एमाले सांसद महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई गृहको पत्र गृहमन्त्रीले मौखिक निर्देशन दिँदा प्रहरीले पक्राउ नगरेको जिकिर

    • माघ ६, २०७९
    • ५१७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

    फाइल तस्बिर

     
     

    काठमाडौं, ६ माघ। महोत्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ। 

    गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार एक विज्ञप्ति निकालेर महतोलाई पक्राउका लागि मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिसकेको जनाएका छन्। 

    'प्रेम बहादुर विकको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी लक्ष्मी महतोसमेत भएको कर्तव्य ज्यान मुद्दामा तारेख गुजारी फरार रहेका प्रतिवादी महोत्तरी जिल्ला साविक निगौल गाविस-५ भई हाल गौशाला नगरपालिका-२ निवासी लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारवाही गर्न माननीय उपपप्रधानमन्त्री एवम् गृहमन्त्रीज्यूबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पकाउ नपरेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ', गृहले भनेको छ, 'निज प्रतिवादीलाई कानुन बमोजिम पक्राउ गरी तत्काल कारवाही अगाडी बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ।'

    मधेश आन्दोलका क्रममा भएको झडपमा घाइते अवस्थामा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई एम्बुलेन्सबाटै निकालेर हत्या गरेको अभियोग महतोमाथि छ।

    महोत्तरी क्षेत्र नम्बर २ बाट मंसिर ४ मा निर्वाचित उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका थिए। 

    हत्या आरोपित एमाले संसाद महतोले सांसद पदको शपथ लिइसकेका छन्।  बिहीबारको संसद बैठकमा गृहमन्त्री लामिछानेले महतोलाई पक्राउ गर्न सभामुखले रुलिङ गर्नु आवश्यक रहेको बताएका थिए। 

    नेपालखवरबाट।

    326408575_719396322864217_3951885066289113207_n

     

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल