कलाकार चौरसियाको कमब्याक, चलचित्र ‘भूपति’ निर्माण गर्ने घोषणा

    • पुष २४, २०७९
    • २५१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २४ पुस। करिब दुई वर्षदेखी नेपाली सिनेजगतबाट टाढिएका चर्चित कलाकार कामेश्वर चौरसियाले चलचित्र भूपतिबाट ‘कमब्याक’ गर्ने भएका छन्। चौरसिया कलाकारसँगै निर्माताको रुपमा पनि सिने क्षेत्रमा डेब्यु गर्न लागेका हुन्।

    थिएटरबाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेर चर्चा कमाएका चौरसिया पछिल्लो समय चलचित्र क्षेत्रबाट टाढिएका थिए। कलाकारिता क्षेत्रमा स्थापित जस्तै भईसकेका उनी कोरोनापछि आफ्नै जन्मभूमि बाराको जीतपुर फर्किएका थिए।

    चलचित्र क्षेत्रबाट टाढिएपछि काठमाण्डौमा माछा पसल र काठमाण्डौबाट जीतपुर आएपछि लुगा पसल संचालन गर्दै आएका कामेश्वर अब पुनः चलचित्र क्षेत्रका लागि काम गर्न हौसिएका छन्। उनले कामेश्वर चौरसिया फिल्मस् एण्ड प्रोडक्सनको ब्यानरमा चलचित्र भूपति निर्माण गर्ने घोषणा गरेका छन्।

    सिमरामा शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै चौरसियाले मधेशको कथावस्तुलाई समेटेर चलचित्र निर्माण गर्न लागेको बताए। कोरोनाका कारण भएको लकडाउनको समयमा जीतपुर फर्किएर आफूले लेखेका चार कथामध्ये भूपतिलाई प्राथमिकता दिएर निर्माण गर्न लागेको उनले बताएका छन्।

    कामेश्वर चौरसिया फिल्मस् एण्ड प्रोडक्सन र बिएस मेकरको संयुक्त लगानीमा निर्माण हुन लागेको चलचित्रको छायांकन फाल्गुन १ गतेदेखि हुने समेत उनले जानकारी दिए। चलचित्रमा चौरसियासहित सुनिता रसाईली, रियाज आचार्य, प्रदीप ढकाल, घनश्याम गिरी, इरसाद खानलगायत स्थानीय कलाकार रहने छन्।

    बारा र पर्साका विभिन्न स्थानमा छायांकन हुने चलचित्रको लागत ७५ लाख रहने र चलचित्र दुई घण्टा पाँच मिनेटको हुने चौरसियाले बताए।

    पत्रकार सम्मेलनमा पूर्व सिनेकर्मी युवराज लामा, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, जीतपुरसिमरा ७ का वडाध्यक्ष सुनिल गुप्ता, युवा ब्यवसायी राजकुमार लामा, सुदिप लामा, संचारकर्मी उपेन्द्र ठाकुरलगायतले चलचित्र क्षेत्रको चुनौती र सम्भावनाको विषयमा आफ्ना धारणा राखेका थिए।

    पत्रकार सम्मेलनको सहजीकरण संचारकर्मी प्रदीप गौतमले गरेका थिए।

    GBR UBS

    इच्छा अधुरै रह्यो ...

      अमृता लम्साल मलाई उहाँसँग पर ...

    मधेश प्रदेशका मुख्यम ...

    जनकपुरधाम, ४ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    रवि लामिछानेले सहकार ...

      काठमाडौं, ३ बैशाख। बुटवल ...

    भारतीय चुनावआयोगले ४ ...

    काठमाडौं, ३ बैशाख। भारतमा लोकसभाको निर्वाचन शुरु हुदै ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल