुन दिएन भन्छ । यसरी कसरी हुन्छ । जनतालाई काम चाहियो । –धनिकलाल यादव

७१ हाम्रो नगरपालिकाले काम गर्छ । चुनावले हो अहिलेसम्म काम नभएको । आशा गर्नुहोस् काम सुरु हुन्छ । ९ महिना बित्यो तर यो वर्षमा अझैं ४/५ महिना बाँकी छ । अब पनि भएन भने अनि विरोध गर्नुपर्छ । –पुनित यादव

७२. कहि कतौ कुछो नै भेल छै । विकास विकास कहिते कहिते ठोट सुखागेल । मगर मेयरके कानो चालचुल नैदेखै छियै । सुगबुगाइत तक नै छै । कत हेरागेलै जनै छि । लोक सव कहै छै एकरा स बढिया देवनाथे रहैं । – रघुवीर महतो

७३. पार्टीको कुरा बाहिर गर्न हुँदैन । बैठक मै भन्नुपर्छ । तर अहिलेसम्म कुनै काम भएको छैन । जनतामा निराशा त बढदै छ । भ्रष्टाचार गर्न खोज्नेको फाइल खोलेर कारवाही गर्छन् कि उनीहरुसँगै मिल्छन् ? मेयरले कुन बाटो रोज्ने हुन् हामी हेर्दै छौं । –नोम बहादुर मगर

७४. अहिलेसम्म कहि कतै केही गरेको छैन । हामीलाई आशा पनि छैन यिनले केही गर्लान् भन्ने । भसोठ ( दलदल ) मा डुविसके मेयर श्याम श्रेष्ठ । –लक्ष्मण पूर्वे

७५. आशा गरिए अनुसार केही भइरहेको छैन । केही मान्छेहरुको घेरा छ । त्यही घेरामा मेयर मख्ख छन् । काम गर्ने गति शून्य छ । जनतामा निराशा छ । –पवित्र चौधरी

७६.अहिलेसमम्म कुनै काम गर्न सकेको छैन । गति अत्यन्त सुस्त छ । कर्मचारी नभएर यस्तो भएको हो । कर्मचारी विवाद अदालतबाट सुल्झेन भने चर्कै पर्छ । –राजकुमार श्रेष्ठ

७७. काम त केही भएको देख्दिन । हाम्रो गाउँको नबनेको सडक बनेको भनेर १८ नं. फारम भरेर रकम निकाल्ने प्रयास भएको थियो । त्यो फाइलमा मेयरले किन कारवाही चलाएनन् ? शंकास्पद छ । कतै भित्रचित्रै मिलिभगत पो भयो कि ? हामी पर्खी बसेका छौं । –गोकर्ण बहादुर बलम्पाकी

७८. पुराना मेयरले सेट गरेको भ्रष्टाचार गर्ने टिमलाई भत्काउन सकेनन् मेयर श्याम श्रेष्ठले । हटिया ठेक्काको डेढ करोड भ्रष्टाचार गर्ने हाकिमलाई पहिले कारवाही गर्नु पथ्र्यो तर मेयरले उनैलाई प्रिय बनाए । विकासको काम भएकै छैन । त्याग तपस्या गर्ने इमान्दार कार्यकर्ताहरु पाखा लागे । बदमासहरुको रजगज छ । दुर्गापुरमा एमाले झन् पताल धस्छ यसरी । –नारायण महरा

७९. छैन कुनै काम भएको देखेको छैन । साफे सुस्त देखैछियै । गोलबजार नगरपालिका मे विकास के काज पे कानो महत्व नै छै । कार्यकर्ता सवके कोनो वास्ता नै छै । जनता के बहुत आशा रहैं लेकिन निराश भेल जाइछै । –दुखरण महतो

८०. चुनावका कारण काममा ढिलाई भएको भन्छ । काम त भएको छैन । कुनै कुनै समितिहरु बन्न थालेको सुन्छु । अब स्पिड बढ्छ होला । ढिलो भइरहेको मेयरले बुझ्नु पर्छ । –देवनारायण ठाकुर


८१. कहाँ भै छै कोनो काम । दुर्गापुर मे त झन् कुछो नै भेल छै । नगरपालिका सुतल छै । साफे कुछो काम नै भरहल छै । जनता गरियावै छै आब । –गुलाई साह

८२. गोलबजार नगरपालिकाले कुनै काम गर्न सकेको छैन । गति सुस्त छ । मेयर साहवले नेतृत्व गर्न नसकेको हो कि ? जनतामा निराशा छ । पहिलेको मेयर जति पनि काम गर्न सक्ने देखिदैन । – दीपेन्द्र महतो

८३. हाम्रो दलित वस्ती नै उपेक्षामा परेको छ । मेयरलाई दलितको भोट चाहिएको थियो । अब दलितलाई कसले सोध्छ । विकास त केही भएको छैन । गति सुस्त छ । –रामऔतार पासवान

८४. दुर्गापुरमा एमालेले विशेष ध्यान दिनु पथ्र्यो । तर मेयरलाई वास्ता छैन । कुनै विकास गरेको छैन । गाउँमा जनताले करकर गर्छन् । हामीलाई भन्छन् । तर मेयरले हाम्रो कुरा कहाँ सुन्छन् र ? –महेन्द्र महरा

८५. दलित युवाहरुले आशा गरेका थिए तर मेयर श्याम श्रेष्ठ पनि उस्तै निस्के । कही कतै विकास गरेको देखिदैन । विकास बजेट बाहुवलीहरुको हातमा जाँदैछ । समितिमा त्यस्ता मान्छेहरु राखिदैछ । –लालबाबु महरा

८६. खोइ म त मेयरको शरीरमा जाँगर नै नभएको जस्तो देख्छु । भन्यो भने हुन्छ हुन्छ भन्छन् । गर्ने चैं केही होइन । के भएको हो बुझ्नै सकिएन । बजारमा जनताले घारे हात लगाउन थालिसके । – मञ्जु थापा

८७. खोइ केभन्नु तपाईलाई सारा कुरा थाहा नै छ । मलाई किन सोध्नु हुन्छ ? यति बुझ्नुस् जनताको व्यापक गुनासो आइरहेको छ । कार्यकर्ता पनि असन्तुष्ट छन् । – विद्यासागर साह


८८. मैले के भन्नु स्वयं माननीय लीलानाथ श्रेष्ठले नगरसभा मै भनिसक्नु भयो एमालेको डुंगा डुब्दै छ । पाँच वर्ष पछि जनताको घरमा जान सक्ने स्थिति रहदैन । अब त म पनि नगरपालिका जानै छोड्छु । न कार्यशैली ठीक छ न काम गर्ने गति । –सतिशचन्द्र सिंह

८९. अवस्था राम्रो छैन । गोलबजारमा आगामी २५ वर्ष एमालेले नगरपालिका जित्छ भन्थ्यौं तर यस्तै हो भने पाँच वर्ष पछि पत्ता साफ हुन्छ । सन्तोषजनक काम छैन । कार्यशैली पनि छैन । विजोग छ नगरपालिकाको । –सत्यन यादव

९०. छैन सन्तोषजनक काम छैन नगरपालिकाको । ९ नंं वडालाई त झन् पूरै उपेक्षा गरिएको छ । नगरपालिका के गर्दै छ भन्ने पार्टीलाई थाहा होला तर हामीलाई केही थाहा छैन । जनतामा निराशा बढेको छ । धेरै नराम्रो भइरहेको छ । –सराजुल अली

९१. यहाँ हेर्नुहोस् न ! समिति बनेको र कालोपत्र गर्ने ठेक्का लगाएको रकम कहाँ गयो ? श्याम कुमार श्रेष्ठ मेयरले पत्ता लगाएर कारवाही गर्नु पथ्र्यो । तर खोइ ? उहाँ पनि उतै भ्रष्टहरुसंग मिले जस्तो छ । कुनै काम अगाडि बढ्न सकेको छैन । यहाँ जनताको भनाइ हामीले सुन्नु परेको छ । श्याम र लीलाको पनि यो अन्तिम पटक चुनाव लडे जस्तो छ । - सकलदेव सिंह

९२. ९ महिना वित्यो । कुनै काम भएको छैन । मेयरलाई फोन गर्दा फोन उठदैन । नगरपालिकामा गयो कर्मचारी छैन , लेखा छैन भन्छ । यसरी कसरी हुन्छ । पूरै पार्टीको इज्जत धूलोमा मिल्यो । विकास निर्माणको काम शून्य छ । लाग्छ मेयरमा क्षमता नै छैन । –शिव कुमार महतो

९३.यो मेयरबाट धेरै आशा गरेका थियौं तर लक्षण राम्रो देखिदैन । अहिलेसम्म कुनै काम अगाडि बढेको छैन । नगरपालिकामा सुशासन नामको चिज छैन । –मनोज कुमार सिंह

९४.धौ कि कहव यौं ? अहिना चाइल स त पार्टी बर्वाद भजेतै । अखन धैर एकोटा काम नै भेल छै । नगरपालिका आ मेयर साहव कोन जगह पे निन्द परल छै से नै जाइन । कुछ नै कर सकत । कार्यकर्ता र सर सल्लाह कुछो नै छै । अपन फाइदा मात्रे देखै छै मेयर । –चन्देस्वर पासवान

९५.काम त भएको छैन तर आशा मरिसकेको छैन । ढिलो त अवश्य भएको छ । कर्मचारी नभएर पनि गति लिन नसकेको होला । छिट्टै गति लिन्छ होला । –खेम लक्ष्मी श्रेष्ठ

९६.काम सुरुवात हुन्छ । धैर्य गर्नुपर्छ । अहिले ढिलो भएको छ र गुनासोहरु पनि आइरहेको छ । तर संवोधन होला नी ! पार्टीका कार्यकर्ताहरु पनि गुनासो गरिरहेका छन् । –आशा लामा

९७. खोइ तपाईले हामीलाई सोध्नु हुन्छ हामी कसलाई सोधौं ? काम केही भइरहेको छैन । नगरपालिका छ भन्ने अनुभूति नै भएन । सुस्त मात्र नभई गतिशून्य छ । जनतामा निराशा बढदै छ । –बीरेन्द्र झा

९८. काममा ढिलाई भएको छ । तर चुनावले गर्दा हो भन्छन् । हामीले पनि छिटो गर्नुप¥यो भनेका छौं । फेरि पनि भन्छौं । जनता र कार्यकर्ताले गुनासो गर्नु ठीकै हो । –धन प्रसाद यादव


९९. अहिलेसम्म त काम भएकै छैन । एमालेको वडा संयोजक भएको नाताले जनताहरु मलाई गुनासो गर्छन् । हामी पनि घच्घच्याइ रहेका छौं । तर सुनुवाई भएको छैन । यसरी त पार्टीलाई घाटा हुन्छ । नगरपालिका कछुवा गतिमा हिँडिरहेको छ । –विष्णुदेव मण्डल

१००. यो मेयर साहवको कुरा बुझिनसक्नु छ । के गरिरहेका छन् थाहा छैन । विकास आउला आउला भनेर आश गरेर बसेका जनताको आँखा दुखिसक्यो । केही काम गरेका छैनन् । जनताको वास्ता नै छैन । –महेन्द्र पूर्वे

दावानलबाट।