सिरहाका क्रसर उद्योगहरुले प्रशासनमा बुझाए ज्ञापनपत्र

    • पुस २९, २०७९
    • ४८३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिराहा २९ पुस। सिरहाका क्रसर व्यसायीहरुले सरकारको क्रसर उद्योग बन्द गर्ने निर्णयप्रति गम्भिर ध्यानाकर्षन भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। नेपाल सरकार गृह मन्त्रालयको निर्णय अनुसार सिरहा प्रशासनले शुक्रवारबाट उद्योग वन्दगराउने निर्णप्रति असन्तुष्टि जनाउँदै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी संघ सिरहाले प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीलाई ज्ञापनपत्र बुझाएको हो।

    संघले आफूहरुले सरकारले गरेको निर्णयलाई पालना गर्ने जनाउँदै उद्योग नविकरण गर्ने सरकारको निर्णय जारी नहुँदा सम्मलाई उद्योग बन्द गनुका साथै गिट्टी, बालुवा, ग्र्यावल सहितका सवै विक्रिवितरण बन्द गर्ने ज्ञापनपत्रमा उल्लेख गरेको छ।

    व्यसायीहरु सरकारले गरेको निर्णय पालना गर्न तयार रहेको भन्दै पुस मसान्तको समायमा उद्योगी व्यवसायीहरुले बैंकका. किस्ता, व्याज र सरकारलाई कर बुझाउनुपर्ने समय र उद्योगहरु संकटमा रहेको बेला सरकाले उद्योगीहरुलाई सहुलियत दिर्नुको सट्टा बन्द गर्ने निर्देशनले आफूहरु मर्माहत भएको बताएको छ।

    सिरहाका व्यसायीहरुले पहिला के आधारमा उद्योग स्थापना गर्ने अनुमति दिईयो र अहिले सरकार किन संकटमा रहेका व्यवसाय बन्द गराउँदै छ भन्दै प्रश्न गरे। उनीहरुले सरकारले उद्योग नविकरण गर्ने निर्णय नगर्दा सम्म नविकरण गर्ने समय बाँकी रहेका उद्योगहरुपनि बन्द रहने उद्योगी राजेन्द्र यादवले जनाए।

    गत पुस २० गते गृहमन्त्रालयले मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न देशभरीका जिल्ला प्रशासन कार्यालयलयर्लाइ निर्देशन दिएका थिए।

    जिल्लामा दर्तारहेका २३ वटा क्रसर उद्योग मध्येय ७ वटाको मात्र नविकरणको समय बाँकी रहेको छ। १६ बटाको नविकरण फेल भईसकेको छ। सिरहामा दर्ता विनापनि करिव एकदर्जन उद्योगहरु सञ्चालनमा रहेका छन्।

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सेटिङमा कामै नगरी वड ...

    सिरहा १० साउन। सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको म ...

    सौर्य एयर दुर्घटना: ...

      काठमाडौंं १० साउन। सौर्य एयरलाइन्स विमान दु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल