सिरहा, ५ माघ। मधेश प्रदेश सरकारका विना विभागीय मन्त्री सन्जय यादवले शहीदको सपना सकार गर्न मधेश सरकार प्रतिबद्ध रहेको बताएका छन्र। माध ५ गते १६ औं बलिदानी दिवसको अवसर पारेर लाहानको शहीद पार्कमा शहीदहरुलाई माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै मधेस सरकारले सहिदको सपना साकार पार्ने प्रतिबद्धता जनाएका हुन्।
मधेश सरकार लहानमा मधेशका शहीदहरुको संग्राहलय बनाउने योजनामा रहेको बताए मन्त्री यादवले भने, ‘मधेश प्रदेश सरकार लाहान नगरपालिकाले जमिन उपलब्ध गराए नेपालकै नमुना शहीद सङ्ग्रहालय निर्माण गर्ने योजना छ।’
समृद्ध र सम्पन्न मधेश बनाउन मधेश सरकारले नमुना कार्य गरेर देखाउने मन्त्री यादवले प्रतिबद्धता जनाए। उनले भने, ‘मधेशीहरुले पहिचान सहितको मधेश पाईसकेको छ, अव यो प्रदेशलाई समृद्ध, सम्पन्न र नमुना प्रदेश बनाउनु छ। सरकार त्यसको लागि प्रतिबद्ध भएर लाग्छ।’
लाहानमा २०६३ सालमा भएको आन्दोलनमा रमेश महतो, प्रमोद सदाय, विजय सहनी र अनिस अन्सारी शहादत प्राप्त गरेका थिए। त्यसपछि प्रत्यक वर्ष माघ ५ गते बलिदानि दिवश मनाउँदै आएको छ।
सङ्घीयताको सुनिश्चिततामाँग सहित २ गतेबाट लहानमा प्रदर्शनको दौरानमा भएका भीडन्तमा बन्दकर्ता विद्यार्थी रमेश महतोको मृत्यु भएपछि चर्केको मधेश आन्दोलनमा माघ ५ गतेसम्ममा पाँच जनाको मृत्यु भएको थियो।
श्रद्धाञ्जली कार्यक्रममा मन्त्री सन्जय यादवसहित प्रदेशसभासभा सदस्यहरु राजकुमार गुप्ता, ललिता दास मधेश प्रदेशका पूर्व मन्त्री सुरेश कुमार मण्डल, जनमत पार्टीका प्रदेशसभा सदस्य सन्जय यादव लगायतकाले सहभागीता रहेको थियो।