शम्भुनाथ मेयर कपको फाइनलमा सप्तरी र सुनसरी भिड्दै

    • माघ ४, २०७९
    • ५७८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    राजविराज, ४ माघ। तालतलैया फुटबल टिम सुनसरी सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित चौथो मेयरकप २०७९ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत ावज बुधवार भएको दोश्रो सेमिफाइनलमा बिभागीय टिम एपीएफ बर्दिबासलाई ट्राईब्रेकरमा तीनका बिरुद्ध चार गोल अन्तरले उच्छिन्दै शुक्रबार हुने फाइनलमा नमो बुध्द फुटबल टिम मझौ सप्तरीसँगको भेट पक्का गरेको हो।

    अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा निर्धारित समयमा दुबै टिमले दुई दुई गोलको बराबरी खेलपछि ट्राईब्रेकरबाट खेलको निर्णय लिएको थियो । ट्राईब्रेकरमा तालतलैयाका गोलरक्षकले एपीएफको दुई वटा प्रहारलाई जोगाएको थियो। प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने भएकाले भोली बिहीवार शम्भुनाथ नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि बीच मैत्रीपुर्ण फुटबल हुने आयोजक संयासी युवा क्लव पोखरियाका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए।

    शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीयाद्वारा सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुरका बिभिन्न १२ क्लबको सहभागिता रहेको थियो। प्रतियोगिता माघ ६ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले ५५ हजार तथा ट्रफि र उपविजेताले ४५ हजार नगद रुपैयाँ प्राप्त गर्नेछ।

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल