राम नारायण ठाकुर
मिर्चैया , ३० पुस। सिरहाको मिर्चैयास्थित शुभकार्य कृषि सहकारी संस्था लि. मिर्चैयाको छैठौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ। साधारण सभामा संस्थाका अध्यक्ष रामरत्न यादवले आर्थिक बर्ष ०७८/०७९ सालको आय–व्याय प्रस्तुत गरेका थिए।
संस्थाले ६ बर्षको अबधिमा ११ करोड २६ लाख ७२ हजार १ सय ५४ रूपैयाँ ऋण लगानी गरिसकेका छन्। हाल संस्थामा १ हजार ६ सय ५० सेयर सदस्य आबद्ध गरेका छन्। संस्थाको तत्कालको करोबार ११ करोड ४७ लाख ८५ हजार ३ सय ६८ रूपैयाँ रहेको छ। संस्थाले यस वर्षमा १६ लाख ८४ हजार मुनाफा गरिएको छ।
साधारण सभामा संस्थाको फिल्ड कर्मचारी मधे तीन जनालाई सम्मान गरेको छ। प्रथम, दोस्रो र तेस्रो गरि तीन जना फिल्ड कर्मचारीलाई शिल्ड दिएर सम्मान गरिएको हो।
संस्थाका अध्यक्ष रामरत्न यादबको अध्यक्षता तथा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादवको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा प्रदेश सहकारी संस्था प्रमुख ओम नारायण झा, अतिथिहरुमा नगरपालिकाका सहकारी शाखाका प्रमुख धनन्जय महतो, स्थानीय सहकारीका प्रतिनिधीहरु, सञ्चारकारीकर्मी , स्थानीयबासी बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि लगायतका उपस्थिति रहेको थियो।






















