सिरहा, १ माघ। प्रतिनीधिसभा सदस्य एवम् नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य लिलानाथ श्रेष्ठले गोलबजार नगरपालिकामा कामले गतिलिन नसकेको बताए। नगरपालिकाको आठौं नगरसभालाई शनिवार सम्वोधनगर्दै पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठले कर्मचारी अभाव र जनप्रतिनिधीको अनुरदर्शिताका कारण पालिकाले भनेजस्तो कामले गतिलिन नसकेका बताएको हो।
पालिकामा कर्मचारी अभाव, प्रदेश तथा संघिय निर्वाचनका कारण कामले गति लिन नसकेको भनेपनि अव भने जनतधीले कुनैपनि वहानामा छुट नपाउने प्रतिनिधीसभा सदस्य श्रेष्ठले बताए। उनले भने, ‘गोलबजार नगरपालिकाले निर्वाचित भएको ८ महिनावितिसक्दा पनि विभिन्न कारणबस विकास निर्माणको कामलाई गति दिन सकेको छैन, वअको ४ महिनाभने जनप्रतिीधिनले छुट पाउने अवस्था छैन, जसरी भएपनि काम गरेर देखाउनु पर्छ।’
प्रतिनिधीसभा सदस्य श्रेष्ठले अवको दिनमा जनप्रतिनिधी र कर्मचारीहरुले आफ्नो योजनाहरुलाई द्रुत्तगतीमा काम अगाडी बडाउनुपर्नेमा जोड दिए।
उनले नगरपालीकाले पूर्वाधार विकासलाईमात्र विशेष जोड दिएको बताए। प्रतिनिधीसभा सदस्य श्रेष्ठले विकास निर्माणको कामसँगै गरिवि निवारण, आयआर्जन, गरिव, दलित, विपन्नको उत्थानहुने खालको कार्यक्रमहरु बनाउन पनि सुझाव दिए। उनलेभने, ‘ठूला भवन, कालोपीच सडक वा पूर्वाधार विकासमात्र विकास होइन, हामीले सामाजिक विकासका कामगलाई पनि सँगै लानु पर्छ। यस्ताखालका योजनाले गरिवि निवारण र सामाजिक विकासको कामहुदैन।’
प्रतिनिधीसभा सदस्य श्रेष्ठले सवैभन्दा पहिला पालिाकाका जनप्रतिनिधीले पाँच वर्षमा नगरपालिाकाकोलाई कस्तो बनाउने भन्ने गुरुयोजना बनाउन जरुरी रहेको बताए। त्यसैको आधारमा पहिलो वर्ष के गर्ने, दोस्रो वर्ष के क गर्ने भन्ने योजना बनाउँदै काम अगाडी बढाउन सजिलो हुने सुझाव दिए। उनले मेयर देखि वडा सदस्यसम्मले कसरी नगरपालिकालाई समृद्धबनाउने भन्ने सोच्नुपर्नेमा जोड दिए। उनलेभने, ‘पहिले नगरलाई कस्तो बनाउने भन्ने योजना बनाउनु जरुरी छ। योजनालाई सफल बनाउन मेयरमात्र हैन वडासदस्यसम्मले सोच्नुपर्छ। साझा प्रयासबाटमात्र नगर समृद्ध बन्न सक्छ।’
अर्की प्रतिनिधीसभा सदस्य सम्झना थपलियाले विकास निर्माणदेखि सवैखालका निर्णय प्रकृयाहरुमा महिलाहरुलाई पनि सामेल गराउनु पर्नेमा जोड दिए। उनले पालिकाहरुमा महिला सदस्यहरुको उपस्थिति रहेपनि उनीहरुको खासै जिम्मेवारी नपाउने अवस्था रहेको बताए। उनलेभने, ‘संविधानले स्थानीयतहमा महिलाको उपस्थिति ग्यारेन्टीगरेपनि उनीहरुको अवस्था निर्णय प्रकृयामा कमजोर रहेको छ। उहाँहरुलाई पनि निर्णय प्रकृयामा सामेल गराउन जरुरी छ।’
कार्यक्रममा मधेश प्रदेश सभासदस्य मकनोज कुमार सिंहले नगर विकासको लागि आफ्नो तर्फबाट सक्ने सवैखालको सहयोग गर्न तयाररहेको बताए।
कार्यक्रममा प्रदेश सभासदस्य साहिदा खातुन, विभिन्न दलका प्रतिधिीहरुको उपस्थिति रहेको थियो। द्यलिय प्रतिनिधीहरुले शिक्षा, स्वास्थय र कृषि क्षेत्रको विकासका योजनाहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनीहरुले उम्मेदवारहुँदा निश्चित दलको भएपनि निर्वाचित प्रतिनिधीले सवैदललाई समेटेर जानुपर्नेमा जोड दिए।
नगर प्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न नगरभामा उप्रमुख मानती साहले संशोधित निती तथा कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रमको स्वागत प्रमुख प्रशासकिय अधिकृत अनन्त कुमार पौड्यालले गरेका थिए।