विद्यालय स्वागत तथा भर्ना अभियानमा जुट्दै सिरहा र सप्तरीका पालिकाहरु

    • माघ ६, २०७९
    • ७७१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लहान, ६ माघ। गुणस्तरीय शिक्षाकालागि अग्रसर हुँदै विद्यालय स्वागत तथा भर्ना अभियान संचालनका निम्ति सिरहा र सप्तरीका पालिकाहरु जुट्न थालेका छन्। शिक्षाविकासको उत्तरदायित्व बहनगर्दै गुणस्तरीय शिक्षा व्यवस्थापनको निम्ति योजना शाखासंगको समन्वयमा विद्यालय स्वागत तथा भर्ना अभियानकालागि पालिकाहरु अग्रसर हुनथालेका हुन्।

    सिरहाको ८ र सप्तरीको ६ ओटा पालिकाहरुको हालै लहानमा सम्पन्नभएको विद्यालय स्वागत तथा भर्ना अभियान सम्वन्धी कार्यशाला गोष्ठी मार्फत् तर्जुमा गरिएको योजनामार्फत कार्य संचालन गरिने जानकारी राजविराज नगरपालिकाका शिक्षा संयोजक भगवती प्रसाद बि.के.ले दिए।

    युरोपियन युनियनए वम् युनिसेफ नेपालको आर्थिक साझेदारीमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल–एनसेट मार्फत मधेश प्रदेशमा संचालन भइरहेको ‘नेपालमा कोभिड १९ महामारीको शिक्षा क्षेत्रमा परेको असरको प्रतिकार्यकोलागि सहयोगःनेपाल शिक्षा क्लष्टरको संघीय, प्रदेश र स्थानीयतहमा सुदृढिकरण’ परियोजना अन्तर्गत माघ ४ र ५ गते संचालन भएको गोष्ठी मार्फत् विद्यालय स्वागत तथा भर्ना अभियानकालागि पालिकाहरुले तयारी थालेका हुन्।

    कार्यशालामा सहभागीहरुले स्थानीयतहमा गुणस्तरीय शिक्षाको लागि जनप्रतिनिधीहरुले शिक्षा क्षेत्रलाई अझै गहन रुपले बुझिदिनुपर्ने बताएका छन्। सखुवानन्कारकट्टी गाउँपालिकाका शिक्षा संयोजक भोगेन्द्र यादवले भने, ‘गुणस्तरीय शिक्षा व्यवस्थापनको साथै शिक्षा क्षेत्रको विकासकालागि जनप्रतिनिधीहरुलाई सहजीकरण गर्नु जरुरी देखिन्छ। शिक्षा क्षेत्रकालागि पालिकाहरुले आवश्यक बजेट छुट्याउदैनन्, थोरै बजेट हुन्छ, जुन अपुग हुन्छ।’

    यसैबीच, शिक्षाविकास तथा समन्वयइकाई सिरहा र सप्तरीका प्रमुखहरुले कार्यशालाको अनुगमन गरेका थिए। अनुगमनको क्रममा सिरहा काप्रमुख रामबृक्ष महतोले बालबालिकाहरुलाई उत्प्रेरणा र आकर्षण जगाउन सके विद्यालयमा भर्ना गर्न, टिकाउन र गुणस्तर कायमगर्न सकिने बताए। यस्तै, सप्तरी काप्रमुख राजदेव यादवले विद्यार्थीहरुकालागि विद्यालयमा घरको जस्तो सुरक्षित एवम् घुलमिल हुने वातावरण व्यवस्थापन गर्न सके शिक्षाको गुणस्तर वृद्धि हुने बताए।

    अनुगमनकै क्रममा सप्तरी स्थित बलानबिहुल गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादवले आफुसंग भएको ज्ञान र सीपलाई सदुपयोग गर्दै विशेष गरी दलित सीमान्तीकृत समुदायका विद्यार्थीहरुलाई विद्यालयमा ल्याउन सबैले पहलगर्नुपर्ने बताए।

    सप्तरीकै बोदे बसाईन नगरपालिकाका उपप्रमुख रेणु कुमारी साहले कार्यशाला आयोजकलाई धन्यवाददिदै गुणस्तरीय शिक्षा विकासकालागि भएका समस्याहरु बारे पालिकास्तरमा समिक्षा गरी योजना अनुरुप कार्यक्रमहरु लागु गर्नुपर्नेमा जोड दिए।

    त्यस्तै, लहान नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शत्रुधन प्रसाद चौधरीले विद्यालय स्वागत तथा भर्ना अभियान स्थानीय र राष्ट्रिय दुबै आवश्यकता रहेकोले शिक्षा शाखाको नेतृत्वमा सबै पक्षयकपो अग्रसरता हुनुपर्ने बताए।

    कार्यशालामा सप्तरीको कञ्चनरुप, हनुमाननगर कंकालिनी, राजविराज र बोदे बर्साइन नगरपालिका तथा बलानबिहुल र राजगढ गाउँ पालिका तथा सिरहाको लहान र सुखिपुर नगरपालिका तथा सखुवानन्कारकट्टी, भगवानपुर, नवराजपुर, लक्ष्मीपुर पतारी, बरियारपट्टी र अर्नामा गाउँ पालिकाको शिक्षा संयोजक/अधिकृत र योजना शाखा प्रमुखहरुको सहभागिता थियो । कार्यशालामा एनसेटका कार्यक्रम अधिकृत सुशिल पण्डित र बिन्दवासिनी नगरपालिका, पर्साका शिक्षा अधिकृत कपिल लामीछानेले सहजीकरण गरेका थिए।

     

    परीक्षाको मर्यादा वि ...

    सिरहा, १६ चैत। सिरहा प्रहरीले माध्यमिक शिक्षा परीक्षा ( ...

    सिरहामा १० मिनेट नवि ...

    न्युज कारखाना/सिरहा, १६ चैत । सिरहामा परिक्षा संचालन भए ...

    भूमि बैङ्कको प्रस्त ...

      काठमाडौं, १५ चैत।  ६ किसान संगठनहरूले ...

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल