सिरहा, ८ माघ। तामाङ समुदायले २८५९औं सोनाम ल्होछार विभिन्न कार्यक्रम सहित मनाउँदै छन्। । आजदेखि सुरू भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्व–२८५९ ह्योई-तावर ल्हो (बिरालो वर्ष) को उपलक्ष्यमा सिरहामा विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउँदैछन्।
जिल्लाको विभिन्न स्थानहरुमा आईतबार विहानै विभिन्न झाकी सहित शान्ति र्याली, गाउँ सरसफाई तथा ध्वाजाहरु लगाएका छन्। जिल्लाको गोलबजार, धनगढीमाई, कर्जन्हालगाएतका तामाङ्ग बाहुल्य क्षेत्रमा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरेको छ।