जथाभावी फोहोर गरेकोभन्दै ग्लोबल बैंकलाई पाँच हजार जरिबाना

    • पुष २६, २०७९
    • ३५४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २६ पुस। सडकमा जथाभावी फोहोर फाल्नेहरुलाई कारवाही गर्ने क्रमलाई वीरगञ्ज महानगरपालिकाले निरन्तरता दिएको छ।

    यसअघि पनि विभिन्न बैंक तथा पसलहरुलाई सडक पेटीमा फोहोर फालेको भन्दै कारवाही गरेको महानगरपालिकाले मंगलवार पनि एक वित्तीय संस्थालाई कारवाही गरेको छ। सडक पेटीमा फोहोर फालेबापत वीरगञ्ज महानगरपालिकाले ग्लोबल आई.एम.ई. बैंकलाई कारवाही गर्दै जरिवाना तिराएको हो।

    ग्लोबल आई.एम.ई. बैंकलाई वीरगञ्ज महानगरपालिकाले कारवाहीस्वरुप ५ हजार रुपैयाँ जरिवाना तिराएको वीरगञ्ज महानगरपालिकाका सरसफाई तथा वृक्षारोपण संयोजक जयप्रकाश खेतानले जानकारी दिए। उनका अनुसार यो जरिवाना अहिलेसम्मकै सबैभन्दा धेरै हो। पुरानो बसपार्क नजिकै रहेको बैंकले सडकमा असरल्ल पारेर फोहोर फालेकाले जरिवाना गराइएको खेतानले बताए।

    खेतानका अनुसार शिखर इन्स्योरेन्सलाई १ हजार ५ रुपैयाँ, महालक्ष्मी फ्लावर पसल र शंकर साह ज्वेलर्सलाई ५/५ सय रुपैयाँ जरिबाना गरिएको छ। फोहोरको प्रकृती र मात्राको आधारमा जरिबाना गर्ने गरिएको उनले जानकारी दिए।

    पहिलो चरणमा सचेत अभियान चलाइएको भएपनि अटेर गरेर सडकमै फोहोर फाल्न नछाडेपछि जरिबाना गर्न थालिएको महानगरका सरसफाई प्रमुख सरफुद्धिन मियाँले बताए।

    ‘सडकमा जथाभावी फोहोर नफालौँ भनेर माइकिंग गर्नुका साथै संचारमाध्यमबाट प्रचार प्रसार पनि गरियो, स्थलगत रुपमै पनि सचेतना अभियान चलाईयो,’ उनले भने, ‘तर पनि अटेर गरेपछि बाध्य भएर जरिबाना तिराउन थालेका हौँ।’

    यसअघि सोमवार मात्रै कृषि विकास बैंक र गगन बचत तथा ऋण सहकारी संस्थालाई जरिबाना तिराइएको थियो।

     

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल