शम्भुनाथ मेयर कपको उपाधी मझौ सप्तरीलाई

    • माघ ६, २०७९
    • ५४७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    राजविराज, ६ माघ। शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित चौथो मेयरकप २०७९ फुटबल प्रतियोगिताको उपाधी नमो बुध्द फुटबल टिम मझौ सप्तरीले हात पारेको छ।

    प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न फइनलमा तालतलैया फुटबल टिम सुनसरीलाई ट्राईब्रेकरमा तीनका बिरुद्ध पाँच गोल अन्तरले पराजित गर्दै मझौले उपाधी हात पारेको हो। दोश्रो हाफको ५ औ मिनेटमा डिबक्स भित्र पाएको पेलान्टीलाई सदुपयोग गर्दै मझौका कृपा चौधरीले गोल गरी टिमलाई अग्रता दिलाएको थियो। २७ औं मिनेटमा तालतलैयाका बिष्णु बहादुर श्रेष्ठले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो। त्यसपछि कुनै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिएको थियो।

    उपाधीसँगै बिजेता मझौ ले नगद ५५ हजार पाँच तथा ट्रफी हात परेको छ भने उपबिजेता सुनसरीले नगद रु। ४५ हजार पाँच र कपमा चित बुझाएको छ।

    प्रतियोगिता पश्चात् आयोजित समापन तथा पुरस्कार बितरण कार्यक्रममा शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ता, उपप्रमुख अनिता कुमारी चौधरी, खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए।

    शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीया द्वारा गत पुस २४ गते देखि सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुरका बिभिन्न १२ क्लबको सहभागिता रहेको थियो।

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सेटिङमा कामै नगरी वड ...

    सिरहा १० साउन। सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको म ...

    सौर्य एयर दुर्घटना: ...

      काठमाडौंं १० साउन। सौर्य एयरलाइन्स विमान दु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल