वीरगञ्ज, ४ माघ। जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको २२ लदाख ५० हजार नगदसहित २ जनालाई पक्राउ गरेका छन्। अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका ८ घण्टाघरमा चेकजाँच गर्दा वीरगञ्ज १६ नगवाका ३४ वर्षीय विकाश कुमार साह र वडा नम्बर १८ ईनर्वा मनियारीका १९ वर्षीय सुवास कुमार साहलाई पक्राउ गरेका हुन्।
प्रहरीले शंकालागि बिआर ०५ ए ई ९३४३ नम्बरको स्कुटरमा सवार २ जनालाई चेकजाँच गर्दा उनीहरुको साथबाट स्रोत नखुलेको २२ लाख ५० हजार नगद फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिए।
उनीहरुले प्रयोग गरेको २ थान मोवाइलसहित स्कुटी नियन्त्रण्मा लिई वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रहरीले जानको छ।